सिद्धबाबा सडक खण्डमा पहिरो : जीप पुरिँदा चालकको मृत्यु, ४ घाइते

September 13, 2019 |Pahiloclick

बेझाड : सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ ।

आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले पुरिएको जिल्ला प्रही कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गासहितको पहिरो खसेपछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी सञ्चालन भइरहेको छ ।

सडकमाथिबाट खसेको ढुंगाले लागेर सोही जीपमा सवार ४ जना घाइते भएका छन् ।

उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ । घाइते चारै जनालाई उद्धार गरेर प्रहरीले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ ।