निजगढ विमानस्थल निर्माणको पूर्वतयारी गर्न ६७ करोड खर्च

June 6, 2020 |Pahiloclick

बारा; बाराको निजगढमा बन्ने दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी गर्न अहिलेसम्म ६७ करोड रुपैयाँ खर्च भएको छ ।

विमानस्थलको चारकिल्ला घेर्न ५४ किलोमिटर लम्वाई तारवार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भई सकेको छ भने, ६५ विघा १५ कठ्ठा जग्गा मु-आब्जाका लागि ४३ करोड ६४ लाख वितरण आयोजनाका प्रमुख इन्जिनियर विजय यादवले बताए ।

अध्यक्ष यादवका अनुसार विमास्थलको पूर्वतर्फ बकैया खोलामा तटबन्ध निर्माणका लागि प्रकृया अघि बढी सकेको जसको ठेक्का चार्डै नैं हुने पश्चिम तर्फ रहेको पसाहा खोलामा २.५ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैबीच सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि निजगढ विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेपछि निर्माणको काम अघि बढ्ने स्थानीयको अपेक्षा छ ।

कोरियन कम्पनीले विमानस्थल क्षेत्र भित्र सुविधा सम्पन्न होटलसंगै स्मार्ट सिटी सहितको अन्तर्राष्ट्रिय विमानस्थलको मोडल तयार पार्दै ठुलो परिमाणमा रुख मास्नु पर्ने देखाएको छ ।

सोही मोडल अनुसार वातावरणीय प्रभाव अध्यायन प्रतिवेदनले २४ लाख रुख काटिने तथ्यांक बाहिर ल्याएसंगै यो विषय अदालतमा पुगेको छ । अदालतले यो विषय टुंग्याएको छैन । आयोजनाले अहिले विमानस्थल निर्माणका लागि १९ सय हेक्टरमा काम गर्ने गरि गृहकार्य गरिरहेको छ ।