काठमाडौँ: काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।
काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।
यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका हुन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।