महालेखा परीक्षकको प्रतिवेदन : गत वर्षभन्दा ३५ अर्बले घट्यो बेरुजु, स्थानीय तहमा भने झण्डै १४ अर्बले बढ्यो

July 15, 2020 |Pahiloclick

 

काठमाडांै ः महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५।७६ को ५७ औं वार्षिक प्रतिवेदन आज बुधबार राष्टपति समक्ष बुझाएको छ ।

प्रतिवेदनका अनुसार आर्थिक अनुशासन संघीय सरकारी निकायतर्फ ३ वर्षको लेखापरीक्षण र बेरुजू अङ्कको तलुना गर्दा आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ मा लेखापरीक्षण अङकको तलुनामा क्रमशः ५.४१ र ५.२९ प्रतिशत बेरुजू रहेकोमा यो वर्ष ४.०५ प्रतिशत कम भएको छ ।

 

यस तथ्यांकले बेरुजू क्रमिक रुपमा घटेको देखाउँदा संघीय सरकारी कार्यालयको यस वर्ष ८३ अर्ब ४८ करोड २९ लाख बेरुजू फछ्र्यौट भएको छ । गतवर्ष भन्दा यस वर्ष ३५ अर्बले बेरुजू घटेको तथ्यांक छ । गत वर्ष यसै अवधीमा संघीय कार्यालयतर्फको ४६ अर्ब ४८ करोड फछ्र्यौट भएकोमा यस वर्ष ३७ अर्ब बेरुजू फछ्र्यौट भएको छ ।

संघीय सरकारी कार्यालयतर्फ लेखापरीक्षण अंकको तलुनामा बेरुजू प्रतिशत घट्नु र फछर्यौटको अंक वृद्धि हुनु आर्थिक अनुशासन पालनाको स्तरमा सुरु भएको संकेत हो ।

यसैगरी प्रदेश सरकारतर्फ यो वर्ष लेखापरीक्षण अंकको तलुनामा ४।३३ बेरुजू देखिएको छ, जुन गत वर्ष ७।२५ प्रतिशत रहेको थियो । गत वर्षभन्दा प्रदेशको बेरुजू प्रतिशत घटेको छ । त्यस्तै स्थानीय तह तर्फ भने बेरुजू बढेको छ । यो वर्ष लेखापरीक्षण अंकको ५।१५ प्रतिशत बेरुजू रहेको छ । गत वर्ष यस अंकको ४।२२ प्रतिशत बेरुजू रहेको थियो ।

गतवर्षको तुलनामा स्थानीय तहमा १३ अर्ब ९९ करोड बेरुजू बढेको छ । यस विश्लेषणबाट स्थानीय तहको वित्तिय प्रशासनमा सुधार गर्नुपर्ने देखाएइएको छ ।