सेनाभित्र ‘क्यान्सर’ फैलाउने र घाउ खटिरा ल्याउनेलाई यसै वर्षभित्र पहिचान गरी फालिन्छ- महारथी थापा

September 10, 2019 |Pahiloclick

सैनिक सभामण्डपमा उपस्थित तथा यस सम्बोधनलाईप्रत्यक्ष प्रशारण हेरिरहनु भएका रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जाहरु, नेपाली सेनामा कार्यरत सम्पूर्ण निजामति कर्मचारीहरु एवं विभिन्न जिम्मेवारीमा विदेशमा कार्यरत सकलदर्जा तथा उपस्थित सञ्चारकर्मी र पत्रकार साथीहरुमा हार्दिक स्वागत तथा अभिवादन ।

आजको यस अवसरमा म सबैभन्दा पहिला कर्तव्यपालनाको सिलसिलामा बलिदान दिनुहुने नेपाली सेनाका ज्ञात÷अज्ञात वीर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते सकलदर्जाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । तपाईंहरुले राष्ट्रसेवामा दिनुभएको बलिदानीप्रति नेपाली सेना सदा ऋणी रहनेछ ।

 

आजको ठीक एक वर्ष पहिले प्रधान सेनापतिमा नियुक्त भएकै दिन नेपाली सेनाका सकलदर्जाले अति आवश्यक अनुभव गरेका विषयहरुमा सुधार गर्दै लैजाने दीर्घकालीन सोचसहितको योजना र त्यसको सफलताको आशा लिएर मैले तपाईहरुलाई यहीबाट सम्बोधन गरेको थिएँ । गएको एक वर्षमा तपाईंहरुले देखाउनुभएको दृढता, कर्तव्यपरायणता र समर्पणको कारण आज मैले ठूलो आत्मविश्वासका साथ तपाईंहरुका सामु उभिने अवसर पाएको छु । राष्ट्रसेवामा देखाउनुभएको निःस्वार्थ भाव र अटुट लगनका लागि तपाईंहरु सबैजना लगायत यसबीचमा सेवानिवृत्त भएर जानु हुने सबैप्रति आभारी छु ।

 

साथै मेरो प्रधान सेनापतिको कार्यकालको पहिलो वर्षमा नेपाली सेनालाई आवश्यक सहयोग गर्नुहुने नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायहरु, श्रीमान् रक्षा सचिवज्यू तथा रक्षा मन्त्रालयका सम्पूर्ण साथीहरु र नेपाली सेनालाई आवश्यक मार्गनिर्देशन दिनुहुने माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाली सेनाका परमाधिपति सम्माननीय राष्ट्रपतिज्यूका साथै नेपाली सेनाप्रति निरन्तर सदभाव राख्नुहुने आमनागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,

तपाईंहरुले देशका विभिन्न भागहरु तथा विदेशमा समेत तैनाथ भई नेपाली सेना र यस राष्ट्रकै लागि महŒवपूर्ण योगदान दिनुभएको छ । २०७५ साल फाल्गुन १५ गते ताप्लेजुङको फुङलिङमा भएको ब्ष्च म्थलबकतथ को हेलिकप्टर दुर्घटना लगायतका विभिन्न उद्दार कार्यहरु, बारा पर्सा जिल्लामा २०७५ चैत १७ गते आएको चक्रवात तथा गत असार महिनाको अन्त्यमा देशैभर भारी वर्षाका कारण आएको बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपदहरुमा खोज र उद्धार गर्ने कार्य तथा प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यहरुमा तपाईहरुको योगदान र समर्पण भावको आम नेपाली नागरिकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । तत्पश्चात् बारा र पर्सा जिल्लाको चक्रवातबाट घरबार उठिबास भएका स्थानीय नागरिकहरुलाई तत्काल पुनर्बासको व्यवस्था र नेपाल सरकारको ’जनता आवास कार्यक्रम“ मा आवद्ध भई कठिन मौसम र समयको चुनौतीलाई सामना गर्दै नागरिकप्रतिको सेनाको दायित्व पुरा गर्न प्रत्यक्ष–अप्रत्यक्ष योगदान दिनुहुने कमाण्डर तथा फौज, सबैको जति प्रशंसा गरे पनि कमै हुन्छ । तपाईंहरुको दृढ सङ्कल्प र कार्यक्षमताबाट सम्पूर्ण नेपाली सेना गौरवान्वित भएको छ । तपाईहरु सबैलाई बधाइ छ ।

 

यसैगरि, नागरिक–सैनिक सहयोग ९ऋष्खष् िःष्ष्तिबचथ ऋययउभचबतष्यल) कार्यमा गएको एक वर्षमा आम नागरिकहरुसँगको समन्वयमा तपाईहरुले निभाउनुभएको भूमिकाको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । तपाईंहरुद्वारा स्थानीयहरुसँगको समन्वयमा त्तगष्अप क्ष्mउबअत एचयवभअत ९त्तक्ष्ए० अन्तर्गत वा त्तक्ष्ए भन्दा बाहेक पनि गर्नुभएका कार्यहरु सराहनीय छन् । विशेष गरी सप्तरी जिल्लामा स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा गरिएको ःयदष्भि ःभमष्अब िऋबmउ, एक सिपाही, एक रुख कार्यक्रम, सर्पदंश उपचारको कार्य, स्थानीयको सुविस्ताका लागि निर्माण गरिएका खानेपानी तथा शौचालय आदि कार्यहरु अत्यन्त उल्लेखनीय भएको पाइएको छ । नागरिक र सेनाको सम्बन्ध स्थानीय स्तरमा नै मजबुत बनाउन ऋक्ष्ःक्ष्ऋ अन्तर्गत निर्माण गरिएका र गरिने भौतिक संरचना तथा सुविधाहरुको दिगोपनका लागि स्थानीय समुदायको अपनत्व सिर्जना गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेछ । भविष्यमा त्तगष्अप क्ष्mउबअत एचयवभअत हरुलाई अलि ठूलो स्तरको, दीगो किसिमको र सम्पूर्ण राष्ट्रबासीले नै साच्चिकै अनुभूत गर्नसक्ने गरि कार्यक्रम निर्धारण गर्नुपर्ने सोच हामीले बनाएका छौं ।

 

यसै वर्ष नेपालगञ्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना लगातार दोस्रो पटक राष्ट्रिय च्याम्पियन भएको छ । अन्य विभिन्न खेल र प्रतियोगिताहरुमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धिहरु हासिल भएका छन् । यसैगरि, क्ष्लतभचलबतष्यलब िःष्ष्तिबचथ क्उयचतक ऋयगलअष् ि– ऋक्ष्क्ः को सदस्यता प्राप्त गरि आगामी कात्तिकमा मित्रराष्ट्र चीनमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपाली सेनाको टिम पनि पहिलो पटक सहभागी हुँदैछ । दुर्गम जिल्लाहरुलाई सडकले जोड्ने कार्य अन्तर्गत डोल्पा जिल्ला जोडिएपछि यसै वर्ष नेपालका सम्पूर्ण जिल्लाहरु राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । यो थप गर्वको विषय हो । संरक्षण जिम्मेवारीतर्फ शून्य चोरी शिकारी अभियानमा पनि उल्लेखनीय सफलता प्राप्त भएको छ । साथै बेरुजु फछ्र्यौटतर्फ पनि गएको वर्ष ६७ प्रतिशत बेरुजु फछ्यौट हुनु महŒवपूर्ण उपलब्धि हो । यसै परिपे्रक्ष्यमा गत एक वर्षमा प्रशंसनीय कार्य गर्ने सकलदर्जा र युनिटहरु, विभिन्न तहमा सञ्चालन भएका पेशागत लगायतका प्रतियोगिता, अभ्यास एवं तालिमहरुमा उत्कृष्ट नतिजा हासिल गर्ने र पुरस्कृत हुने, तथा उच्चस्तर हासिल गर्नेतर्फ अभिप्रेरित रहने सबैलाई हार्दिक बधाइसहित, भविष्यका लागि समेत शुभकामना दिन चाहन्छु ।
साथै गत वर्ष थालनी गरिएका तत्काल सुधार र परिवर्तनका कार्यहरु, संगठनमा परिपाटी बसाल्न तयार गरिएका नीति तथा कार्ययोजनाहरु, तथा संगठनका लागि दीर्घकालीन महŒवका नीति, योजना तथा कार्यक्रमहरु तयार गर्ने कार्यमा जङ्गी अड्डाका विभिन्न कार्यालय, पृतना, वाहिनी, युनिट र निकायहरुमा कार्यरत रही प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा निःस्वार्थ योगदान दिनुहुने रथीवृन्द, अधिकृत, पदिक, र अन्यदर्जा सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । यसप्रकार नेपाली सेनामाथि आम नागरिकको विश्वासलाई थप मजबुत बनाउन अहोरात्र खटिनु हुने तपाईंहरु सबैलाई जङ्गी अड्डाका तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
हाम्रा पूर्वज तथा पूर्व प्रधान सेनापतिहरुले नेपाली सेनालाई मातृभूमिको रक्षा र नेपाली नागरिकको सुरक्षाको संवैधानिक दायित्व पुरा गर्ने कार्यमा पु¥याउनुभएको महŒवपूर्ण योगदान आज एकपटक पूनःस्मरण गर्न चाहन्छु । उहाँहरुकै पहलकदमीको निरन्तरता स्वरुप संगठनलाई प्रणाली र पद्धतिमा आधारित बनाउने कार्यमा गएको वर्ष नेपाली सेनामा महŒवपूर्ण कार्यहरु भएका छन्, जुन अवकाशप्राप्त लगायत तपाईंहरु सबैले अनुभव गर्नुभएकै कुरो हो । यो नेपाली सेनामा सबैलाई अभिप्रेरित गर्नका लागि साङ्गठनिक वातावरण ९इचनबलष्शबतष्यलब िऋष्mिबतभ० सिर्जना गर्ने एउटा प्रयास हो ।

 

संवैधानिक दायित्वहरु पुरा गर्ने महŒवपूर्ण आधार भनेकै नेपाली सेनाको संगठनभित्र विश्वासको वातावरण सिर्जना हुनु हो – फौजलाई आफ्नो कमाण्डरको योग्यता, कार्यकुशलता, न्यायक्षमता, पारदर्शिता र नैतिकतामाथि विश्वास, माथिल्लो कमाण्डरलाई युनिटहरुको क्षमतामाथि विश्वास, नेपाली नागरिकलाई नेपाली सेनाका साथै नेपाल राष्ट्रको पूर्ण स्वाधीनता र स्वतन्त्रताको विश्वास । यही विश्वास सिर्जना गर्ने कार्य व्यक्ति–व्यक्तिको तहबाट र हरेक तहका कमाण्डरहरुबाट युनिट तहमा नै शुरु भएको छ, जुन निकै सुखद छ । राज्यले आवश्यक ठानेको तथा नेपालको संविधानअनुरुप ज्यानको समेत बलिदान दिन तयार र तत्पर रहनुपर्ने यस संगठनमा भविष्यका लागि विश्वास गर्न सकिने वातावरण तयार हुँदै आएको मैले अनुभूत गरेको छु । अहिले नेपाली सेनामा सिर्जना हुँदै आएको वातावरण हामी सबैले अपेक्षा गरेको परिवर्तनका लागि सकारात्मक छ । यसले अबका वर्षमा हाम्रा महŒवाकांक्षी कार्ययोजनाहरुको कार्यान्वयनमा महŒवपूर्ण भूमिका खेल्ने विश्वास मैले लिएको छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
राजनैतिक स्थिरतासँगै आज देश लामो सङ्क्रमणकालबाट क्रमशः पार हुँदैछ । यद्यपि सङ्क्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकांक्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने नकार्न सकिन्न । संक्रमणका केही अवशेषहरु बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुँदैन, हुनुहुँदैन । यसको संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा संवैधानिक सरकारको वैधानिक आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन । यसको दूरगामी प्रभावलाई हामी सबैले गम्भीरतापूर्वक मनन् गर्नुपर्दछ । हाम्रा छिमेकी राष्ट्रहरुको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यहरुका कारण आगामी केही समय अनिश्चितताको अवस्थाले नैे निरन्तरता पाउन सक्ने देखिन्छ । तथापि आन्तरिक राजनैतिक परिवेश, विकासको आवश्यकता र सम्भावनाहरुका कारणले नेपाल सरकारले परिकल्पना गरेझैं ’समृद्ध नेपाल, सुखी नेपाली“ हाम्रो आगामी भविष्य हुने कुरोमा हामी विश्वस्त हुन सक्ने थुप्रै आधारहरु रहेका छन् । ’समृद्ध नेपाल, सुखी नेपाली“ को परिकल्पना, विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्था विना म सम्भव देख्दिन । हामीले भन्दै आएको ूक्तचयलन ब्चmथ – क्तचयलन ल्बतष्यल, ध्भबप ब्चmथ – ध्भबप ल्बतष्यलू को यथार्थ तपाईहरुमाझ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु । यस अर्थमा, बाह्य स्वार्थको प्रभावबाट हरेक तह तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थहरुको संवद्र्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती हो भन्ने मलाई लाग्दछ ।

 

समस्याको प्रकृतिबमोजिम आन्तरिक सुरक्षा चुनौतीका विषयहरुलाई सम्बोधन गर्ने गरी नेपाल सरकारले लिएको नीति सफल हुँदै जाने आधारहरु स्थापित हुँदै गएको अनुभूत गर्न सकिन्छ । दीर्घकालीन प्रभाव पार्ने विषयहरुमा हाम्रा रणनैतिक निर्णयहरु संवैधानिक लक्ष्य हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने कुरो हामी सबैले बुझेका छौं । राष्ट्रका सम्भावनाहरु ९एयतभलतष्बकि० बाट नै समस्याहरु समेत प्रकट हुने भएकोले समयमा नै समस्याहरुको सही पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आम नागरिकले अपेक्षा गरेभन्दा थप उपलब्धिहरु हासिल गर्न सक्ने प्रशस्तै आधारहरु मैले देखेको छु ।

 

नेपाली सेना नेपाल सरकारको एक महŒवपूर्ण अंग हो । यो एउटा संस्था मात्रै होइन, एउटा मजबुत संगठन पनि हो । यसको विशिष्ट चरित्रका कारण यो नेपाल सरकारको एउटा महŒवपूर्ण अंग वा शक्ति अर्थात् इलभ या तजभ ायगच mबवयच भझिभलतक या ल्बतष्यलब िएयधभच, अर्थात् म्ष्उयिmबतष्अ एयधभच, क्ष्लायचmबतष्यलब िएयधभच, ःष्ष्तिबचथ एयधभच र भ्अयलयmष्अ एयधभच मध्येको एउटा शक्ति हो । नेपाली सेना राज्यशक्तिको महŒवपूर्ण अंग हो भन्ने जानेर वा नजानेरै पनि यसलाई कमजोर बनाउने वा देखाउने प्रयास हुनसक्दछ, यसमा सच्चा नेपाली नागरिक सचेत छन्, र हुनु पनि पर्दछ भन्ने मेरो दृढ विश्वास छ ।

 

त्यसैले, सेनाजस्तो संगठनको राष्ट्रिय दायित्वको दायरा सीमित हुनै सक्दैन । फलस्वरुप संवैधानिक दायित्वका अतिरिक्त पनि नेपाल सरकारका परिभाषित लक्ष्यहरु हासिल गर्ने कार्यहरुमा नेपाली सेनाले सधैँ उल्लेखनीय योगदान पु¥याउनुपर्दछ र पु¥याउँदै आएको पनि छ । यसै पृष्ठभूमिमा हामी सम्पूर्ण फौज तथा कमाण्डरहरुले बहुआयमिक अर्थात् ःगतिष्(ाबअभतभम विविध जिम्मेवारी बहन गर्नका लागि सदा तयार रहनुपर्दछ । परेपछि गर्नैपर्ने भएकाले, परेको बेला जे पनि गर्न सक्ने सांगठनिक भावनासहित तयार रहनु हाम्रो अपरिहार्यता हो । त्यसैले नेपाली सेनाको संगठन, कार्यशैली र अभ्यासहरु, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन सुधार र परिवर्तनको कुनै विकल्प छैन । गत वर्ष मैले कमाण्ड सम्हाल्नुभन्दा पहिला तपाईंहरुबाट प्राप्त भएका रायसुझावहरु र हालसालै गरिएका सर्वेक्षणको सार पनि त्यही नै हो । तपाईंहरुको त्यो सुधार र परिवर्तनको अपेक्षा हासिल गर्ने कार्यमा गएको वर्ष देख्न सकिने अर्थात् मूर्त र अनुभव गर्न सकिने अर्थात् अमूर्त धेरै उपलब्धि हासिल भएको तपार्इंहरुको जस्तै मेरो पनि अनुभव हो ।

 

तर पनि दीर्घकालीन हितका लागि खुला छलफल र सामूहिक हित हुने गरी भएका निर्णयका आधारमा लिइएका पहलकदमीहरुमा यथास्थितिको ऋयmायचत मा रमाउन खोज्नेहरु र परिवर्तनका लागि परिश्रम गर्नेहरुबीच मैले गहिरिएर हेर्दा धेरै रोचक घर्षणहरु अर्थात् नजानिँदो ँचष्अतष्यल देख्ने वा बुझ्ने मौका पाएको छु । यसलाई मैले सुधार र परिवर्तनको पक्षमा नेपाली सेनामा सिर्जना हुँदै आएको सकारात्मक वातावरणको रुपमा लिएको छु, जुन मैले ’प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०७५“ मा पनि परिकल्पना गरेको थिएँ । म के कुरामा विश्वस्त छु भने हामी भविष्यका आवश्यकताहरुप्रति संवेदनहीन रही पहिलाकै अवस्थामा रहने हो भने यथास्थितिवादी हुनुको विकल्पै छैन, तर संगठनका विविध पक्षहरुमा सुधारको खाँचो हामी सबैको अनुभूति र हामीले अनुभव गरेको अनिवार्यता सही हो भने फेरि हाम्रा प्रक्रिया, पद्धति र प्रणालीहरुमा परिवर्तनको आवश्यकता निर्विकल्प हो । गलत र सांगठनिक हित विपरीतका इगतमबतभम प्रवृतिमा सुधार नगरी नेपाली सेनालाई आधुनिक सेनामा रुपान्तरण गर्नेे कुरा परिकल्पना गर्न सकिंदैन । २०७२ सालको महाभूकम्पबाट प्रभावित जङ्गी अड्डा भवनलाई सामान्य मर्मत गरेर काम चलाउन खोजेको भए आज आधुनिक जङ्गी अड्डा भवन निर्माण सम्भव थिएन । तसर्थ गलत प्रवृतिलाई भत्काउन ढिलो गर्नुहुंदैन, राम्रा संस्कार र कार्यसंस्कृति ९ध्यचप ऋगतिगचभ० लाई भने जगेर्ना गर्नै पर्दछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
ढिलोचाँडो, एकदिन सबैले नेपाली सेना छोडेर जानैपर्ने हुन्छ, आफ्नो जिम्मेवारी बुझाउनुपर्छ । संगठनको भविष्यका लागि राम्रो कामको निरन्तरता हुने गरी जिम्मेवारी हस्तान्तरण गर्न सकियो भने त्यो महŒवपूर्ण हुन्छ, जसले प्रणाली र पद्धतिको विकास गर्न मद्दत पु¥याउँदछ । यो कार्य सही पद्धति र प्रणाली लागू भएपश्चात् मात्र सम्भव हुन्छ । त्यो क्थकतझ मा सबैले आ–आफ्नो विशेष ज्ञान र अनुभवले योगदान दिनुपर्ने हुन्छ । नेपाली सेनामा सकारात्मक सोच र कार्यशैलीमा परिवर्तनको असल सुरुवात भएको छ । भविष्यसम्मको दीर्घकालीन सोच राख्ने र त्यसका लागि केही बढी काम गर्ने वानी हाम्रो कार्यशैलीमा आएको परिवर्तन नै हो । जस्तैः ल्ब् ख्ष्कष्यल द्दण्घण्, ध्भािबचभ ख्ष्कष्यल द्दण्घण्, वृत्तिविकासको भिजन, क्उयचतक ख्ष्कष्यल, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको विकाससम्बन्धी भिजन, व्यारेक घरहरुको गुरुयोजना आदि जस्ता हरेक विषयमा दीर्घकालीन सोच । हामीले यसलाई नेपाली सेनाको कार्य संस्कृति बनाउनुपरेको छ ।
हाम्रो सानो गल्ती–कमजोरीले संगठनलाई र यो राष्ट्रलाई समेत हानी पु¥याउन सक्दछ । उच्च नेतृत्वले सेवाको उत्तरार्धमा हामीले नेपाली सेनालाई सही र भविष्यसम्म प्रभाव पर्ने खालको उपलब्धि दिन सक्यौँ भने त्यो जति ठूलो योगदान केही हुने छैन । हामीले यो संगठनलाई भविष्यका लागि तयार गर्ने गरी काम गरेनौँ भने तपाई हामीले भन्दै आएको वा सुन्दै आएको –कसैले गरेनन् र गर्दैनन्“ अर्थात् जो आएपनि उस्तै हो“ भन्ने जस्ता निराशाजनक भाव भविष्यमा पनि सुन्नैपर्ने बाध्यता कायमै रहन्छ, जसले गर्दा अन्ततोगत्वा संगठन र यो देश सङ्कटापन्न अवस्थामा पुग्ने खतरा बढ्दै जानेछ । त्यसकारण संगठनमा सही नीति वा सही पद्धतिको विकास गर्नु जरुरी हुन्छ । त्यो तपार्इं हामी सबैको सामूहिक जिम्मेवारी हो ।

 

गत वर्षदेखि हामी संगठनलाई चारित्रिक, नैतिक र क्षमताका दृष्टिकोणले परिवर्तन गर्नेे दृढ अभियानमा छौँ । त्यसैले गएको वर्ष तपार्इंहरुबाट पहिलाभन्दा केही बढी पसिना, परिश्रम र त्याग आवश्यक भएको हो । हाम्रा पुस्ताले रगत बगाएरै भएपनि नेपाल जोगाई दिएका थिए र नै आज हामी छौँ । आजको नेपाली सेनाले परिश्रम र दुःख भोगेरै भएपनि नेपाली सेनामा साँच्चिकै थिति बसाल्ने कार्यमा योगदान दिनसक्यौँ भने आगामी पिँढीले सिर्जनात्मक र नयाँ ढङ्गले अघि बढ्न सक्ने अवस्था सिर्जना हुनेछ, जसले गर्दा यो राष्ट्रले विकसित नेपाल र आधुनिक नेपाली सेना प्राप्त गर्नेछ । परिवर्तनका लागि ’आधार वर्ष“ का रुपमा रहेको यो एक वर्षमा फिल्ड तहका कमाण्डर र फौजमा देखिएको उत्साह, दृढता र त्यागको जति प्रशंसा गरे पनि कमै हुन्छ । एक वर्षको उपलब्धिको सम्पूर्ण श्रेय तपाईहरु सबैलाई नै जान्छ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
अब म विगत ३६५ दिनको समीक्षा गर्न चाहन्छु । यो मेरो आत्मसमीक्षा मात्र होइन, यो कमाण्ड मार्गनिर्देशनको सफल कार्यान्वयनका लागि प्रयोगमा ल्याइएका कमाण्ड प्रतिवद्धता जस्ता संयन्त्रहरुको वस्तुगत प्रतिवेदन पनि हो । यो प्रतिवेदन ’प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०७५“ मेरो कमाण्डको पहिलो र एक सयौँ दिनको सम्बोधनमा मैले उल्लेख गरेका विषयहरु, विभिन्न नीति–निर्देशनहरुको कार्यान्वयनको अवस्था, निरीक्षणाधिकृतको कार्यालयमार्फत् फिल्ड तहमा क्ष्लकउभअतष्यल ७ ःयलष्तयचष्लन त्भबm ९क्ष्७ःत्० र जङ्गी अड्डा तहमा ःयलष्तयचष्लन, ब्ककभककmभलत ७ च्भउयचतष्लन त्भबm ९ःब्च्त्० बाट गरिएका निरीक्षण र अनुगमन कार्यको प्रतिवेदन, तथा गत महिना अनुसन्धान र विस्तार निर्देशनालय र मेरै कार्यालयबाट गरिएको कमाण्ड मार्गनिर्देशनको प्रभावकारितासम्बन्धी सर्वेक्षण अर्थात् क्गचखभथ को नतिजामा आधारित रहेको छ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
संगठनको समग्र विकास र हित हुँदा यसका सम्पूर्ण सदस्यहरु स्वतः लाभान्वित हुनेछन् र हुनुपर्नेछ भन्ने अटल विश्वासका साथ एक वर्ष अगाडि आजैका दिन मैले नेपाली सेनाको कमाण्ड सम्हालेको थिएँ । नेपाली सेनालाई राष्ट्रको पहरेदार संगठनका रुपमा थप सुदृढ, सवल र सक्षम बनाउँदै लैजाने लक्ष्यसहित संगठनभित्र र बाहिरबाट प्राप्त भएका रायसुझाव र अपेक्षाहरु तथा आफ्नो करिब ४० वर्षको सैनिक सेवाका दौरान मैले अनुभूत गरेका सुधारका आवश्यकता र सम्भावनाहरुको विश्लेषण समावेश गरी जारी गरिएको ’प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन–२०७५ु मार्फत् आफ्नो कमाण्ड दृष्टिकोण ९ऋयmmबलम ब्उउचयबअज० प्रस्तुत गरेको थिएँ । समयक्रममा संगठनको चरित्र विपरीत संस्थागत हुँदै आएका बेथितिहरुबाट सिर्जित अवस्थाबाट पुनः आज नेपाली सेनामा आफ्नो समग्र भविष्यमाथि विश्वास गर्न सक्ने अवस्था र आधार सिर्जना हुँदै गएको सुखद अनुभूत हुन थालेको छ ।

