कर्णालीमा जीप खस्दा एक जनाको मृत्यु

February 25, 2020 |Pahiloclick

कालिकोट : कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खस्दा एकजनाको मृत्यु भएको छ ।

 

दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

 

रास्कोटदेखि यात्रु बोकेर लालिघाटका लागि हिँडेको लु २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

जीप नदीको बिचमा डुबेको छ । जीप रास्कोट नगरपालिका वडा न। छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।