बाबु मोक्तानको ‘सोल्टीनी सार्है मन पर्यो ’ ले सांगीतिक बजार तताउँदै

August 12, 2018 |Pahiloclick

काठमाडौँ: नेपाली सेलो गीत एबम आधुनिक गीतका गायक बाबु मोक्तानको स्वर तथा शब्दमा ‘सोल्टीनी सार्है मन पर्यो ’ गीत बजारमा हालै मात्रै सार्वजनिक भएर अहिले सांगीतिक माहोल पिटिरहेको छ ।

आसुशेन लामाले संगीत रहेको गीतको भिडियोलाइ निर्मल लामाले निर्देशन गरेका हुन् भने पवन सुस्लिङकाे छयाङ्कन र सम्पादन रहेको छ ।

गीतमा चर्चित डान्स ग्रुप भिमफेदी गाइजको दमदार नृत्य रहेको छ । गीतमा निर्मल लामा, मिथुन लामा, मन्जित लामा, अन्जन लामा, सबिन लामा, रिना राई, मञ्जु लामा र पासाङ लामाको अभिनय रहेको छ । गीतलाई राधा लामाले निर्माण गरेकी हुन ।

कामको शिलशिलामा कोरियामा रहेका गायक मोक्तान एक दशक भन्दा लामो समयबाट उनले आफ्नो सांगीतिक यात्रा सुरु गरेका हुन् । गायक मोक्तानले यो भन्दा अघि नै एल्बम ‘ विधाता ‘ बाट चर्चा कमाइ सकेका छन् । एल्बम ‘ विधाता ‘ मा जोमसोम बजारमा , मिठो घात , परदेशी दाजु जस्ता गीत समेटिएका थिए भने यो उनको दोस्रो एल्बम ‘वेदनाको घाउ ‘ को पहिलो म्युजिक भिडीयो रहेको छ ।

मोक्तानको दोस्रो एल्बम मार्फत उनले स्याउ खानु रसिलो मार्फाको , हृदयमा वेदनाको घाउ ,धेरै नसा पिउने बानी जस्ता गीत बजारमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।