काठमाडौंमा १२८३ सहित उपत्यकामा १५५२ नयाँ कोरोना संक्रमित थपिए

October 22, 2020 |Pahiloclick

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।

 

यसअघि बुधबार ९हिजो० काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।