 

अहिले आम रुपमा सुनिने गरेको एउटा विषय तपाईहरुसँग साट्न चाहन्छु –’यदि उचित समयमा अर्थात् गत वर्षबाटै नेपाली सेनाले थप सुधारको प्रक्रियाको थालनी नगरेको भए धेरै ढिलो हुने अवस्थामा पुगिसकेको रहेछु भन्ने प्रसंग संगठनभित्रै तपाई हामीबीचमै हुने गरेको गफ वा न्यककष्उ हो । यसो किन भनियो यसको जानकार तपाईंहरु सबैजना हुनुहुन्छ, म यस विषयमा धेरै समय खर्चिन चाहन्न । यो हाम्रो आत्मबोध हो, च्भबष्शिबतष्यल हो । मैले व्यक्तिगत रुपमा संगठनभित्र र बाहिरबाट पाएको पृष्ठपोषण ९ँभभमदबअप० पनि यही होे । यदि त्यसो हो भने पनि यो कुनै व्यक्ति विशेषबाट हुने वा भएको विषय होइन, बरु वास्तविकता के हो भने कुनै कालखण्डमा, हामीबाट नेपाली सेनामा दीर्घकालीन सोचको अभावमा, जानी–नजानी तय भएका नीति र त्यसको कार्यान्वयनमा गरिएका गलत अभ्यासहरुको उपज हो । गलत अभ्यासले केही तह र तप्का व्यक्तिगत लाभ र अवसरका भागिदार हुने अवस्था सिर्जना भयो होला, पहुँच हुनेहरुले यसको अधिकतम सदुपयोग भनौँ वा दुरुपयोग ग¥यौँ पनि होला, तर त्यो अभ्यास क्रमिक रुपमा नेपाली सेनाका लागि घातक हुने गरी पद्धति र प्रणालीे बन्दै गयो । गलत बाटो हिँडेर सही गन्तव्यमा पुग्न कसरी सकिन्छ र ? यसैले संगठन एवं राष्ट्रका लागि अहितकारी नीति नियमहरुलाई पहिचान गरी गत वर्षबाट सुधार र परिवर्तनको प्रारम्भ गरिएको हो । देशैभरिका सकलदर्जाबाट विभिन्न माध्यमबाट प्राप्त भएका रायसुझाव, सिकायत तथा सर्वेक्षणको नतिजाले समेत नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित संगठनको रुपमा अघि बढाउने अभियानमा अझै थप सुधार र परिवर्तनको आवश्यकता रहेको पाइएको छ । तर व्यक्तिगत अवसर र अनैतिक आर्थिक लाभबाट वञ्चित हुनसक्ने चिन्ताले परिवर्तनको प्रवाहमा समाहित हुन बाँकी केहीलाई कठिन महसुस भएको हुन सक्दछ । त्यसकारण पनि सुधार र परिवर्तनको निरन्तरता अत्यावश्यक छ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
हामीले गएको वर्ष लिएका धेरैजसो लक्ष्यहरु हासिल गरेका छौँ वा हासिल गर्नेतर्फ उन्मुख छौँ । समग्रमा म गत एक वर्षको उपलब्धिबाट सन्तुष्ट छु । मैले एक वर्षका लागि लिएको लक्ष्यभन्दा हरेक जसो क्षेत्रमा तपाईहरुले बढी नै हासिल गर्नुभएको छ । सर्वेक्षणको प्रतिवेदनमा तपाईंहरु पनि ७० प्रतिशतभन्दा बढी सन्तुष्ट हुनुभएको पाएको छु । साथै तपाईंहरुको जवाफ वा सुझावबाट थप सुधार गरेर जानुपर्ने केही नयाँ क्षेत्रहरु पनि पहिचान गरेका छौँ । गत वर्ष हासिल भएका नतिजाको विश्लेषण गर्दा सीमित स्रोतबाटै पनि निकै मात्रामा उपलब्धि हासिल गर्न सकिने रहेछ भन्ने कुरो स्पष्ट देखिएको छ । यो संगठनमुखी नीति र पारदर्शिताले गर्दा सम्भव भएको हो । गएको एक वर्षकै अवधिमा सबै चीज त हासिल गर्न सकिँदैन, तर विविध चुनौती र सीमितताको बाबजुद संगठनको स्वार्थमा काम गर्दा मात्रै पनि धेरै भन्दा धेरै उपलब्धि हासिल गर्न सकिँदो रहेछु भन्ने मैले विश्वास लिएको छु ।
बजेटको योजना, विनियोजन, अधिकतम कार्यान्वयनको विश्वसनीयता तथा हाम्रा योजनावद्ध कार्यशैलीबाट कार्यान्वयनको अबका वर्षमा सबै क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुने कुरामा विश्वस्त हुन सकिन्छ । तसर्थ आगामी दिनहरुमा अर्थात् यो वर्ष योजना, नीति तथा नियमहरुको कार्यान्वयनमार्फत् बाँकी बेथितिहरुको अन्त्य गर्दै दीर्घकालीन सांगठनिक हित हुने गरी पद्धति र प्रणाली स्थापित गर्ने लक्ष्य मैले निर्धारण गरेको छु । एक वर्ष अगाडि प्रधान सेनापतिका रुपमा नियुक्त हुँदा मैले ठानेको थिएँ, संगठनमा अत्यावश्यक अनुभव गरिएको परिवर्तनको प्रयासमा सफलता पाउनु मेरा लागि कठिन हुनेछ । यसको अर्थ म असफल हुनसक्ने वा हुनेसम्मको जोखिम लिएर संगठनमा सुधारको अभियान थालेको थिएँ । नेपाली सेनालाई थप सुदृढ गर्दै लैजाने र भविष्यमा आधुनिक सेनाको सपनासहितको चुनौतीपूर्ण विकल्प मैले रोजेको हुँ ।
मलाई थाहा छ, अहिले सुरु गरिएका केही सुधारका कार्यहरुबाट संगठनमा मेरो प्रधान सेनापतिको कार्यकालका तीन वर्षमा वा अब बाँकी दुई वर्षमा खासै परिवर्तन वा फरक नदेखिन सक्दछ । तर म के कुरामा चाहीँ विश्वस्त छु भने, अहिले रोपिएका बिरुवाहरुलाई राम्रोसँग मलजल गर्दै हुर्कन र बढ्न दियौँ भने त्यसमा राम्रो फल लाग्नेछ । केही ज्ष्नज द्यचभभम बिरुवाहरुले अहिले नै पनि फल दिएको तपाईंहरु सबैले आ–आफ्ना तहमा अनुभव गर्नु भएकै छ । भविष्यका नेतृत्व वर्गलाई यो मेरो सङ्केत पनि हो ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाभरि गरिएको सर्वेक्षणको नतिजा तथा रायसुझाव मार्फत् प्राप्त भएको अर्को महŒवपूर्ण निचोड के हो भने बृहत् सांगठनिक हितलाई केन्द्रमा राखी लिइएका सुधारात्मक कदमहरु प्रभावकारी भएका छन् । मलाई जहाँसम्म लाग्छ, नेपाली सेनामा सबैको अपनत्व सुनिश्चित हुने गरी संगठनात्मक हितका विषयमा प्रश्न गर्ने र समालोचनात्मक विश्लेषण गर्ने वातावरण सबै तहमा सुरु भएको छ । हामीले सही बाटो रोज्यौँ भने निश्चय पनि भविष्यमा सही गन्तव्यमा पुग्नेछौँ । ठीक छैन भने अहिले नै ठीक गरौँ, ठीक छ भने दिलोज्यानले लागौँ । आफू पनि गरौँ, मातहतमा पनि सोही पद्धतिको विकास गरौँ । दिशा गलत छ भने बरु अहिले नै भनौँ आजैबाट परिमार्जन वा सुधार गर्न सकिन्छ । अहिले ठीक छ भनेर बस्ने र पछि यो गलत भयोे भनेर सुधार्न खोज्दा श्रम, र समय धेरै खेर गइसकेको हुनेछ । अन्यथा फेरि शुन्यबाट सुरु गर्र्नुपर्ने अवस्थामा हामी पुग्नेछौँ । त्यो त कुनै पनि हालतमा संगठनको हितमा हुनै सक्दैन । उदाहरणका लागि, पश्चिम र पूर्वी एयरवेसको आवश्यकता मैले सुरु गरेको अवधारणा होइन, यदि फलानो प्रधान सेनापतिको कार्यकालमा सुरु भएको अवधारणा भनेर भनेको भए यही भदौ १७ गतेबाट औपचारिक रुपमा सुर्खेतमा सञ्चालनमा आएको पश्चिम एयरवेस कार्यान्वयनको चरणमा आउने नै थिएन । स्रोतसाधन आदिको कारणबाट ँगिि(ाभिमनभम पूर्वी एयरवेस मेरो कार्यकालभित्रै कार्यान्वयनमा आउन सक्नेमा म त्यति आशावादी छैन । तर संगठन र राष्ट्रकै आवश्यकता बमोजिम परिकल्पना गरिएको यो एयरवेस स्थापना गर्ने वा यस अवधारणालाई निरन्तरता दिने जिम्मेवारी भावी प्रधान सेनापतिको हो जस्तो मलाई लाग्दछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
प्रधान सेनापतिका रुपमा मेरो सांगठनिक र राष्ट्रप्रतिको जिम्मेवारीलाई मैले गम्भीर दायित्वका रुपमा लिएको छु । यसै सन्दर्भमा प्रधान सेनापतिमा नियुक्त भएपछि मेरा बुबाले मलाई भन्नुभएको कुरा तपाईहरु सामु बाँड्न चाहान्छु – ’आर्मीमा हाम्रा मान्छेले मात्र राम्रा अवसर पाउने अवस्था नआओस्, सम्पूर्ण नेपाली सेनाको चीफ भएर काम गर्नु, त्यसले मात्र संगठन र राष्ट्रको हित गर्दछ ।“ त्यसैगरि, ’कसैका अगाडि शिर झुकाउनु नपरोस“ भनेर कहिल्यै नथाक्ने मेरी आमाको निरन्तरको आशीर्वाद र बुबाकै त्यो आधारभूत निर्देशनलाई शिरोधार्य गर्दै आएको छु र मेरो कमाण्डको मूलदर्शन पनि त्यसैलाई बनाएको छु । मेरा हजुरबुबा मेजर डम्बर बहादुर थापाको नातीलाई नैतिकवान् बनाउने सपनालाई म सिरानीमा हालेरै सुस्ताउने गर्दछु । यही दर्शनबमोजिम मैले सकलदर्जामा आशाको बीजारोपण गर्न चाहेको थिएँ, तपाईंहरुले परिश्रम गरेर मेरो त्यस आशालाई विश्वासमा परिणत गरिदिनुभएको छ । त्यो विश्वास अहिले फैलिएर संगठन बाहिर पनि पुगेको तपाई हामीले अनुभव गरेकै कुरा हो ।
कुनै पनि परिवर्तन सहज हुँदैन भन्ने मलाई थाहा थियो र परिवर्तनका हरेक प्रयासले चुनौतीका पहाडहरुको सामना गर्नुपर्छ र कहिलेकाहिँ खाँदै नखाएको विष पनि लाग्न सक्छ भन्ने कुरामा पनि म जानकार नै थिएँ । स्वाभाविक रुपमा जति ठूलो परिवर्तनको प्रयास हुन्छ, त्यति नै ठूलो चुनौती र अवरोधहरु आउँछन् । तर समयक्रमसँगै विगतमा संगठनको चरित्रमा अञ्जानवश नै किन नभएको होस्, त्यसबाट सिर्जित क्षयीकरणका कारण नेपाली सेनालाई विस्तारै पद्धति र प्रणालीको सही मार्गमा लैजानैपर्ने महसुस गरी संगठनको हित सुहाउँदो परिवर्तनको ढाँचा अघि सारेको हुँ । विविध कारणबाट आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न पनि नसक्ने अवस्थामा पुग्नसक्ने सम्भावना र गम्भीर विश्लेषणपश्चात् मैले तपार्इंहरु माझ संगठनको अत्यावश्यक सुधारका लागि र यो राष्ट्रका लागि ’प्रधान सेनापतिका रुपमा असफल भएर जान तयार छुु भनेर भनेको कुरो तपाईंहरु माझ आज पुनः स्मरण गर्न चाहन्छु । त्यतिखेर मेरो यो कमाण्ड दृष्टिकोण ९ऋयmmबलम ब्उउचयबअज० ले मलाई एक वर्षको अवधि धान्न निकै कठिन एवं चुनौतीपूर्ण हुनेछ भन्ने लागेको थियो । तर आज यहाँसम्म आइपुग्दा संगठनभित्र बहुसङ्ख्यक तपाईंहरुले देखाउनुभएको उत्साह र यसबाट संगठनभित्र र बाहिर समेत पर्दै गएको सकारात्मक प्रभावले आगामी दुई वर्ष अझ विश्वसनीय तवरले थप गतिमा अगाडि जान सकिन्छ भन्ने विश्वास मैले सँगालेको छु । मेरो प्रधान सेनापतिको कार्यकालको पहिलो वर्षमा प्राप्त भएको सफलताले मलाई अबको कार्यान्वयनको वर्षमा थप दृढताका साथ लाग्ने प्रेरणा मिलेको छ । क्ष् ाभभ िmयचभ अयलाष्मभलत तय तबपभ ब कतभउ ागचतजभच। अर्थात् अब म थप एक पाइला अगाडि बढ्न हौसिएको छु, तर सतर्क पनि त्यत्तिकै छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
