नायक हमाललाई ‘ट्रिब्युट टु मेगा स्टार’बाट सम्मान गरिने

September 28, 2019 |Pahiloclick

काठमाडौँ: नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।

 

करीब ३०० चलचित्रमा अभिनय गरिसक्नुभएका नायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले सम्मान गर्न लागेको हो ।

 

केन्द्रले असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिनुभयो । सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन् ।

 

भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ ।