असोज १ देखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

September 9, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं : यातायात व्यवसायीहरुले आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले कोरोना नियन्त्रण गर्न भन्दै सार्वजनिक यातायात संचालनलाई रोक गरेका बेला व्यवसायीले देशैभर यातायत सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले यातायात खुलाउन सहजीकरण नगरे पनि विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले आज यातायात व्यवस्था विभागलाई कि विकल्प दिनुस्, कि यातायात आगामी १ गतेबाट सञ्चालन गर्छौ भनेर जानकारी गराएको बताए ।

उनले भने ‘७ महिना लामो बन्दाबन्दी यातायात व्यवसायीले धाने अब भोकै हुने अवस्था आए पछि हामीले सञ्चालन गछौं भनेका होैं । सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन पनि भनिएको छ,’ राईले भने ।

गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । यसबीचमा मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए।