आमाछोरी चढेको स्कुटरलाई स्कूल बसले ठक्कर दिंदा नागार्जुनमा एकको मृत्यु

January 31, 2020 |अन्जली मोक्तान

 

काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित रानीबन टोलमा आमाछोरी चढेको स्कुटरलाई स्कूल बसले ठक्कर दिंदै आमाको घटनास्थलमै मृत्यु भएको छ भने उनकी छोरी शख्त घाइते भएकी छिन।

करिव ५ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ४१ वर्षिया लिला कुमारी घले रहेको प्रहरीले जनाएको छ घटनामा उनकै छोरी प्रनिला लामा घाइते भएकी छिन्।

स्थानीय एक प्रतक्षदर्शीका अनुसार स्कूल बसले स्कुटरलाई अगाडीबाट सिधै ठक्कर दिएर स्कुटर र मृतकलाई केहि परसम्म घिसार्दै लागेको बताए।

घाइते लामाको उपचार अहिले मनमोहन अस्पतालमा भैरेहेको स्वोयाम्भु प्रहरी वृतका प्रमुख तथा प्रहरी नायव उपरीक्षक लालधोज सुबेदीले जानकारी दिए ।
उक्त बा १ ख ६६४५ नम्बरको बस बिधार्थी छोडेर फर्किंदै गर्दा बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।