धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपीओ पनि भर्न नपाउने

July 7, 2020 |Pahiloclick

काठमाडौं: काठमाडौं। संसदीय समितिले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीलाई साधारण सेयरमा आवेदन दिनसमेत रोक लगाउने निर्णय गरेको छ।

अर्थ समितिले गठन गरेको एक उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय गर्दै कर्मचारीलाई साधारण सेयर भर्न समेत रोक लगाएको हो। उपसमितिले बुझाएको प्रतिवेदनमाथि अर्थ समितिमा छलफल हुन्छ। अर्थ समितिले के गर्ने भन्ने निर्णय गर्छ।

उपसमितिले बुझाएको प्रतिवेदनअनुसार अर्थ समितिले निर्णय गरे नियामकका कर्मचारीले सेयर भर्न पाउँदैनन्। बोर्ड र नेप्सेका कर्मचारीले सेयर भरेर चलखेर गर्ने गरेको आरोप उप समितिले लगाएको छ। यसअघि भरेर परेको साधारण सेयर अहिले नै बिक्री गर्न वाध्य भने हुने छैनन्।

अब नियामकका कर्मचारीहरुले आफूसँग के कति सेयर छ भनेर सार्वजनिक पनि गर्नु पर्ने छ।