माउन्टेन इनर्जीको आईपीओमा ७.६१ गुणा धेरै शेयर माग

November 20, 2020 |Pahiloclick

काठमाडौँ: माउन्टेन इनर्जीले कार्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा सर्वसाधारणबाट माग भएको तुलनामा ७.६१ गुणा धेरैको माग परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार अन्तिम दिन बिहीबारसम्ममा १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर माग भएको हो ।

जुन सर्वसाधारणबाट माग गरिएको १८ लाख ३० हजार २६५ कित्ताको ७.६१ गुणा धेरै हो । आईपीओामा ६ लाख ७४ हजार जना आवेदकले आवेदन दिएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । जुन कूल आवेदक जनाको २८ प्रतिशत मात्र हो । बाँकी ७२ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत (३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता) आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।