हनुमन्ते खोला फेरी बस्ति पस्यो, स्थानीयवासी त्रसित

August 5, 2018 |Pahiloclick

भक्तपुर: शनिबार रातभरीको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी भक्तपुरका राधेराधे लगाएत स्थानका बस्तीमा बाढी फेरी पसेको छ ।
राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्मका बस्तीमा पानि पसेको स्थानीयवासीले बताएका छन् । गट्ठाघरको सागबारी क्षेत्रमा पनि बस्तीमा पानि पस्ने आबस्थामा पुगेको छ । स्थानीयवासीहरु घारमा पानि पस्ला भनेर सतर्क आवस्थामा रहेको स्थानीय रामकुमार काफ्लेले बताए ।

उनले भने- ‘केहि हप्ता अघिको जस्तो खोलामा पानि बढेको छैन । तर पानीको तह केहि बढेमा घरघरमा पानि पस्ने डर भने छ’ ।

झन्डै एक महिना अघि मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका थिएनन् ।