सीबीएस टिभीका सीइओ मुन्भेसविरुद्ध ६ महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा

तस्बिर: न्यू योर्क पोस्ट
July 28, 2018 |एजेन्सी

एजेन्सी: अमेरिकाको एउटा प्रतिष्ठित टेलिभिजन नेटवर्क सीबीएसका कार्यकारी प्रमुख लेज मून्भेसमाथि छ जना आफ्ना महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

यो समाचार रोनान फारोले न्यू योर्कर म्यागजिनमा छ महिलाले दिएका बयानका आधारमा शुक्रबार प्रकाशित गरेको हो ।

अभिनेत्री इलियाना डग्लससहित चारजनाले विभिन्न बैठकहरुको बेलामा आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको आरोपबारे अनुसन्धान गर्ने सो संस्थाले जनाएको छ ।

एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई असहज भएको स्वीकारेका छन् । तर यौन दुर्व्यवहार गरेको आरोप भने उनले अस्वीकार गरेका छन् ।

मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना सन् १९८० र ८० को दसकको अन्त्यको रहेको बताइएका छन् ।
अर्का एक पीडित महिला लेखिका ज्यानेट जोन्सले सन् १९८५ को त्यो क्षणलाई सम्झिदै भनिन् – “लेज हतार हतार एक कोठाको टेबलको कर्नरमा आए र आफैलाई म माथि राखे, यो यति छिटो भयो केहि थाहै नभए जस्तो ।”

यस घटनासंगै लेजले अव सम्भवत निकै कठिन परिणामको सामना गर्नु पर्ने हुन्छ किनकि उ आफै पनि एक यौन दुर्व्यवहार सम्बन्धि आयोगको सदस्य हुन् र यसको अध्यक्ष भने अनिटा हिल रहेकी छिन् ।