जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा एकको मृत्य

June 8, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

दाङ: जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ-लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना गम्भीर घाइते छन् । बस सडकबाट तल खोलामा खसेको छ ।

ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ हो ।

दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको जनाईएको छ ।

चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।