अस्पताल शैयाबाटै प्रम ओलीले सागको उद्धघाटन हेरे

PM KP Sharma Oli
December 1, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैयाबाटै भएपनि १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह हेरेका छन् ।

 

उनले आइतबार अस्पताल कोठाभित्र हिँडडुल पनि गरेका छन्।

 

यस्तै आईतबारै उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा आठौं पटक डायलासिस गरिएको छ ।

 

आइतबार उनको आठौं डायलासिस गरिएको हो । मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो । त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो ।

 

उनको मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सघन उपचार कक्षमा रहेको उनको स्वास्थ्यमा सुधार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ ।’