सतुंगलमा टिपरले ठक्करबाट एक युवाको मृत्यु अर्का एक घाइते

October 2, 2019 |Pahiloclick

 

काठमाडौँ: काठमाडौंमा टिपरको ठक्करले मंगलबार राति एक युवाको ज्यान लिएको छ। थानकोटबाट कंलकी आउँदै गरेको मोटरसाइकललाई राति करिब साढे ८ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार टिपरको ठक्करले मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

थानकोटबाट कलंकी आउँदै गरेको बा२६ प ४९०३ नम्बरको मोटरसाईकललाई चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित बागेश्वरी अस्पताल ओरालोमा बा३ख ३८१७ नम्बरको ट्रिपरले ठक्कर दिएको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुका अनुसार चितवन रत्ननगर १६ का २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको हो।

घाइते हुनेमा ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने ४१ वर्षीय टिकाबहादुर बानियाँ छन्। घाइते बानियाँको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ। ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।