काठमाडौँ: हिजो साँझदेखि अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको थाहापाएपछि प्रहरीले अपहरणकारीलाई इन्काउन्टरमा हत्या गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको, महाशाखा प्रमुख धिरजप्रताप सिंहले पहिलोक्लिकलाई जानकारी दिए।
सिंहका अनुसार घटनास्थलबाट प्रहरीको टोलीले एउटा पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग गरिएको मोबाइल फोन बरामद गरिएको छ ।
खड्का आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित बालक खड्काको हत्या भएको थियो।
प्रहरीले ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो ।
उनको शव सोमबार दिउँसो १२ बजे बरामद गरेको उनले बताए । अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेको पनि उनले बताए।