अटोइञ्जिनीयर डिप्लोमा शुरुआत गर्दै पोखरा महानगरपालिका

February 3, 2020 |Pahiloclick

चिप्लेढुङ्गा: पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उहाँले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए । उनले भने,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो । ”

अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गर्नुभयो । नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङ्घ लागेको जानकारी दिए ।