कुल निर्यातको दोब्बर इन्धन आयातमा खर्च, १५३ अर्बको इन्धन भित्रियो

July 30, 2018 |सबित काफ्ले
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: पछिल्लो केहि वर्षदेखि नेपालमा पेट्रोलियम पदार्थ आयात उच्चदरमा बढेको छ । देशको कुल निर्यातको दोब्बर पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत वर्षको ११ महिनामा ७४ अर्ब बराबरको निर्यात भएको थियो ।

गत आर्थिक वर्षको ११ महिना अर्थात् जेठ महिनासम्म एक खर्ब ५३ अर्ब ८१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थ समीक्षा अवधिमा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३७ दशमलब ३ प्रतिशत बढी भएको निगमले जनाएको छ ।
अर्थिक वर्ष २०७३/७४ को ११ महिनामा एक खर्ब २२ अर्बको इन्धन आयात भएको थियो ।

गत वर्षको ११ महिनामा इन्धनको आयात नगदको आधारमा ३७ प्रतिशतले बढेको भएपनि इन्धनको परिमाणको आधारमा २३ प्रतिशतले बढेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए ।

समीक्षा अवधिमा १४ लाख ४५ हजार ६९९ किलोलिटर डिजेल, ४ लाख ४० हजार ३९० किलोलिटर पेट्रोल, एक लाख २० हजार ८१ किलोलिटर मट्टीतेल, एक लाख ८९ हजार ५५५ किलोलिटर हवाई इन्धन खरिद गरिएको गोइतले बताए ।

समीक्षा अवधिमा डिजेलको आयात २३ प्रतिशत, पेट्रोलको आयात २० प्रतिशत, हवाई इन्धनको आयात २४ दशमलब ७ प्रतिशत र मट्टीतेलको आयात १३ प्रतिशतले बढेको हो ।

गत वर्षको ११ महिनामा ३ लाख ४१ हजार ६२६ मेट्रिक टन खान बनाउने ग्यास आयात भएको छ ।

उनले भने- ‘ जताततै डोजर चलेको छ। विकास निर्माणले गति लिएको छ । साथै सवारीसाधनको आयात बढिरहेको छ । यी कारणले इन्धनको आयात बढेको हो’ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारि वृद्धि भएको हुँदा नगदको आधारमा आयातको मूल्यमा धेरै वृद्धि भएको उनले बताए ।

नेपाल र भारतको खुल्ला सिमाना र सिमानामा भएको मूल्य फरकले गर्दा पनि नेपालमा इन्धनको आयात बढेको उनले बताए ।

उनले भने-‘नेपाल र भारतको सिमानामा नेपालको इन्धनको मूल्य कम हुँदा भारतीय सवारीसाधन सिमानामा आएर तेल भरेर जाने गर्छन । जसले गर्दा सिमानामा तेलको खपत बढी हुन आएको छ’ ।