सन्दीपको धुर्मुस–सुन्तली फाउन्डेशनलाई ७० हजार आर्थिक सहयोग

February 22, 2020 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौँ: क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नुभएको छ । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गर्नुभएको हो ।

 

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । उहाँले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

 

सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिनुभको थियो । सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुनुहुन्छ ।