पुँजी बजारमा सुधारको संकेत, नेप्से ५.०८ अंकले बढ्यो

October 15, 2019 |Pahiloclick

 

काठमाडौं : पुँजी बजार सकारात्मक देखिएको छ । कारोबार रकमसँगै नेप्से सूचक पनि बढेर सुधारको संकेत देखाएको हो ।

लामो समयदेखि घट्दो क्रममा रहेको बजारले गति लिने अपेक्षामा लगानीकर्ता धैर्य गरिरहेका छन् ।

नेप्से सूचक मंगलबार ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा आइपुगेको छ । १५१ कम्पनीको २२ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ लाख ६५ हजार ८९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबार भएकामध्ये २ वटा समूहका सूचक स्थिर देखिएका छन् भने बाँकी सबै सूचक हरिया बनेका छन् । वाणिज्य बैंक समूहको सूचक ४.५२ अंकले बढेको छ ।

कारोबार रकममा सिद्धार्थ बैंक अग्रस्थानमा छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आरएमडीसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.९३% ले कमाएका छन् । सबैभन्दा धेरै सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ५.८८% ले गुमाएका छन् ।