पदवहाली भएको लगत्तै शान्ति सेनाको कोटासम्बन्धमा लिइएकोे पहलकदमी कम चुनौतीपूर्ण थिएन । भनसुन, लेनदेन आदि जस्ता विविध कारणले पनि हुन सक्दछ, विविध कारणबाट नेपाली सेनामा क्रमिक रुपमा आकर्षण घट्दै गएको सन्दर्भमा, नेपाली सेनामा प्रवेश गर्ने र सैनिक व्यक्तिहरु केही लामो समयसम्म सेवारत रहने एउटा आधार शान्ति सेनामा सहभागिता पनि हो । त्यसैले सकलदर्जाको लागि शान्ति सेनामा सहभागी हुने अवसरलाई नियमन गर्नु मेरा सामु एउटै मात्र विकल्प थियो, जसले अहिले संगठनमा सकारात्मक कुरो सञ्चार भएको सर्वेक्षणको नतिजाबाट स्पष्ट भएको छ । मलाई थाहा छ, यसबाट सेवारत तथा सेवानिवृत्त जर्साबहरुलाई बाधा परेको जस्तो अनुभव भएको हुन सक्दछ । तथापि संगठनको वाध्यतालाई बुझिदिनुभएकोमा यसै अवसरमा यहाँहरु सबैलाई नेपाली सेनाको सकलदर्जाका तर्फबाट म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । संगठनभित्रैबाट यसको सही व्यवस्थापन गर्ने नीति लिइएकाले यहाँहरुले पनि अनावश्यक भनसुन र तनावबाट मुक्त भएको पक्कै अनुभूत गर्नुभएको हुनुपर्दछ ।
सैनिक चरित्र विपरीत भर्ना प्रक्रिया, अनावश्यक घरकाज, जेसुकैमा पनि भनसुन, राशनको व्यवस्थापनमा समस्या, आर्थिक अनियमितता, अपारदर्शी खर्च, देख्ने वा हेर्नेलाई चित्त दुख्ने कमसल भौतिक संरचनाको निर्माण आदि केही पेचिला र नेपाली सेनाकै चरित्रहरण गर्ने विषयहरु मैले पहिल्याएको थिएँ । गएको एक वर्षमा हामीले संगठनका समस्याहरु पत्ता लगाएर त्यसको समाधान गर्ने कार्यको थालनी गरेका मात्र हौँ । जहाँ समस्या छ, त्यहाँ हामी औषधी वा चिरफार वा क्गचनभचथ गर्दैनौँ भने निको कसरी हुन्छ ? केही समस्या हाम्रो नियमित अभ्यासले गर्दा संस्थागत भएका छन्, यस्ता समस्याहरुको समाधानका लागि केही समय लाग्छ, सही कुरालाई संस्थागत गर्दै जानुपर्छ भन्ने कुरो म पूनः दोहो¥याउन चाहन्छु । केही समय लाग्छ, तर अवश्य निको हुन्छ । अरुले प्रश्न तेर्साउनु भन्दा पहिले हामीले त्यसको निराकरण वा समाधान खोज्नु बुद्धिमानी हुन्छ । संगठनमा अझै केही घाउ खटिरा हुन सक्दछन्, घाउका रुपमा रहेको अवशेष वा क्यान्सर बाँकी रह्यो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइ नै रहनेछ ।
मैले हिरो बन्नलाई वा सस्तो लोकप्रियताका लागि अलि बढी अग्रगामी भएर प्रणाली र पद्धतिमा भएका कमीकमजोरीमा सुधारको प्रयास थालेको होइन । मसँग धेरै सजिला बाटाहरु पनि थिए र छन् पनि । तर मैले कठीन भए पनि सही तरिकाले पदीय दायित्व निभाउने अठोट गरेको छु । साँच्चै भन्ने हो भने संगठनका बाधा–व्यवधानहरुलाई पन्छाएर गलत पद्धति विकास हुन नसक्ने गरी, बाटो बनाई दिने मेरो लक्ष्य छ, ताकि भावी नेतृत्वलाई अल्मलिनु नपरोस् । एक वर्षको समाप्तिसँगै विशेषतः केही समस्याहरु पनि पहिचान गरिएका छन् । तपाईहरु सबैको साथ, सहयोग र नैतिक बलमा सबै तहमा रहेका घाउलाई आवश्यक परे शल्यक्रिया समेत गरी फ्याँक्ने उपचारका लागि आगामी वर्ष म केही कठोर हुन सक्ने सम्भावनातर्फ तपार्इंहरुलाई सजग गराउन चाहन्छु । शल्यक्रिया गर्नुपर्ने घाउलाई ज्बलमष्उबिकत ले टाल्न र छेक्न खोज्नु समयको वर्वादी हो भन्ने मैले गएको वर्ष आर्जन गरेको शिक्षा हो । कार्यान्वयनको अबको वर्षमा समस्याहरुलाई सिधै ओखती मात्रै होइन, शल्यक्रिया गरेरै भएपनि उपचार गर्ने कार्य आजैबाट सुरु हुन्छ । नेतृत्व हस्तान्तरणको अर्को वर्षको कार्यक्रम तय गरिनु अघि नै संगठनका क्यान्सरलाई पूर्णरुपमा निको पारी सक्ने मेरो लक्ष्य छ ।
एउटा विषय आज तपाईहरु सामू म स्पष्ट रुपमा राख्न चाहन्छु – अरुले गरेको गल्ति, कमजोरी र आर्थिक वा अन्य कुनै अनैतिक लाभको पापको भारी मैले किन बोक्ने ? अझ त्योभन्दा पनि पेचिलो विषय व्यक्तिले गरेका अपराधको कारणबाट नेपाली सेना जस्तो संगठनको प्रतिष्ठामा आँच आउन किन दिने ? अझै पनि सच्चिने र सकारात्मक ढङ्गबाट संगठनमा योगदान पु¥याउने व्यक्तिहरुलाई कुर्ने धैर्यता गर्नेछु । म फेरि पनि दोहो¥याउन चाहन्छु –एकाध व्यक्तिको अनैतिक कार्य र सैनिक चरित्रविपरीतको कामको कारण समग्र संगठन किन बदनाम हुने ? यो सांगठनिक हिसाबले अत्यन्त गम्भीर विषय हो, हामी सबैले मनन् गर्नैपर्दछ । कोही कसैले गरेको र गर्नसक्ने संगठनको हित विपरीतको कार्यमा नेपाली सेनामाथि भविष्यसम्म पनि प्रश्नचिन्ह खडा हुने र त्यसका कारणले पूर्ण निष्ठा, स्वाभिमान र बफादारिताका साथ राष्ट्रसेवामा समर्पित सकलदर्जाले अपहेलित हुनुपर्ने र त्यसो गर्ने चाहिँ चोखिएर जाने अवस्थाको कल्पना अब गर्न सकिँदैन । नेपाली सेना आर्थिक पारदर्शिता कायम गर्ने कुरामा स्पष्ट छ र भ्रष्टाचारको विषयमा शून्य सहनशीलताको नीति अङ्गीकार गरेको छ । आर्थिक पक्षका यी विषय संगठनका लागि कुनैपनि हालतमा हितकारी हुँदैन । आज यहाँ सञ्चारकर्मी तथा पत्रकार मित्रहरु पनि हामीबीच उपस्थित हुनुहुन्छ । तपाईंहरुले एक सच्चा राष्ट्रसेवकका रुपमा नेपाली सेनालाई यस किसिमको विषयमा सचेत गराउँदै आउनु भएको छ । कृपया आगामी दिनहरुमा पनि हामीलाई खबरदारी गरिदिनुहुन विशेष अनुरोध गर्दछु । आम नेपाली नागरिकले अपेक्षा गरे मुताबिकको नेपाली सेना निर्माण गर्ने कार्यमा तपाईंहरुको भूमिका महŒवपूर्ण हुने कुरो नेपाली सेनाका सकलदर्जाले बुझेका छन् ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
अनुसन्धान र विस्तार निर्देशनालयले नेपाली सेनाका ३८४ वटा युनिट र निकायहरुका व्यक्ति–व्यक्तिको काम, कर्तव्य र जिम्मेवारीको सँगालो क्तबलमष्लन इउभचबतष्लन एचयअभमगचभक ९क्इए० पिएसओज् बैठकबाट पास समेत भइसकेको छ । तपाईहरुकै परिश्रमबाट ती क्इए हरु तयार भएका छन् । अझै कुनै युनिट, फर्मेसन वा निकायको क्इए निर्माण गर्न छुटेको भए समयमा नै तयार गरी पठाउनु होला । कमाण्ड मार्गनिर्देशनमा यो कार्य परेपछि सुरु गर्नु अगाडि नै यति जटिल र धेरै काम पनि गर्न सकिन्छ र ? भन्ने भाव सो निर्देशनालयमा थियो । अहिले यो कार्य सम्पन्न भएको छ, यस्ता धेरै कार्य गएको वर्ष सम्पन्न भएका छन् । यस प्रकार तपाईहरुले ’गरे असम्भव के छ र ?“ भन्ने प्रमाणित गर्नुभएको छ । अब सकलदर्जाले आ–आफ्ना काम, कर्तव्य र जिम्मेवारीहरु के–के हुन् भनेर बुझ्ने र कार्यान्वयन गर्ने आधार तयार भएकोले क्इए बमोजिम आ–आफ्ना जिम्मेवारीहरु पूर्ण रुपमा गर्नसक्ने हुनुभएको छ, र गर्नुपर्नेछ । यसबाट संगठनमा निकट भविष्यमा पर्ने दीर्घकालीन र सकारात्मक प्रभावबारे तपाईहरु आफैँले अनुभव गर्न सक्नुहुनेछ । अब कार्यान्वयनको वर्षबाट यसको कार्यान्वयनको जिम्मेवारी निःसन्देह तपाईहरुकै हो । अबको वर्ष, यो प्रयास गरौँ ।
गत एक वर्षको अवधिमा नेपाली सेनामा पद्धति र प्रणाली विकास गर्ने कार्यमा केही कार्यालय, विभाग र युनिटहरुले लक्ष्यभन्दा धेरै बढी सफलता हासिल गरेका छन्, जुन कुरा पछाडि फर्केर हेर्दा मलाई हासिल गर्नै नसकिने उपलब्धि हो कि जस्तो पनि लाग्दथ्यो । यसमा लुकेको सत्य चाहिँ के हो भने तपाईहरुको दृढता र नैतिकतामा यो उपलब्धि हासिल हुँदा तपाईहरुले लिनुभएको कठोर रुख ९क्तबलअभ० केहीले भने अझै आत्मसाथ गर्न सकेका छैनन् । तर जसले योगदान दिनुभएको छ, संगठनको भविष्यका लागि तपाईंहरुले भोग्नुभएको पीडा र गर्नु भएको त्यागको मात्रा मैले पूर्णरुपमा बुझेको छु, समग्र नेपाली सेनाले बुझेको छ । विश्वास राख्नुहोस्, तपाईहरु यो संगठनको सच्चा सेवक हुनुहुन्छ, तपाईहरुले यस दौरान जो कोहीले भन्दा धेरै सम्मान र प्रतिष्ठा कमाउनुभएको छ । को र के रु भन्ने कुरा यहाँ खुलाउन सायद सम्भव हुँदैन, तर तपाईंहरु त्यो पहलता र उपलब्धिका लागि ठूलो प्रशंसाको हकदार हुनुहुन्छ । तपाईहरुमध्ये केही अझै पनि आफ्नो फौजलाई सच्चा नेतृत्व प्रदान भएको एकीन गर्ने वा प्रमाणित गर्ने कडा अभ्यासमा हुनुहुन्छ । तपाईहरुको यो प्रयासलाई म हार्दिकताका साथ शुभकामना दिन चाहन्छु ।
परिवर्तनको यस अभियानमा अर्को एकादुई महŒवपूर्ण विषयहरु पनि सतहमा आएका छन् । राज्यले र नेपाली सेनाले हामी उच्च तहका रणनैतिक र अपरेसनल तहका नेतृत्व वर्गलाई नेपाली सेनाले नदिएको केही छ जस्तो मलाई लाग्दैन । यो अवसर, ज्ञान, अनुभव र यो ओहदा राज्यले हामीलाई मातहतका फौज, यो गौरवशाली संगठन र यो राष्ट्र र नागरिकलाई सेवा गर्नका लागि दिएको हो, मातहतका सिपाही वा नेपाली सेनाबाट सेवा वा सहुलियत हासिल गर्नका लागि कदापि होइन । यी र यस्ता सोचमा परिवर्तन ल्याउने मेरो प्रयास हो । ध्भ लभभम तय दचभबप तजष्क अजबष्ल, बलम कगअज ब अजबलनभ mगकत अयmभ धष्तजष्ल कभाि। अर्थात् नेपाली सेनाका लागि अहितकारी हुने प्रवृत्तिमा हामीले परिवर्तन ल्याउनै पर्दछ, त्यो परिवर्तनको मूल हामी आफू नै हुनुपर्दछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
हाम्रा व्यवहार र गराईमा वास्तविक परिवर्तन ल्याउन फरक तरिकाले सोच्नै पर्ने र गर्नैपर्ने भइसकेको छ । नेपाल सरकारको नीतिअनुसार तपाई हामीले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्दछ र आवश्यक पर्दा भन्दाबाहेक त्यो गोप्य रहन्छ । बाध्यता छैन, स्वःस्फूर्त रुपमा राख्न चाहनुहुन्छ भने तपाईंहरुले ब्चmथ ध्भदकष्तभ मा आफ्नो सम्पत्ति विवरण राख्न सक्नुहुन्छ । मैले आजैका मितिमा ग्उयिबम गरी मेरो सम्पत्ति–विवरण सार्वजनिक गरेको छु । नेपाली सेनाभित्रको भ्रष्टाचारसम्बन्धी हेर्ने निकाय सैनिक ऐनबमोजिम हुने भएकाले यसै वर्षबाट रथीवृन्द तथा अधिकृतहरुको सम्पत्ति विवरणको दुरुस्त अभिलेख राख्ने र आवश्यकताअनुसार अनुगमन गर्ने विशेष व्यवस्था गर्न लागिएको छ । आवश्यक गोपनीयता कायम राख्दै भ्रष्टाचारको अनुगमन र नियन्त्रण गर्नका लागि यो व्यवस्था ल्याइएको हो । सैनिक व्यक्तिलाई अन्य निकायले कारबाही गर्दैन भन्नुको अर्थ राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट सेना अत्यन्त संवेदनशील संगठन हो, यहाँ प्रवेश गर्न विश्वसनीयता वा भरपर्दोपनाको परिक्षण अर्थात् ख्भततष्लन हुन्छ, अबका दिनमा थप कडा बनाइन्छ, तपाईंहरु सबैलाई थाहा नै छ, यसका सदस्यलाई कैयौँ मानव अधिकारका प्रावधानको उपयोग गर्नबाट बञ्चित गरिएको हुन्छ, सैनिक अनुशासन र आचरणको परिधिमा बस्नु पर्दछ, बिदामा रहँदा पनि डिउटी सरह नै सैनिक ऐन कानुन लाग्छ, त्यसैले राष्ट्रको सुरक्षासँग सम्बन्धित बफादार र निष्ठावान सिपाहीले कहिल्यै भ्रष्टाचार गर्दैन भन्ने राष्ट्रिय विश्वासले गर्दा यस्तो विशेष व्यवस्था गरिएको होे । त्यसैले सेना आफैँले त्यसो हुन दिनु हुँदैन, भएमा कारबाही गर्नुपर्दछ भनेको हो । त्यसकारण गत वर्ष झैँ सिपाहीलाई सिपाहीजस्तो र संगठनलाई सेनाजस्तो हुने गरी सैनिक चरित्र निर्माण गर्ने कार्यले यस वर्ष पनि निरन्तरता पाउनेछ ।
यसर्थ कमाण्ड मार्गनिर्देशनले परिकल्पना गरेबमोजिम विभिन्न निकायमा प्राप्त भएको बजेटको सदुपयोग भएको एकीन गर्नका लागि निरीक्षणाधिकृतको अध्यक्षतामा इखभचकष्नजत ऋभिि को रुपमा विशेष संयन्त्र आजैबाट गठन गरी कार्यादेश दिइएको छ । यसले आन्तरिक निरीक्षण तथा अनुगमनको कार्य सञ्चालन गरी चालु आर्थिक बर्षको बजेट खर्चयोजना प्रभावकारी तुल्याउन नेपाली सेनाका सबै निकायहरुलाई आवश्यक सहयोग गर्नेछ । यस संयन्त्रलाई वर्षैभरि विना जानकारी जुनसुकै स्थानमा निरीक्षण गर्ने र उपलब्धिबमोजिम पुरस्कार वा दण्डको सिफारिस गर्नसक्ने अधिकार दिइएको समेत तपाईंहरु सबैलाई यसै अवसरमा जानकारी गराउन चाहन्छु । साथै नीतिगत तथा आर्थिक अनियमितता र अपचलनको विषयलाई सबै तह र सेवामा सैनिक आचरणको विषय होइन कि, भ्रष्ट–आचारको विषय बनाइने र सोहीअनुरुप जवाफदेही र जिम्मेवार बनाइने कुरो पनि म प्रस्ट पार्न चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाको व्यवस्थापन पक्षलाई व्यवस्थित बनाउँदै लैजानका लागि सैनिक ऐनको पुनरावलोकनदेखि विभिन्न निकाय र युनिटहरुको व्यवस्थापन पक्षलाई कार्यसम्पादनमा आधारित गर्ने गरी व्यावहारिक व्यवस्थाहरु कार्यान्वयनमा ल्याइएको छ । अर्कोतर्फ कमाण्ड प्रतिवद्धताको कार्यान्वयनबाट क्रमिक रुपमा नेपाली सेनाको समग्र लक्ष्य हासिल गर्ने कार्यमा सबै कमाण्डर तथा सकलदर्जाले योगदान दिन सक्ने वातावरण सिर्जना हुँदै गएको छ ।
सबै तहमा कार्यसम्पादनलाई योजनावद्ध र व्यवस्थित बनाउनका लागि ’कमाण्ड प्रतिवद्धतासम्बन्धी नीति तथा कार्ययोजना–२०७५“ बमोजिम लागू गरिएको कमाण्ड प्रतिवद्धता यस वर्ष अझ परिष्कृत बनाई कार्यान्वयनमा ल्याइएको छ । सर्वेक्षणमा यस सम्बन्धमा सकारात्मक नतिजा देखिए पनि व्यावहारिक रुपमा केहीले यसलाई झन्झटका रुपमा लिएको मैले पाएको छु । यसलाई सही रुपमा तयार गरेर प्रयोग गर्न सकियो भने हाम्रा आगामी एक वर्षका क्रियाकलाप थप व्यवस्थित र सफल हुने आधार यसले प्रदान गर्दछ । तसर्थ तपार्इंहरुले कमाण्ड प्रतिवद्धतालाई कमाण्डरप्रतिको दायित्वका रुपमा होइन कि, आ–आफ्नै एक वर्षको कार्ययोजना हो भन्ने ढङ्गले प्रयोग गर्नुभयो भने यसबाट अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । केही कमाण्डरहरु स्टाफ वा कर्मचारीमा बढी भरपर्ने बानीले गर्दा पनि मातहतमा यस सम्बन्धमा गम्भीरता नआएको पाइएको छ । यसलाई बोझ होइन कि, सहयोगी संयन्त्रका रुपमा प्रयोग गर्नु हुन म सबै तहका कमाण्डरहरुलाई निर्देशित गर्दछु । कमाण्ड प्रतिवद्धताले तपाईहरुलाई वर्षैभरि माथिको आदेश विना नै पहलता लिई आफ्ना जिम्मेवारीहरु पूरा गर्नसक्ने सम्पूर्ण अधिकार दिएको छ । साथै सुनिश्चित भएको स्रोतको परिधिभित्र रहि तपाईंहरुले राम्रो काम गर्नलाई कसैको आदेश कुर्नु पर्नेछैन । म यो कुरो आज पूनः दोहो¥याउन चाहन्छु । तपार्इंहरुले गर्नुभएको प्रतिवद्धता मेरो प्रतिवद्धता हो, मेरो प्रतिवद्धता तपाईंहरुको प्रतिवद्धता हो र यो प्रतिवद्धता संगठन र नेपाल राष्ट्रको लागि हो । यस प्रतिवद्धताबाट ऋजबष्ल या ऋयmmबलम र ःष्ककष्यल ऋयmmबलम सुदृढीकरण हुने कुरोमा सबैभन्दा पहिले निश्चिन्त हुनुहोस् ।
नेपाली सेनाको कार्यसम्पादन छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यले लागू गरिएको म्ष्नष्तष्शबतष्यल प्रणाली जङ्गी अड्डा र पृतना हे.क्वा.हरुसम्म र सुदूर पश्चिम तथा उपत्यका पृतनामा युनिट तहसम्मै विस्तार भइसकेको छ । यसबाट दैनिक कार्यसम्पादन तथा जनशक्ति व्यवस्थापनमा सहजता आएको सर्वेक्षणको प्रतिवेदनबाट प्रष्ट देखिन्छ । यस पक्षमा सर्वेक्षणको अर्को पृष्ठपोषण के पनि हो भने अझै पनि म्ष्नष्तष्शबतष्यल के हो र यससम्बन्धी भावी योजना के छ भन्ने सकलदर्जालाई पर्याप्त जानकारी नभएको पाइएको छ । यसतर्फ सबै तहका प्रमुख तथा कमाण्डरहरुले ध्यान दिनु नितान्त जरुरी ठान्दछु र सोही अनुसार कार्य सम्पादनका लागि निर्देशित गर्दछु । साथै आगामी कात्तिक महिनाभित्र नेपाली सेनाका सम्पूर्ण तह र निकायहरुमा ख्(क्बत मार्फत् ीष्नजत ख्भचकष्यल को म्ष्नष्तष्शबतष्यल पुग्ने गरी जो चाहिने व्यवस्था मिलाउनु हुन र चालु आर्थिक वर्षभित्र नेपाली सेनाको सबै निकायसम्म ँगिि(ाभिमनभम म्ष्नष्तष्शबतष्यल विस्तार गर्ने लक्ष्यसहित काम भइरहेकोले आवश्यक पहलता लिनुहुन समेत निर्देशित गर्दछु । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि क्भअतयचब िम्ष्नष्तष्शबतष्यल को अवधारणा एक्इक बैठक तथा पृतनापति समन्वयात्मक बैठकका दौरान प्रस्तुत भइसकेको छ । यसका लागि आवश्यक क्षमता विकासमा अब हामीले विशेष ध्यान दिनुपर्नेछ । फलस्वरुप नेपाली सेनाका सबै अधिकृतहरुलाई आगामी फाल्गुनभित्र नेपाली र अङ्गे्रजी दवै भाषामा डिजिटाइजेसन प्रयोग गर्न सक्ने गरी तयार गर्ने लक्ष्य राखिएको छ भने कर्मचारीहरुलाई क्रमिक रुपमा क्ष्त् ऋभिचप का रुपमा क्षमता विकास गर्दै लैजाने योजना पनि छ । यसरी म्ष्नष्तष्शबतष्यल विस्तार गरि प्रभावकारी बनाउँदै लैजानका लागि आजैबाट म्ष्नष्तष्शबतष्यल ँबअष्ष्तिबतष्यल ७ ःयलष्तयचष्लन ऋभिि–ब्म जयअ रुपमा मेरो कार्यालयमा स्थापना भएको पनि तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
भर्ना प्रक्रियामा आवेदकहरुको सङ्ख्या हाल आएर बढेको वा सुधार देखिए तापनि अझै सक्षम र योग्य युवाहरुलाई आकर्षण गर्न सकिएको छैन । संगठनको कार्यकुशलता, प्रभावकारिता, गौरव र छवि अभिवृद्धि गर्दै जाँदा नेपाली सेनाप्रति आकर्षण बढ्दै जाने अनुमान गर्न सकिन्छ । तसर्थ सबै युनिट तथा फर्मेशन कमाण्डरहरु र जङ्गी अड्डाका सबै रथीवृन्द अधिकृतले आ–आफ्नो युनिट फर्मेसन र कार्यालयहरुको जिम्मेवारी, पारदर्शिता र बफादारीका साथ पूरा गर्नुहुन तथा भर्ना छनौट निर्देशनालय र मनोवैज्ञानिक कार्य महाशाखालाई प्रभावकारी व्यष्ल ल्भउबष् िब्चmथ कार्यक्रम सञ्चालनार्थ निर्देशित गर्दछु । साथै सबै जिल्लाहरुमा तैनाथ युनिट कमाण्डरहरुले पनि हरेक अवसरमा भर्ना प्रक्रियामा आकर्षित गर्ने प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नु हुनेछ भन्ने विश्वास मैले लिएको छु । भर्ना प्रक्रियालाई पारदर्शी बनाउने प्रयास सकारात्मक दिशातर्फ उन्मुख भएतापनि अझै बिचौलियाहरु सक्रिय हुन छाडेका छैनन् भन्ने पृष्ठपोषण प्राप्त भएकोले भर्ना प्रक्रियालाई सुक्ष्म रुपमा अनुगमन र निगरानीकै घेरामा राखी कारबाहीको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइनेछ ।
