नागढुंगा सुरुङमार्ग निर्माणको सम्झौतामा हस्ताक्षर, ४२ महिनामा काम सक्नुपर्ने

September 24, 2019 |Pahiloclick

 

काठमाडौं : नागढुंगा सुरुङमार्ग निर्माण सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र कम्पनी हाम्जाको तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गरेका हुन् ।

सुरुङमार्ग निर्माण कार्य भने मंसिरदेखि सुरु गर्ने तयारी भएको छ । जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले साढे १३ अर्ब रुपैयाँमा ठेक्का पाएको हो ।

सुरुङमार्ग निर्माण गरेको ४२ महिनामा भित्रमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गनुपर्नेछ । आयोजनाले तोकेको शर्तअनुसार यो सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमि र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.६८८ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ।