आज मात्रै ३११ जनामा कोरोना, कुल संख्या १९ हजार ६३

July 28, 2020 |Pahiloclick

 

काठमाडौँ: नेपालमा थप ३११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३११ जना संक्रमित थपिएको जनाएका हुन् ।

 

यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।