न्यू मेक्सिकोमा लकडाउनका कारण ‘टोइलेट पेपर’को चरम अभाव

November 19, 2020 |Pahiloclick

 

एजेन्सी: अमेरिकाको न्यू मेक्सिको राज्यको आल्बुकर्की सहरमा अहिले कोभिड-१९ का कारण लकडाउन जारी रहेको अवस्थामा अहिले त्यस सहरहरुमा टोइलेट पेपरको चरम अभाव रहेको समाचारहरु आएका छन्।

 

बेलायती पत्रिका ‘दि सन’ ले लेखेको छ, ” अहिले आल्बुकर्की सहरका अधिकांश सुपरमार्केटहरुमा टोइलेट पेपरको अभाव छ र त्यहाँका सुपरमार्केटका शेल्व्सहरु प्राय खाली छन्। ” न्यू मक्सिको राज्य अमेरिकाकै एक सबैभन्दा बढी जनघनत्व भएको राज्यहरुमध्ये एक पर्छ।

 

पछिल्लो पटक त्यहाँ कोभिडका संक्रमित र मृत्यु दर हालसम्मकै उच्च रहेको जनाइएको छ।