अस्पतालको शैय्याबाटै प्रधानमन्त्रीको ट्वीट : ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’

November 28, 2019 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

 

काठमाडौं ः भर्खरै एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शैय्याबाटै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै आफ्नो स्वास्थ्यमा तीब्र सुधार भइरहेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा सुभेच्छा प्रकट गर्नेहरुप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रधानमन्त्रीले ट्वीटर सन्देशमा लेखेका छन्– बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्ति मंगलबार बिहान अस्पताल भर्ना भएका थिए ।

परीक्षणका क्रममा ओलीलाई एपेन्डिसाइटिस भएको देखिए पछि चिकित्सकहरुले मंगलबार नै शल्यक्रिया गरेका थिए ।