उपत्यकामा बढ्दै छन कोरोना संक्रमित, काठमाडौँमा मात्रै १३ सय ७३ थप

October 4, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै १ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५०५ जना महिला र ८६८ जना पुरुष छन् ।

त्यस्तै भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने २० महिला र १९ पुरुष छन् ।

ललितपुरमा ७९ महिला र १०८ पुरुषसहित १८७ जनामा कोरोना पुष्टि भएको छ ।