आजदेखि कोरोना बिमा गर्नेको मात्रै नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

October 18, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं : जोखिम क्षेत्रमा कार्यरत कोरोना बिमा गरेका कर्मचारीहरुको मात्रै सरकारले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

यी बाहेक अन्य व्यक्तिहरुले कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले भने ।

उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते भर्ना भएका तथा परीक्षण गर्नेहरुमा लागू हुनेछ ।