जनकपुरधाम–जयनगर रेल मंसिरदेखि रेल चल्ने

September 26, 2019 |Pahiloclick

जनकपुरधाम : नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकत्तालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा अझै सुचारु हुन सकेको छैन। गतवर्षको असोजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन। रेल चल्ने भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सिमित रहयो।

रेल विभागका महानिर्देशक बलराम मिश्रले मंसिरदेखि रेल चल्ने बताएका छन्। ‘रेल सेवा सुचारु गर्न कम्तिमा २ सय कर्मचारी चाहिन्छ, तर कर्मचारी छैन’, महानिर्देशक मि श्रले भने, ‘कर्मचारी भर्ना प्रक्रिया र रेल ईन्जिन नेपाल ल्याउन केहि महिना लाग्छ, तर अब ढिलो हुँदैन। मंसिरको मध्यसम्ममा रेल चल्छ।’

नेपाल सरकारले रेल ईन्जिन खरिद प्रक्रिया, आवश्यक जनशक्ति जोरजाम गर्न नसकेकाले रेल सञ्चालनमा ढिलाइ भएको विभागका कर्मचारीको भनाइ छ। ‘सुरुमा भारतसँग रेलको ईन्जिन भाडामा लिएर सेवा सञ्चालन गर्ने सम्झौता भएको थियो। पछि नेपालले रेल खरिद गरेर सञ्चालन गर्ने पक्रिया अघि बढयो’, महानिर्देशक मित्रले भने, ‘नेपालले दुई वटा रेल किन्न भारतको सरकारी कम्पनी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग सम्झौता गरेकाले रेल निर्माण अन्तिम चरणमा पुगेको छ।’ महानिर्देशक मि श्रका अनुसार नेपालले खरिद गर्न लागेका दुई रेल निर्माण सम्पन्न भइ रङ रोगनमात्र बाँकी रहेकाले केहि दिनभित्रै तयार हुनेछ।

मंसिरदेखि रेल सेवा सञ्चालन हुने भनिए पनि धेरैले आशंका व्यक्त गरेका छन्। ‘डेढ वर्षदेखि रेल आउने चर्चा सुनेर वाक्क लागिसक्यो तर अझै आएको छैन’, जनकपुरधाम उपमहानगर–१६ कपिलेश्वरका जुगेश्वर साहले भने। रेल्वे स्टेशनका बुधेश्वर मण्डलले नेपालको एकमात्र जनकपुर–जयनगर ब्रोडगेज रेल चल्ने धेरै चर्चा भए पनि सेवा सुरु नभएको बताए। ‘रेल चल्ने चर्चा मात्र भयो। जनताले कति आशा गरेका थिए तर अब त आशा पनि निराशामा परिणत हुन थालेको छ’, उनले भने, ‘कसैले चल्छ भन्छ, कसैले चल्दैन भन्छ। कस्को कुरा पत्याउनु ? ’ मण्डलका अनुसार २०७५ मंसिरदेखि नै रेल चल्ने चर्चा चलेको थियो। स्थानीय उत्साहित थिए तर रेल चलेन।

पहिलो चरणमा भारत विहारको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन गर्न भौतिक संरचना, रेल्वे लिकलगायत आवश्यक पूर्वाधार पूर्ण रुपमा तयार भएको महानिर्देशक मि श्रले बताए। जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग तीन चरणमा निर्माण भइरहेको छ।

जयनगर–कुर्था ३५ किमी पहिलो, कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किमी दो श्रो र महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किमी ते श्रो चरणमा निर्माण सम्पन्न गरी रेल सञ्चालन हुनेछ। जसअन्तर्गत जयनगर–जनकपुर–कुर्था ३५ किमी रेल्वे सञ्चालन आवश्यक पूर्वाधार तयार भइसकेको छ। कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किमीमा लिक निर्माण चलिरहेको छ भने कुर्थादेखि बर्दिबाससम्म पुल निर्माण र माटो भर्ने काम भइरहेको छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।