उपत्यकाका तीनसहित १८६ जना कोरोना संक्रमित थपिए, १७३ भए डिस्चार्ज

July 20, 2020 |Pahiloclick

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १८६ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित पाँच हजार ९३६ हुन् ।

आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौंका २ जना र ललितपुरका एक जना रहेका छन् ।

यसैगरी सोमबार कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या १७३ रहेको छ । योसँगै अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या ६६।५१ प्रतिशत अर्थात् ११ हजार ८६८ पुगेको छ ।

यस्तै नेपालमा ५०० भन्दा बढि संक्रमित हुने जिल्ला रौतहट,कैलाली र बाजुरा रहेका छन् भने कोरोना मुक्त रहने जिल्ला भोजपुर, पाँचथर, धरान, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ हुन् ।