काठमाडौं: सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । यससँगै काठमाडौँमा पनि अव कोरोनाको संक्रमित बढ्दै जान थालेको छ ।
त्यस्तै सोमबार मात्रै थप ४५१ जनामा कोरोन पुष्टी भएको छ र कुल कोरोना संक्रमितको संख्या ६२ सय ११ पुगेको छ।