अव कोरोना पुग्न बाँकी जिल्ला रसुवामात्रै, आजै मात्र ५३५ सङ्क्रमित थपिए, कुल संक्रमितको संख्या ९,५६१

June 22, 2020 |Pahiloclick

 

काठमाडौँ: कोभिड– १९ को सङ्क्रमण आज ५३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।

 

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । उहाँले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताउनुभयो ।

 

यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।