वडासदस्य चेपाङको निधन

February 12, 2020 |Pahiloclick

मुग्लिन: चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो ।

 

यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उहाँ अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए । उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु¥याइएको थियो ।

 

अचेत अवस्थामा अस्पताल पु¥याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिईन । वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिईन । चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएको थियो । उनको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ ।