मनसुन सकिनै लाग्दा ५ महिनामा २७१ को मृत्यु, ६४६ घाइते, ३० वेपता

September 16, 2019 |Pahiloclick

 

काठमाडौं:  गुल्मी सत्यवती गाँउपालिका(३ ठूलो लुम्पेकी १३ वर्षीया धनी तरामु र १० वर्षीया सरिस्मा तरामु अविरल वर्षाका कारण आएको पहिरोमा परे ।

 

 

बाजुरा गौमुल गाँउपालिका-६बसला शान्ती टोलमा वर्षाको पहिरोले घर भत्कँदा ९५ वर्षीय जंगे चदारा सहित ५ जना गम्भीर घाइते भए । वाग्लुङ तमानखोला गाँउपालिका(४ लाममेला शिवपुरीमा पहिरोमा पुरिएर ७ जना घाइते भए । रसुवा गोसाईकुण्ड गाँउपालिका(२ टिमुरे तातोपानी डाँडास्थित पासाङल्हामु राजमार्गमा पहिरोमा परी टिमुरेबाट काठमाडौं आउँदै गरेको ना।१ ज ७८२४ नम्बरको टाटासुमो जिप पुरिएर ७ जना गम्भीर घाइते भए ।

 

काठमाडौं बलम्बुमा बाढीबाट ३० वटा घर डुवानमा फसे । ती घरमा बस्ने २ जना घाइते भए भने २४ जना डुवानमा फसे । कीर्तिपुर सल्यानथानस्थित खोलामा बाढी आउँदा ९ वटा घरभित्रै ४२ जना फसे ।

 

ढुङ्गेअड्डामा पनि खोलाको बहाव बढ्न गई बाढी आउँदा नजिकै घरभित्र बसेका ४३ जना डुवानमा परे । ललितपुरको सुनाकोठी नख्खु खोलाको बाढीमा ८ जना फसे ।

 

यसै वर्ष अचानक विपद्‍मा परेका सबै मानिसहरु तत्काल उद्धार गरियो । सबै घाइते र पीडितलाई छिटो साधनद्वारा उपचारका लागि स्थानीय अस्पतालतर्फ पठाइयो । बाढी पहिरोबाट पीडित हुने यी प्रतिनिधि घटना मात्र हुन् । हरेक वर्ष अविरल वर्षासँगै बाढी, पहिरो
लगायतका प्राकृतिक प्रकोप आउने क्रम तीव्र बन्छ ।

 

विपदका वेला उद्धार कार्य गर्न नेपाल प्रहरीले २०६८ सालमा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखा स्थापना गरेको छ । महाशाखाले मनसुन हुनु पूर्व तयारी गर्छ । उद्धार तथा सुरक्षा सामाग्रीका बारेमा प्रशिक्षण दिन्छ र परेको
वेला उद्धार कार्यका लागि तत्काल परिचालन हुन्छ ।

 

नेपाल प्रहरीले गर्ने उद्धार कार्य र प्रहरी परिचालन सम्वन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी सह(प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी भन्नुहुन्छ, ‘विपद उद्दारमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर काम गर्छ । यसका लागि केन्द्रमा विपद् व्यवस्थापन महाशाखा र ७
वटै प्रदेशमा शाखा कार्यालय विस्तार गरिएको छ ।

 

त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई तालिम दिने र यूनिटलाई साधन स्रोत सम्पन्न बनाउँदै विपद्का बेला दक्ष कर्मचारी परिचालन गरी
उद्दार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी लागि परेको छ ।’

 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०७६ बैशाख १ गतेदेखि भदौ २९गतेसम्म ५ महिनाको अवधिमा विभिन्न स्थानमा विपद्का घटनामा परी २ सय ७१ जनाको मृत्यु भएको छ । ६ सय ४६ जना घाइते भएका छन् भने ३० जना वेपत्ता भएका छन् । घटनामा परी ७ सय ६७ जना विस्थापित भएका छन् । साथै १ हजार ९ सय ६३ चौपाया मरेका छन् ।

