राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

March 13, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

भरतपुर: प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७६ आजदेखि यहाँ शुरु भएको छ । भरतपुरस्थित कभर्डहलमा शुरु भएको प्रतियोगिताको वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभयो ।

उहाँले पछिल्लो समय चितवनमा खेलकूदको गतिविधि बढ्दै गएकामा खुशी व्यक्त गर्दै अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माणले समेत खेललाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनको आयोजनामा शुरु भएको प्रतियोगिता भोलि सकिँदैछ ।

प्रतियोगितामा मेन्स डबल ‘ए’, ‘बी’, भेट्रान ४५ माथि र भेट्रान ५५ माथि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा देशभरबाट कूल २०० खेलाडी सहभागी भएको आयोजक संस्थाका कुश गुरुङले जानकारी दिनुभयो ।