किमाथांका पुग्यो प्रधानमन्त्री ओलीको जम्बो टोली

November 11, 2020 |Pahiloclick

 

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।

बुधबार बिहान सेनाको हेलिकोप्टरमार्फत प्रधामन्त्री ओली किमाथांकामा पुगेका हुन्।

प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका सांसदद्वय राजेन्द्र गौतम र परशुराम मेघी गुरुङ लगायतको टोली रहेको छ।

प्रधानमन्त्री ओलीले त्यहाँ चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथांकाका साथै सीमा सुरक्षा पोस्ट (बीओपी) का लागि निर्माणधीन भवन, भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायत अवलोकन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

त्यस्तै प्रधानमनत्री ओलीले प्रधानमन्त्री ओलीले बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पनि अनुगमन गर्नेछन्।