सेनाको विभिन्न बैंक वित्तिय क्षेत्रमा रहेको जोखिम युक्त रकम ८५ करोडबाट झरेर ५ करोडमा सीमित

July 31, 2020 |Pahiloclick

 

काठमाडौँ: सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६÷७७ मा रु ४५ करोड राजश्वमा योगदान दिएको छ ।

 

उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिनुभयो ।

 

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड ८० लाख नगद मौज्दात निक्षेप छ ।

 

कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ । केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको थियो ।

यस्तै सेनाको बिभिन्न बिकास बैंक र वित्तिय संस्था मा रहेको कुल ८५ करोड भन्दाबढी जोखिम युक्त रकम आव २०७६/७७ मा आइ पुग्दा जम्मा ५ करोड २ लाख ६६ हजरमा आइपुगेको केसीले जानकारी दिनुभयो।