धादिङको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

फाइल फोटो
January 21, 2020 |Pahiloclick

 

काठमाडौं: धादिङको निलकण्ठ नगरपालिका-८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार मृतकको अझै हुन सकेको छैन ।

 

दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको एसपी रेग्मीले पहिलोक्लिकलाई जानकारी दिए।

 

अन्य घाइतेको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

 

मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।