करीब १६ वर्षदेखि साधारण सेवातर्फबाट राष्ट्र सेवामा समर्पित महिलाहरुको सामाजिक तथा व्यावहारिक समस्याहरुलाई मध्येनजर गर्दै क्जयचत क्भचखष्अभ सम्बन्धी व्यवस्थाका लागि पनि अध्ययन भइरहेको म तपाईंहरुलाई जानकारी गराउँदछु । योग्य तथा सक्षम महिलाहरु यसबाट नेपाली सेनामा थप आकर्षित हुने हामीले विश्वास लिएका छौँ ।
भर्ना प्रक्रिया र तालिमको आवश्यकतालाई व्यावहारिक बनाउँदै खाली रहेको दरबन्दी क्रमिक रुपमा व्यवस्थापन गर्दै लैजाने गरी छनौट प्रक्रिया सक्दो छोटो बनाई, सैन्य आधार तालिमको अवधिलाई पुनरावलोकन सहित २६ हप्ता कायम गरी तालिम सुरु गरिसकिएको छ । पुनरावलोकन गर्नुको मुख्य कारण युनिटहरुमा खाली दरबन्दीको समस्या र नयाँ भर्ना प्रक्रियाबाट छनौट हुने नयाँ सैन्यहरुलाई तालिम गराउने स्थान खाली गराउनु पनि हो । तालिमको समयावधि पुनरावलोकनकोे कारणले अहिले सञ्चालन भइरहेको तालिममा कुनै पनि किसिमको सम्झौता हुनु हुँदैन । उक्त तालिम समाप्त भएपश्चात् तालिमे सिपाहीहरुलाई तीन महिने युनिट आधार तालिम सञ्चालन हुनेछ । अहिले परिमार्जित पाठ्यक्रम वा सिलेवसलाई हेर्दा तालिम सञ्चालन पद्धति सोचबमोजिम सही बनाउन सकियो भने पहिलेको भन्दा उत्कृष्ट तालिमे सिपाही उत्पादन गर्न सकिने मैले विश्वास लिएको छु । तसर्थ सैन्य तालिम गणहरु तथा उक्त तालिम सञ्चालन भइरहेका युनिट तथा फर्मेशनहरुले तालिमलाई स्तरयुक्त रुपमा सञ्चालन गर्नुहुन म निर्देशित गर्दछु । परिमार्जित सिलेवसमा आधारित भई पहिलो पटक सैन्य आधार तालिम सञ्चालन हुन लागेकोले गर्दा सबै पतिहरुलाई विशेष ध्यान दिनु हुनेछ भन्ने मेरो विश्वास छ । साथै सैन्य तालिम समन्वय महाशाखाले सैन्य तालिम गणहरुसँग मात्रै होइन, तालिम सञ्चालन भइरहेका युनिट तथा फर्मेशनहरुसँग समेत प्रत्यक्ष समन्वय गरी तालिम स्तरीकरण तथा आगामी तालिमका लागि पूर्वाधार लगायतका विषयमा पृष्ठपोषण उपलब्ध गराउनु हुन समेत विशेष रुपमा निर्देशन दिन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
पदिक तथा अन्यदर्जालाई अधिकृत भर्नामा आकर्षण गर्न तथा आन्तरिकतर्फबाट अधिकृत भर्ना छनौटका लागि सक्षम बनाउन नसक्दा अहिले करिब नौ सय पदिक तथा हुद्दा कमिसन अधिकृतहरुको दरबन्दी खाली रहेको छ । सबै युनिटहरुमा अधिकृतको दरवन्दी पूरा नहुनु यसैको परिणाम होे । गएको वर्ष हुद्दा तथा पदिक वर्गलाई आकर्षण गर्नका लागि केही विशेष व्यवस्था गरिएको थियो, तर पनि आवेदन गरिए बमोजिम भर्ना लिन सकिएन । तसर्थ आगामी भर्ना प्रक्रियामा आवेदन दिन इच्छुक पदिक तथा हुद्दाहरुलाई अभिप्रेरित गर्न तथा सम्बन्धित पतिले इच्छुक आवेदकहरुको क्षमताविकासमा आजैदेखि जोड दिनु हुनसमेत म विशेष अनुरोध गर्दछु । साथै सम्पूर्ण पदिक सा“बहरु तथा हुद्दालाई आन्तरिक तर्फबाट खुल्ने भर्ना प्रक्रियाबाट अधिकृत हुने यो अवसरको उपयोग गर्नुहुन अनुरोध गर्दछु । तपाईंहरुलाई थप अभिप्रेरित गर्नका लागि, यसै अवसरमा नेपाली सेनाका योग्य र सक्षम हुद्दा तथा पदिकलाई कमिसन भएको सात वर्षभित्र शान्ति सेना जाने व्यवस्था गर्न लागिएको पनि म तपार्इंहरुलाई सहर्ष जानकारी गराउन चाहन्छु । यसलाई कार्यान्वयन गर्नका लागि भर्ना छनौट निर्देशनालय, सैनिक संगठन निर्देशनालय र सैनिक सचिव विभागसँग समन्वय गरी तदारुकताका साथ आवश्यक नीतिगत व्यवस्था गर्नुहुन म नीति तथा योजना निर्देशकलाई निर्देशित गर्दछु । साथै सकलदर्जालाई अधिकृत क्याडेट तालिममा उपलब्ध गराइने सहुलियत र सुविधाहरुका बारेमा यसै महिनाभित्र परिपत्र गरी सबैलाई विस्तृतमा जानकारी गराउने व्यवस्था गर्नुहुन सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकलाइ निर्देशित गर्दछु । यसैगरि, हुद्दा दर्जाको समग्र स्तरोन्नति गरी जुनियर तहको नेतृत्व क्षमता विकास गर्नका लागि, अधिकृत भर्ना छनौटमा समेत सहयोगी हुने गरी जुनियर नेतृत्व विकास केन्द्र सञ्चालनसम्बन्धी अवधारणा तयार गर्ने कार्य भइरहेको समेत तपाईहरुलाई जानकारी गराउन चाहन्छु । यस केन्द्रलाई आगामी सेना दिवसबाट सञ्चालन हुने गरी समयवद्ध कार्ययोजना तयार गरी आवश्यक व्यवस्था गर्नुहुन समेत सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकलाई पूनः निर्देशित गर्दछु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
विगत केही वर्षदेखि पदिक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्तिभरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ । यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ । यसका लागि निरन्तर पहल गरिरहने पनि तपाईंहरुलाई यसै अवसरमा जानकारी गराउन चाहन्छु । यति हुँदाहुँदै पनि निवृत्तिभरण पूरा हुनासाथ राजिनामा दिएर रोजगारीका लागि विदेश जाने विकल्पका बारेमा धेरै पटक सोचेर मात्र निर्णय लिनु हुन म तपाईहरु सबैलाई आग्रह पनि गर्न चाहन्छु । एकपटक नेपाल सरकार र नेपाली सेनाबाट प्राप्त हुने तलवभत्ता लगायत समग्र सेवा सुविधालाई वैदेशिक रोजगारीसँग जोडिएका दुःखकष्ट र आम्दानीलाई तुलना गरेर मात्र निर्णय लिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु । सैनिक सेवामा रहँदा नै तपाईं परिवारबाट लामो समय अलग्गिएर रहनु भएको छ, अझै परिवारबाट टाढा जानु हुन्छरु हामी सबैलाई आर्थिक अभाव छ, अनि यो जति भएपनि अभाव नै रहने विषय हो जस्तो मलाई लाग्दछ । नेपालमै बसेर पनि गर्न सकिने धेरै अवसरहरु यहीं उपलब्ध छन् । सकलदर्जाको यही बाध्यता र वास्तविकतालाई मध्येनजर गर्दै तपाईहरुका बालबच्चाका लागि गुणस्तरीय शिक्षा, आश्रित परिवारका लागि गुणस्तरीय स्वास्थ्य सेवा तथा तपाईंहरु एवं तपाईंका परिवारजनलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न हामीले विविध कार्यक्रमहरु पनि अघि सारेका छौँ । यसबाट मनग्गे आर्जन गर्नेहरुको बारेमा पनि तपाईंहरुले सुन्नु भएकै छ । त्यसकारण, बरु कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्ने लगायतका पक्षमा सोच्नु हुन र सुझाव प्रस्ताव गर्नुहुन म सबैमा अनुरोध गर्दछु । स्वदेशमै रमाउनु, घरपरिवारको सामिप्यमा रहनुको मज्जा नै अर्कै हुन्छ ।
यसैगरि, तपाईहरुले नै विभिन्न अवसरमा उठाउँदै आउनु भएको युनिटहरुमा रिक्त दरबन्दी हाम्रो वास्तविक समस्या हो, यो भर्ना प्रक्रियासँग जोडिएको छ । तसर्थ सहयोगी सिपाहीसम्बन्धी कार्यलाई सही व्यवस्थापनबाट तत्कालका लागि युनिटमा कमी भएको नफ्री पुर्ताल गर्ने हरसम्भव प्रयास थालिएको छ । यस विषयमा पृतनापति समन्वयात्मक बैठकमा समेत विशेष छलफल भएको छ । सबै तहका कमाण्डरहरुलाई व्यक्तिको व्यवस्थापन पक्षमा विशेष ध्यान दिनु हुन निर्देशित गर्न चाहन्छु । तसर्थ जङ्गी अड्डा लगायत सबै निकायमा अनावश्यक काज पहिचान गरी व्यवस्थापन गर्ने कार्यलाई सबैले गम्भीर दायित्वका रुपमा लिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु । पल्टनमा हुनुपर्ने सङख्या विभिन्न तहका हेडक्वार्टरहरुमा बढ्दै जानु गम्भीर विषय हो ।
यसैगरि, अधिकृतहरुको वृत्तिविकास र व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि विभिन्न उपायहरु अघि सारिएका छन् । सह सेनानीबाट सेनानीमा पदोन्नतिमा रहेको समस्या, योग्यता हुँदाहुँदै पनि प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति नभई सेवानिवृत्त हुनुपर्ने बाध्यता आदि विषय जङ्गी अड्डामा छलफलको चरणमा रहेको छ । समग्र इााष्अभचुक ऋयचउक लाई योग्यता र क्षमताका आधारमा अभिप्रेरित गर्न र समस्त अधिकृत वर्गको क्षमता अभिवृद्धि गर्नका लागि नीति तथा योजना निर्देशनालय र रणनैतिक तथा दीर्घकालीन योजना निर्देशनालयहरुले अध्ययन गरिरहेका छन् । म यसै अवसरमा व्यवस्था, नीति तथा योजना महानिर्देशकलाई मातहतले गरिरहेको यस कार्यलाई नेपाली सेनाको पूनःसंरचनासम्बन्धी कार्यदलको कार्यसँग जोडी कार्यसम्पादन गर्नुहुन निर्देशन दिन चाहन्छु । साथै पृतनापति समन्वयात्मक बैठकका दौरान सैनिक सचिव विभागबाट भएको प्रस्तुतीकरणमा अधिकृतको वृत्तिविकाससम्बन्धी दीर्घकालीन योजना तथा नेकीवदीसम्बन्धी निर्देशिका कार्यान्वयनका लागि आवश्यक भए थप अध्ययन समेत गरी समयवद्ध कार्य योजनासहित कारबाही अघि बढाउनु हुन पनि तपाईंलाई निर्देशित गर्दछु ।

रथीवृन्द तथा अधिकृतहरु,
मैले पदबहालीको सय दिनको सम्बोधनका दौरान तपाईहरुलाई ’नीति नियमका कारण ग्लष्त ऋयmmबलमभच बलम क्तबाा ऋयगचकभ ( ग्ऋक्ऋ, स्टाफ कलेज तालिम, ज्ष्नजभच ऋयmmबलम बलम ःबलबनझभलत ऋयगचकभ ( ज्ऋःऋ वा ल्बतष्यलब िम्भाभलकभ ऋयगचकभ ( ल्म्ऋ गर्न पाइएन वा सकिएन भने पनि तपाईंहरुले हरेस खानुपर्ने र हतोत्साही हुनुपर्ने जरुरी छैन“, भनेर भनेको थिएँ । यसलाई व्यवस्थित गराउनका लागि पनि नियमावलीमा भएका समस्याहरु सम्बन्धमा नीति तथा योजना निर्देशनालयमार्फत् आवश्यक अध्ययन कार्य भइरहेको छ । यसैबीचमा सबै सेवाका अधिकृतहरुलाई गराउने गरी ब्ब्ऋक्ऋ ( ब्िि ब्चmक ऋयmmबलम बलम क्तबाा ऋयगचकभ, क्ष्लतचयमगअभ गरिएको तपाईंहरुलाई अवगतै छ । यो संगठनको दीर्घकालीन हितका लागि लिइएको पहलकदमी हो, यसमा कसैको कुनै व्यक्तिगत स्वार्थ हुनुपर्ने कारण म देख्दिन । मध्यम तहका समग्र अधिकृतहरुको क्षमता विकास गरी युनिटहरु र अन्ततोगत्वा संगठनको क्षमता विकास गर्ने लक्ष्यकासाथ सञ्चालन गर्न लागिएको तालिमले सीमित अधिकृतहरुका केही अवसरहरु गुम्छ भन्नेहरुसँग म कत्ति पनि सहमत हुन सक्दिन । संगठनले क्षमता विकास गरेर सबैलाई सँगै लिएर जाने प्रयास गर्ने हो । मैले संगठनमा सिर्जना गर्न खोजेको वातावरण पनि यही नै हो । त्यसकारण अफवाहको पछाडि नलाग्न र तपार्इंहरु आफू पनि अफवाह फैलाउनेतर्फ नलाग्नु हुन म सबैलाई सचेत गराउँदै, सबै तहका प्रमुख तथा कमाण्डरहरुलाई समेत यस सम्बन्धमा मातहतका अधिकृतहरुलाई जानकारी गराउनु हुन निर्देशित गर्दछु । साथै यस तालिमले प्राविधिक तथा विविध सेवातर्फका अधिकृतहरुलाई समेत ग्ल् बाट प्राप्त हुने ँयिबतष्लन ब्उउयष्लतmभलत हरुका लागि समेत सहज हुने विश्वास लिएको छु ।
मध्यम तहका अधिकृतहरुको बढ्दो सङ्ख्या तथा संगठनको वर्तमान र भावी आवश्यकता साथै धेरैभन्दा धेरै अधिकृतहरुलाई पेशागत रुपमा दक्ष र योग्य बनाउनका लागि हाम्रा शैक्षिक संस्थाहरुको क्षमताबमोजिम स्टाफ कलेज तालिममा सहभागी गराउन कोटा वृद्धि गरिएको छ । तालिमहरु सकलदर्जाको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्नका लागि हुन् । अब क्तबाा ऋयििभनभ वा ल्म्ऋ गर्दैमा पदोन्नति हुनैपर्दछ भन्ने सोच वा भ्रम नपाल्न म सवै अधिकृत वर्गलाई विशेष रुपमा अनुरोध गर्दछु । त्यसैगरि स्वदेश तथा विदेशको विभिन्न नियुक्तिहरुमा मुख्य ध्चयप(ँयचअभ का रुपमा रहेका सेनानी दर्जाका सबैजसो अधिकृतहरुलाई ग्ऋक्ऋ तालिम प्राप्त गर्ने व्यवस्था गरी योग्यता र क्षमता अभिवृद्धि गर्नुपर्ने नीति संगठनले लिनुपर्दछ । कमसेकम ऋयmउबलथ ऋयmmबलमभच बलम क्तबाा ऋयगचकभ ( ऋऋक्ऋ तालिम गरेपछि सेवा अवधिको २८ वर्षसम्म त्यही तालिमको भरमा सेवा गर्ने अवस्थाको अन्त्य हुने गरी वृत्तिविकास योजना बनाउनुपर्ने जरुरी मैले देखेको छु । यस सन्दर्भमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय र नीति तथा योजना निर्देशनालयले आवश्यक पहल सुरु गर्नु हुन निर्देशन दिन चाहन्छु ।
कार्यान्वयनको वर्षमा सकलदर्जाको कार्यसम्पादन अभिवृद्धि गर्नका लागि विशेष कार्यक्रमको परिकल्पना गरिएको छ । गएको वर्ष सैनिक सचिव विभाग र सैनिक संगठन निर्देशनालयबाट विगतमा नपाएकाहरुलाई सकभर विभिन्न सेमिनार, तालिम, अभ्यास आदिमा स्वदेश तथा विदेशमा अवसर उपलब्ध गराइएको थियो । कार्यान्वयनको अबको वर्षमा जनशक्तिको उपयुक्त व्यवस्थापन गर्न तथा सकलदर्जालाई संगठनको लक्ष्य हासिल गर्ने कार्यमा पूर्ण रुपमा अभिप्रेरित गर्नका लागि देखिने गरी उपलब्धि वा नतिजा हासिल गर्ने अधिकृत, पदिक तथा अन्यदर्जालाई कार्यसम्पादनका आधारमा देशभित्र र विदेशमा उपलब्ध हुने अवसरहरु दिने नीति कायम गरिनेछ । यसका लागि सम्बन्धित कार्यालय प्रमुख तथा कमाण्डरहरुले उत्कृष्ट कार्य गर्ने सकलदर्जाको नाम सिफारिस गरी पठाउने तथा सैनिक सचिव विभाग र सैनिक संगठन निर्देशनालयले दुई–दुई महिनामा एचयअभककष्लन गरी अवसर तालिका ९इउउयचतगलष्तथ च्यकतभच० तयार गरी कार्यान्वयन गर्नु हुन निर्देशित गर्दछु ।

