दशैं आउनै लाग्दा बढ्न थाले चोरीका घटना

September 17, 2019 |Pahiloclick

 

काठमाडौं : दशैं आउनै लाग्दा राजधानी लगायतका स्थानमा धनमाल चोरीका घटना बढ्न थालेका छन ।

 

चोरीका घटना अन्तर्गत काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका(९ वीरेन्द्र चोक डेरा गरी बस्ने सर्लाही लालबन्दी घर भएकी सर्मिला लामाको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल हिजो सोमबार दिउँसो चोरी भएको छ ।

 

 

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका(१४ नयाँ नैकाप बस्ने सर्मिला न्यौपानेको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

 

यसैगरी काठमाडौं महानगरपालिका(९ सिनामंगल पंचकुमारी बस्ने राजेश राईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

 

भक्तपुर, सूर्यविनायक नगरपालिका(५ कटुञ्जे साहुटोल बस्ने पूर्ण कला राईको घरबाट ल्यापटप २ थान र सुन चाँदिको बिभिन्न गरगहना ४ तोला समेत गरी करिब ३ लाख ८९ हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

 

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।