चौहत्तर हजारलाई कामपाको राहत

April 28, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ ।

 

विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो ।

 

महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ ।

 

महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ ।

 

प्रशासन प्रमुख ढकालकाअनुसार यो विवरण सोमबारसम्मको हो ।