थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो

June 6, 2020 |Pahiloclick

काठमाडौँ; पछिल्लो २४ घन्टामा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार थपिएका संक्रमित मध्ये २८६ पुरुषा र ३७ महिला भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ।

शुक्रबार सम्म २९१२ जनामा कोरोना संक्रमण देखिएको थियो। यो सँगै कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ।

शनिबार थप ३२ जना डिस्चार्ज भएका छन्। योसँगै उपचार पछि निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ।