शुक्रबार शताव्दीकै लामो अवधिको ‘ब्लड मुन’, नेपालमा भने मनसुन वाधक

July 25, 2018 |एजेन्सीको सहयोगमा

एजेन्सी: खगोलीय अध्ययन र यसमा रुची राख्नेका लागि शुक्रबार एक दुर्लभ र निकै आकर्षक खगोलीय घटना घट्ने वाला छ त्यो के हो भने ब्लड मुन अर्थात रातो खग्रास चन्द्रग्रहण । यसपालि देखिन लागेको यो चन्द्रग्रहण शताब्दीकै लामो चन्द्रग्रहण हुनेछ ।

यो विश्वको प्रमुख शहरबटा देखिने छन् भने नेपालको आकाश पनि खुला रहेको खण्डमा तपाइले पनि यसको अवलोकन गर्न सक्नु हुनेछ ।

यो शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म देखिन सकिनेछ भने यसको समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।

शुक्रबार राति (साउन २८ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ।

२ बजेर ६ मिनेटमा खग्रास अधिकतम विन्दूमा पुग्ने यो ग्रहण बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ।

त्यो समयमा मंगलग्रह पनि चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको समयमा यसलाई खुला आँखाले समेत देख्न सकिन्छ। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो।

कहाँ कहाँबाट देख्न सकिन्छ ?
यो चन्द्रग्रहण नेपालसहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देखिनेछ ।
उत्तर अमेरिका र ग्रीनल्याण्डबाट भने यो चन्द्रग्रहण देखिने छैन।

नेपालबाट देख्ने सम्भावना कम
अहिले नेपालमा मनसुन सक्रिय रहेकोले शुक्रबार राति वर्षा हुने वा बदली हुने अनुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शिव नेपालका अनुसार त्यस दिन नेपालको अधिकांश भूभागमा बदली हुने वा पानी पर्ने जानकारी दिए।

किन देखिन्छ चन्द्रमा रातो ?

खग्रास चन्द्रग्रहण देखिनुको कारणमा जव पृथिवी सूर्य  र चन्द्रमाकोबीच भएर गुज्रिन्छ त्यती बेला चन्द्रग्रहण देखिने हो ।

यसरी नै ठीक सूर्य ग्रहणको बेलाको जस्तै, जव चन्द्रमा सूर्य र पृथिवीकोबीच भएर गुज्रन्छ हो ठीक त्यति नै बेला चन्द्रमाले सूर्यको किरण छेक्ने गर्छ यतिबेला छेकिएको सूर्यकिरणले चन्द्र कालो देख्नु पर्ने हो तर त्यसो नभएर यो रातो भइदिन्छ ।

यसको एउटै कारण हो- वायुमंडलका किरणहरु पृथिबीमा पर्छ र त्यहि बेला सूर्यका केहि किरणहरु पनि ठक्कर खाँदै पृथिबीका केहि छेउ पट्टिका भागहरुमा लाग्ने गर्छन र पछि यी छरिएर आएका केहि सूर्यका किरण बिशेष गरी राता किरणहरु चन्द्रमामा पर्ने गर्छ र अन्तत: चन्द्रमा खग्रासका बेला रातो देख्ने गरिन्छ ।