१३ औं साग : क्रिकेटमा नेपालद्धारा श्रीलंकालाई १ सय ७३ रनको चुनौती, दीपेन्द्रको उत्कष्ट ब्याटिङ

December 3, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकालाई १ सय ७३ रनको चुनौती दिएको छ ।

 

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

 

नेपालको खेलमा उप कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कष्ट ब्याटिङ रह्यो । उनी ४४ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । दीपेन्द्रले ३४ बलमा अर्ध शतक पुरा गरेका थिए । १८ औं ओभरको चौथो बलमा आसिता फ्रर्नान्डोलाई चौका प्रहार गर्दै अर्ध शतक पुरा गरेका थिए ।

 

पवन सरार्फ १३ बलमा २ चौका र १ छक्का सहित २२ रनमा क्याच आउट भए ।

 

पाँचौ विकेटका लागि पवन र दीपेन्द्रले ६२ रनको साझेदारी गर्दै नेपालाई बलियो योगफलमा पुर्याएका थिए । करण केसी १ रनमा नट आउट रहे ।

 

पुर्व कप्तान तथा ओपनर पारस खड्कालाई काविष्का अन्जुलाले दोस्रो ओभरकोे दोस्रो बलमा विकेटकीपर निशान मदुशंकाबाट १ रनमा क्याच आउट गराए ।

 

दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्न खोजेका थिए ।

राम्रो सुरुवात दिएका आरिफ छैटौं ओभरको पहिलो बलमा १९ रनमा क्याच आउट भए ।

 

कामिन्दु मेन्डिसको पहिलो बलमै ठूलो सटको धुनमा लङ अफमा आसेन बन्दराबाट क्याच आउट हुनुअघि आरिफले १५ बलमा २ छक्का प्रहार गरे ।

 

दुविन्दु तिलकरत्नेले आठौं ओभरको तेस्रो बलमा मल्ललाई २१ रनमा बोल्ड आउट गरे । ज्ञानेन्द्रले २० बलमा ३ चौका प्रहार गरे ।

 

चौथो विकेटका लागि विनोद भण्डारी र दीपेन्द्रले ५६ रनको साझेदारी गरेका थिए ।

१५ औं ओभरको पाँचौ बलमा कामिन्दुले विनोदलाई २१ रनमा बोल्ड आउट भए । विनोदले २३ बलमा १ चौका प्रहार गरे ।

 

श्रीलंका लागि स्पिनर कामिन्दु मेन्डिसले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले १-१ विकेट लिए ।