क्रिकेट ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झ¥यो

March 3, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

स्कटल्याण्ड १२ र युएई १४ औँ स्थानमा रहेको छ । ‘टि ट्वान्टी’ वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौंथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ । एक दिवसीय वरियतामा भने नेपाल यथावत् रहेको छ । नयाँ वरियताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।