 

४ हजार ६ सय ७ वटा घर डुवानमा परेका छन् ।  १५ वटा पुल , १ हजार ७ सय ६१ वटा घर, २ सय १७ वटा गोठ, १२ वटा उद्योग, २८ वटा विद्यालय र ७४ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । करिब २ अर्ब ४२ करोड ५५ लाख ७२ हजार ६ सय १० रुपैयाँ मुल्य बराबरको धनमाल क्षति भएको छ । कुल २ हजार ११ ठाउँमा भएका घटनामा उक्त क्षति भएको हो । सबै ठाउँमा गरी जम्मा १६ हजार २ सय प्रहरी उद्धार कार्यमा परिचालन भए ।

 

विपद्का घटना मध्ये ८ सय २९ स्थानमा आगलागी, २ सय ४८ स्थानमा बाढी, ४ सय ७१ स्थानमा पहिरो, २ सय १३ स्थानमा चट्याङ, १ सय ८ स्थानमा जनावर आक्रमण, १ सय ११ स्थानमा हावाहुरी लगायतबाट क्षति भएको हो । केन्द्रीय प्रहरी सह(प्रवक्ता प्रहरी वरिष्ठ
उपरीक्षक उमेशराज जोशी भन्नुहुन्छ, ‘यस्ता क्षति न्यूनीकरण गर्नका लागि नेपाल प्रहरी लागि परेको छ । विपद्का बेला तत्काल परिचालन हुने गरी तयार रहन निर्देशन दिने गरिन्छ ।

 

प्रहरीको यस प्रकारको सक्रियताबाट विपद्का बेला हुने क्षति न्यूनीकरण गराउन मद्दत पुग्ने गरेको छ ।’ उद्धार कार्यमा महाशाखाबाट दैनिक दुई समूहमा ‘क्वीक रेस्पोन्स टिम’ परिचालन हुन्छ । डुंगा तथा पौडी तालिम प्राप्त जनशक्तिको दक्ष टिमलाई सम्भावित घटनामा तत्काल परिचालन गर्न तयारी हालतमा राखिन्छ । यस्ता टिम उपत्यका र प्रदेश प्रहरी कार्यालयहरुमा समेत छन्।

 

महाशाखा अन्तर्गत हाल हरेक प्रदेशमा १ सय २५ जनाको संख्यामा जनशक्ति रहनेगरी ७ वटै प्रदेशमा शाखा स्थापना गरिएको छ । साथै सबै जिल्लामा स्थानीय निकाय र संघसंस्थाको सहकार्यमा उद्धार टिम उपकरण सहित तयारी अवस्थामा रहन्छ । स्वयंसेवक समेत परिचालन हुन्छन् ।

 

प्रहरीले गर्ने उद्धार कार्य सम्वन्धमा प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप चौधरी भन्नुहुन्छ, ‘विपद जोखिम न्यूनीकरण तथा उद्धार गर्ने काम महाशाखाले गर्दै आएको छ ।

 

तालिमले दक्ष जनशक्ति उत्पादन गरी शीघ्र उद्धारमा सहयोग पुगेको छ ।’ नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी अवधारणा लागू गरेपछि स्थानीय तह र सरोकारवाला निकायहरुले विपदका घडीमा राहत तथा आर्थिक सहयोग गर्ने क्रम बढेको छ । सबैको सक्रियतामा उद्धार कार्य छिटो छरितो हुन सकेको छ ।

 

नेपाल प्रहरीले प्रहरी कल्याणकारी कोषमार्फत समेत प्रकोप वा अन्य विपत्तिको अवस्थामा पीडितलाई राहत पुर्‍याउने काम गर्दै आएको छ । यसबाट विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिलाई न्युनीकरण गर्न सहयोग पुगेको छ ।