कंलकीस्थित मकालु पेट्रोल पम्पमा ठुलो दुर्घटना, तीनको मृत्यु

November 12, 2020 |Pahiloclick

 

काठमाडौँ: बिहीबार एकाबिहानै काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि भयानक दुर्घटना हुन पुग्यो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

 

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको बताए ।

 

यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए ।