आईसीसी विश्वकप लिग : ओमानले दियो नेपाललाई १९८ रनको लक्ष्य

February 5, 2020 |Pahiloclick

 

काठमाडौं ः आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा नेपालले जीतका लागि १९८ रनको लक्ष्य पाएको छ ।

टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङ गरेको ओमानले निर्धारीत ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा १९६ रन बनाएको छ ।

पहिलो ४२ ओभरको खेलमा नेपालको दबाबमा रहेको ओमनले ७ विकेटको नोक्सानी बेहोरेको थियो । लगत्तै ४२ ओभरपछि कसिलो ब्याटिङ गरेको ओमानले मध्यम प्रदर्शन गरी नेपाललाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

खेलमा तीब्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे । केसीले ओमानको ४ विकेट लिएको छ भने आजकै खेलबाट डेब्यू गरेका सुशन भारीले ३ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

खेलमा ओमानका मोहम्मद नदिमले अविजित ६९ रन जोडेका छन । त्यस्तै सन्दीप गौद ३३, जिसन मक्सुदले २० रन जोडे । अन्य खेलाडीबाट भने राम्रो प्रदर्शन हुन सकेन ।

नेपाल जवाफी ब्याटिङमा आउने क्रममा छ ।