नेप्से २.३९ अंकले घट्यो, १ अर्ब ७५ करोड रुपैयाँको कोरोवार

November 4, 2020 |Pahiloclick

 

काठमाडौं: बुधबार शेयरबजार नेप्से २.३९ अंकले घटेर परिसूचक एक हजार ६४०.६४ विन्दुमा पुगेको छ ।

२ सय २ कम्पनीका ५६ लाख ३१ हजार ६ सय ४ कित्ताशेयर २४ हजार ८२ पटकको कारोबारबाट १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब एक एक अंकले घटेर तीन सय २६ दशमलब चार नौ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार कारोबार भएका १२ मध्ये ७ वटा समूहको सूचक ओरालो लागेको छ । व्यापार, होटल, जलविद्युत, अन्य र म्युचुअल फण्ड समूह भने उकालो लागेको छ । बुधबार सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८८ दशमलब छ आठ अंकले ओरालो लागेको छ ।

प्राइम कमर्सियल बैंकको सबैभन्दा बढीको शेयर कारोबार हुँदा शेयर कारोबारका आधारमा अरुण काबेली पावर लिमिटेड अग्रस्थानमा रहेका छन ।