नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु

September 11, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ ।

झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा बसेको हो । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५ बुँदे उक्त प्रस्ताव आजै पारित गर्ने पनि तयारी छ ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठेपछि बैठक नै स्थगित हुँदै आएको थियो ।

साउन १३ गतेपछि अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि बीचमा पार्टी नेताबीच आन्तरिक विवाद मत्थर पार्ने प्रयास भएको थियो ।

आजको बैठकमा कोभिड १९, एमसीसी, लगायतका विषय समेटिएको अध्यक्षद्धयको प्रतिवेदन पारित गर्ने र बैठक स्थगित गर्ने तयारी भइरहेको जनाइएको छ ।