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
संगठनलाई पद्धति र प्रणालीमार्फत् सञ्चालन गर्ने क्थकतझ बसाल्नका लागि ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरु सही बनाई त्यसको पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको हो । यस अवधिमा १०० भन्दा बढी थप नयाँ नियम, कार्यविधि, निर्देशिका आदि तयार गरिएका छन् । कतिपय कार्यविधि तथा निर्देशिकाहरु तयार हुने र परिमार्जित हुने क्रममा रहेका छन् । यसैगरि, सैनिक ऐन पनि संशोधन हुने क्रममा रहेको छ । तर, सैनिक ऐन तथा नीति नियमहरुमा स्वार्थहरु मिसाएर सेनाजस्तो संगठनलाई कमजोर बनाउन खोज्ने र व्यक्तिगत स्वार्थसिद्धिका लागि गलत बाटोमा लाग्न खोज्ने सबैलाई यस किसिमको हर्कतबाट टाढै रहनु हुन म चेतावनी दिन चाहन्छु ।
यसैगरि, नियमावली संशोधनबाट विशेष गरि पदिक तथा अन्यदर्जाको साधारणतर्फको पदोन्नति र वृत्तिविकासमा सुधार भएकोे सर्वेक्षणको नतिजाले पुष्टि गरेको छ । विविध तथा प्राविधिक सेवातर्फ देखिएका समस्यालाई पनि सुधार गर्दै लैजाने प्रक्रिया थालनी गरिसकिएको छ । केही व्यक्ति र समूहलाई केन्द्रित गरी नियमावली वा कार्यविधि तयार गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने धेरै ठाउँ देखिएको छ । यसैगरि, नियमावली र कार्यविधि बनाउँदा अझै पनि व्यक्तिगत आकाङ्क्षाहरु हावी भएका केही दृष्टान्तहरु भेटिएका छन् । मैले यसलाई गम्भीर रुपमा लिएको छु । अहिले नियमावली तथा कार्यविधिहरुमा परिमार्जन गरिनुपर्ने विषयहरुका बारेमा नेपाली सेनाका सबै निकायहरुबाट रायसुझाव सङ्कलन गरिसकिएको छ । यसलाई प्राथमिकतामा राखी पूनः खुला र बृहत् छलफल गरी आगामी कार्तिक मसान्तभित्र परिमार्जन प्रस्ताव पेश गर्नुहुन नीति तथा योजना निर्देशकलाई म निर्देशित गर्दछु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
यसैगरि, नेपाली सेनाका शिक्षण संस्थाहरुमा योग्य र सक्षम शिक्षकहरुको आवश्यकता पूरा गर्न कमाण्ड मार्गनिर्देशनमा असल शिक्षक कार्यक्रम समावेश गरी क्ष्लकतचगअतयच एयय ितयार गर्ने, क्ष्लकतचगअतयच हरुका लागि प्रोत्साहनको व्यवस्था गर्ने आदि कार्यहरु उल्लेख भएकोमा व्यावहारिक रुपमा गएको वर्ष खासै कार्यप्रगति भएको देखिएन । गुणस्तरीय शिक्षकहरु नहुञ्जेल शिक्षण संस्थाहरुमा सञ्चालन हुने तालिमबाट अपेक्षाकृत नतिजा हासिल गर्न सकिँदैन भन्ने कुरामा दुईमत हुनै सक्दैन । त्यसैले रणनीति तथा दीर्घकालीन योजना निर्देशनालयलाई मङ्सिर मसान्तभित्र ऋयmउचभजभलकष्खभ क्ष्लकतचगअतयच म्भखभयिऊभलत एचयनचबm तयार गरी पेश गर्नुहुन निर्देशित गर्दछु, जसले नेपाली सेनाको क्ष्लकतचगअतयच को कमी वा गुणस्तरसम्बन्धी नियमित समस्या दीर्घकालीन रुपमा समाधान गरोस् । शिक्षक कार्यलाई एउटा आकर्षक र मर्यादित ९ब्ततचबअतष्खभ ७ म्ष्नलषष्भम० क्षेत्रका रुपमा विकास गर्ने सोच समेत सो अवधारणा र कार्ययोजनामा समावेश गर्नुहोस् । यसका लागि नेपाली सेनाका सबै शिक्षण संस्था र सबै तहका तालिमहरुका विविध पक्षको अध्ययन तथा अनुसन्धान र आवश्यकताअनुसार मित्रराष्ट्रका सेनाहरुको शिक्षक उत्पादन रणनीति समेत अध्ययन गरी नेपाली सेनामा आवश्यक शिक्षक उत्पादनका लागि सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकसँग निकटको समन्वयमा तत्काल कार्यारम्भ गर्नुहुन पनि म निर्देशित गर्दछु ।
हालै सञ्चालित सर्वेक्षणबाट जङ्गी अड्डाबाट प्रेषित नीति निर्देशन र कार्यक्रमहरुका बारेमा युनिट तहसम्मका सकलदर्जालाई अझै केही विषयहरुबारे पूर्णरुपमा जानकारी नभएको पाइएको छ । यस सम्बन्धमा विशेष निर्देशन हुँदाहुँदै पनि केही प्रमुख तथा कमाण्डरहरुको यसतर्फ कम ध्यान गएको देखिएको छ । जङ्गी अड्डाबाट गएको नीति निर्देशन र कार्यक्रमहरुको लक्ष्य तथा उद्देश्य सकलदर्जाले स्पष्टरुपमा नबुझे र नजानेसम्म त्यसको कार्यान्वयनमा विश्वस्त हुन सकिँदैन । तसर्थ सबै तहका प्रमुख तथा कमाण्डरहरुलाई यसतर्फ विशेष ध्यान दिनु हुन र आ–आफ्ना मातहतमा जानकारी भएको एकीन समेत गर्नुहुन पुनः निर्देशन दिन चाहन्छु । साथै यसै विषयलाई जोड दिनका लागि गत वर्ष पृतना र वाहिनीहरुमा सञ्चालन गरिएको सकलदर्जालाई शिक्षित बनाउने कार्यक्रम र प्लयध थ्यगच ब्चmथ कार्यक्रमलाई यस वर्ष गण÷गुल्म र सो सरहको तहमा सञ्चालन गर्ने योजना रहेको पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।
मैले प्राप्त गरेको अर्को पृष्ठपोषण के हो भने आधार वर्षको लक्ष्य प्राप्तिमा प्राविधिक र विविध सेवातर्फ खासै उत्साहजनक देखिएन । यद्यपि सुरुका दिनहरु नकारात्मक देखिएतापनि वीरेन्द्र अस्पताल लगायत केही अङ्गहरुमा सुधारका सङ्केतहरु देखिन थालेका छन् । तर यसलाई थप ऊर्जाको आवश्यकता छ । कार्यान्वयनको वर्षका लागि ती सेवाहरु अझै तयार भएका जस्तो देखिँदैनन् । विशेषगरी प्राविधिक र विविध सेवातर्फ गत वर्ष सैनिक चरित्र निर्माणमा नेतृत्व वर्गको सोचमा अझैपनि अपेक्षित सुधार आउन सकेन । ती सेवाहरुमा भावी नेतृत्व वर्ग निर्माण गर्ने काम पनि सही तवरले हुन सकिरहेको छैन । वर्तमान प्रमुखहरुले यो जिम्मेवारी बुझ्नुपर्ने जरुरी मैले देखेको छु । त्यसैले प्राविधिक तथा विविध सेवातर्फका सकलदर्जालाई थप प्रभावकारी बनाउँदै लैजानका लागि विशेष अभियानका रुपमा तीन महिने सबैभन्दा पहिला हामी सिपाही कार्यक्रम ९ध्भ बचभ क्यमिष्भचक ँष्चकत एचयनचबm० आगामी कार्तिक १ गतेबाट सञ्चालन हुनेछ । तपाईहरुसँग म आफैं नेतृत्व संवाद गरी यो कार्यक्रम शुभारम्भ गर्नेछु । तपाईहरुका लागि अवको वर्ष आधार वर्षको निरन्तरता र कार्यान्वयनको वर्ष हुने हुँदा तपाईहरुबाट थप मेहनत र ऊर्जाको अपेक्षा सम्पूर्ण नेपाली सेनाले गरेको छ ।
नेपाली सेनामा पहिलोपल्ट थालनी गरिएका प्रधान सेनापति त्रैमासिक रोलकल अर्थात् सभाहल, नेतृत्व संवाद, आचारसंहिता सप्ताह जस्ता कार्यक्रमहरु सैनिक मूल्यमान्यतालाई प्रवद्र्धन गर्दै संगठनमा खुला छलफलको वातावरण सिर्जना गरी सैनिक चरित्र विकास गर्ने लक्ष्यका साथ सुरुवात गरिएको हो । सर्वेक्षणले यसको आवश्यकता र प्रभावकारिताका सम्बन्धमा सकारात्मक प्रभाव परेको देखिएको छ । त्यसैले कार्यान्वयनको अबको वर्षमा पनि यी कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । त्रैमासिक रोलकललाई प्रधान सेनापतिको तहमा अब हरेक ६÷६ महिनामा सञ्चालन गरिनेछ भने बीचको ३÷३ महिनामा विभागीय प्रमुखहरुबाट सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था गर्न कार्यरथीलाई निर्देशित गर्दछु । यसैगरि, यस वर्षको नेतृत्व संवाद कार्यक्रम कार्तिक २७ गतेबाट सुरुवात गरिने पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाको अपरेशनल प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको ३ जोड १ अपरेसनल कमाण्ड अवधारणा पनि यसै वर्षबाट कार्यान्वयनमा लैजान यसै वर्ष ऋयलअभउतगब िँचबmभधयचप मा अभ्यास सञ्चालन गरिनेछ । मध्यपूर्वी पृतना र पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र (पूर्वी कमाण्ड) मा यो अभ्यास सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु । युद्धकार्य महानिर्देशक, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक तथा मध्यपूर्वी एवं पूर्वी पृतनापतिले आपसमा समन्वय र समयबद्ध कार्ययोजना तयार गरी यसै आर्थिक वर्षभित्र कमाण्ड तहको अभ्यास सञ्चालन गर्नुहुन निर्देशित गर्दछु । यस अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजानका लागि यो अभ्यास महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।
यसैगरि, अनुसन्धान र विस्तार निर्देशनालयको लिडमा तयार भएका नेपाली सेनाका सम्पूर्ण निकायहरुको क्इए हरुको दुरुस्तता एकीन गर्नका लागि यसै वर्ष दुई चरणमा ऋयmmगलष्अबतष्यल भ्हभचअष्कभ सञ्चालन गरिनेछ । युद्धकार्य निर्देशनालय र १५ वाहिनी अड्डालाई समन्वय गरी पहिलो चरणमा पृतना–पृतनामा र दोस्रो चरणमा आर्मी तहमा ऋयmmगलष्अबतष्यल भ्हभचअष्कभ सञ्चालन गर्ने व्यवस्था गर्नु हुन निर्देशित गर्दछु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य पनि उपत्यका बाहिर ीयनष्कतष्अक म्भउयत स्थापनासँगै हामी कार्यान्वयनको चरणमा पुगेका छौं । बाँके जिल्लाको कोहलपुरमा पश्चिम क्षेत्रीय बन्दोबस्ती डिपो स्थापना गर्न आवश्यक बजेट विनियोजन भई कार्यारम्भ भइसकेको छ, यसलाई सेना दिवस २०७६ बाट सञ्चालनमा ल्याइनेछ । धेरै वर्षको ढिलाई र पर्खाइबीच भाद्र १७ गतेबाट ध्भकतभचल ब्ष्चदबकभ पनि सुर्खेतमा स्थापना गरिएको छ, यसलाई यसै आर्थिक वर्षभित्र पूर्ण क्षमतामा सञ्चालन गरिनेछ । यस सम्बन्धमा नीतिगत व्यवस्था भई कार्यान्वयनमा गईसकेकोले हाम्रो विकेन्द्रिकृत बन्दोबस्ती प्रणालीबाट फर्मेसन र युनिटहरु भविष्यमा लाभान्वित हुने मैले विश्वास लिएको छु । यसै परिप्रेक्ष्यमा ीयनष्कतष्अक द्यबकभ सञ्चालनसम्बन्धी अवधारणालाई प्रभावकारी कार्यान्वयनमा लैजानका लागि आपूर्ति तथा परिवहन निर्देशनालयले यसै वर्ष सञ्चालन हुने कमाण्ड तहको अभ्यासलाई सपोर्ट गर्ने गरी सम्बन्धितहरुसँग समन्वय गरी कमाण्ड तहमा ीयनष्कतष्अक भ्हभचअष्कभ सञ्चालनका लागि कार्यारम्भ गरिहाल्नु हुन निर्देशित गर्दछु ।
नेपाली सेनाको व्यारेक स्तरोन्नति र स्तरीकरण गर्ने लक्ष्यबमोजिम भौगोलिक अवस्थाबमोजिम उपयोगी हुने हिमाली, पहाडी र तराई क्षेत्रका लागि एचयतय(तथउभ संरचनाहरुको नमूना तयार गरि ब्चmथ ध्भदकष्तभ मा समेत राखिएको छ भने यस वर्षको बजेटमा कमाण्ड मार्गनिर्देशनले निर्दिष्ट गरेबमोजिम चालू आर्थिक वर्षमा जवानमुखी भौतिक संरचनाहरु निर्माणका लागि बजेट विनियोजन गरी कार्यारम्भ समेत गरिसकिएको छ । व्यारेक स्तरीकरणका लागि अझै भविष्यमुखी हुने गरी यसै वर्षको फागुन महिनाभित्र नेपाली सेनाको सम्पूर्ण व्यारेक हाताहरुको गुरुयोजना तयार गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइएको छ । यस सन्दर्भमा आगामी असोज महिनाभित्र बजेटको सुनिश्चितता हुने गरी पूर्व निर्देशनबमोजिम बजेट निर्देशनालय, नीति तथा योजना निर्देशनालय तथा प्रबन्धरथीको कार्यालयले लक्ष्य हासिल हुने गरी कार्यसम्पादन गर्नु हुन निर्देशित गर्दछु । नेपाली सेनालाई भौतिक संरचना निर्माणका लागि प्राप्त हुने सिमित बजेटलाई दीर्घकालीन योजनाका आधारमा खर्च गर्ने व्यवस्था गर्न नसकुञ्जेल हामी द्यगलपभच तय द्यबचचबअप कार्यक्रमबाट माथि उठ्न सक्ने देखिँदैन । त्यसैले संगठनको आवश्यकता र प्राथमिकताहरुका आधारमा हामीले उपलब्ध स्रोत साधनबाट अधिकतम् उपलब्धि हासिल गर्ने गरी उपयोग गरिनेछ ।
यसैगरि, व्यारेक घरहरुको स्तरोन्नतिको दीर्घकालीन सोचका रुपमा ऋबलतयलmभलत क्थकतझ वा एकीकृत व्यारेक प्रणाली यसै वर्ष बर्दिवास सैनिक शिविरबाट सुरु गरिएको पनि तपाईहरुलाई अवगतै छ । आगामी आर्थिक वर्षमा तेघरी व्यारेक, धनगढीलाई ऋबलतयलmभलत विकास कार्यक्रमअन्तर्गत प्राथमिकतामा राखी व्यवस्था गर्नुहुन समेत प्रबन्धरथीलाई निर्देशित गर्दछु । साथसाथै अन्य व्यारेकहरुको गुरुयोजना समेत ऋबलतयलmभलत क्थकतझ को अवधारणा बमोजिम ःबकतभच एबिल तयार गर्ने व्यवस्था हुन प्रबन्धरथी, स्थपति निर्देशक लगायत सम्बन्धित सबैलाई निर्देशित गर्न चाहन्छु ।
यसै अवसरमा मर्मत सम्भार र निर्माणका लागि प्राप्त भएको बजेटको पूर्ण सदुपयोग गर्ने व्यवस्था गर्नुहुन समेत सबैलाई विशेष निर्देशन दिन चाहन्छु । बजेटको कमी छ, तापनि सम्भव भएसम्म आवश्यक बजेट उपलब्ध गराइएको छ र नपुग हुने भए थप गरिँदै लगिनेछ । यसको पूर्ण सदुपयोग गर्ने व्यवस्था हुन म सबै लेखा उत्तरदायी, पति तथा स्टाफहरुलाई पूनः निर्देशन दिँदै सम्भावित चुहावटलाई सम्बन्धितको ऋबचभभच सँग जोडेर हेरिने पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु । अनुगमन र निरीक्षण गरेर कमाण्डरलाई डर पैदा गरियो भन्ने मैले गएको वर्ष सुनेको छु । तर ऋबचभभच सँग जोडियो भनेर आतङ्कित हुनुपर्ने जरुरी म देख्दिन । क्थकतझ अनुसार गर्नुपर्दा किन आतङ्कित हुनुपर्ने हो ? मैले बुझ्न सकेको छैन । नियमविपरीत गलत काम गर्नेले र प्राप्त बजेटको पूर्ण सदुपयोग नगर्नेले मात्रै डराउनुपर्ने होइन र ?
युनिटमा वासस्थान लगायतको जीवनस्तर ९त्तगबष्तिथ या ग्लष्त ीषभ० अभिवृद्धि गर्ने सन्दर्भमा गएको वर्ष राशनपानीको सुधारमा केही निर्देशनहरु दिइएको थियो, जसअनुसार राशनको अवस्थामा उल्लेखनीय सुधार भएको तर अझै सुधारको आवश्यकता र सम्भावना रहेको भनेर सर्वेक्षणको प्रतिवेदनबाट स्पष्ट भएको छ । आगामी राशन ठेक्का–पट्टाबाट नेपाली सेनाको राशनको गुणस्तरमा थप अभिवृद्धि गर्नका लागि विशेष गृहकार्य गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिएकोले राशन व्यवस्थामा समेत थप सुधार हुने अपेक्षा राख्न सकिन्छ । तर स्थानीयस्तरमा गुणस्तरको राशन प्राप्त गरी त्यसबाट गुणस्तरीय खानपिनको व्यवस्थापन सबै कमाण्डरहरु र सकलदर्जाको हो । सकलदर्जाको राशनमा दायाँ बायाँ गर्ने छुट सम्बन्धित ठेकेदार र हामी जो कोहीलाई हुनुँुंदैन, हुनेछैन । ठेकेदारले कम दररेटमा राशन ठेक्का प्राप्त ग¥यो भन्दैमा स्तरहिन राशन सप्लाई गर्ने छुट छैन र हुनुहुँदैन । तसर्थ, त्यस प्रकारका ठेकेदारहरुसँग मिलेमतो छैन भने डराउनु पर्ने कारण पनि म देख्दिन । देशको सिपाहीको राशनमा तलमाथि गर्ने राशन ठेकेदारहरुलाई कारबाहीको दायरामा ल्याई उपयुक्त राशन व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित कमाण्डरको नै हो । यो कमाण्डरहरुको फौजप्रति कमाण्ड दायित्व नै होइन र ?

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
हामीले युनिट तहमा गर्दै आएको त्तगष्अप क्ष्mउबअत एचयवभअत हरु नागरिक–सेना सहयोग विस्तारमा प्रभावकारी हुँदै आएको छ । यस वर्षको त्तगष्अप क्ष्mउबअत एचयवभअत लाई राष्ट्रियरुपमा नै नमूना र प्रभावकारी हुने गरी नं. २८ वाहिनी अड्डाको जिम्मेवारी क्षेत्रमा स्थानीय तथा प्रदेश सरकार समेतको अपनत्व हुने गरी सहभागी गराउने गरी ग्लषष्अबतष्यल ःझयचष्ब िएबचप निर्माण गर्ने योजना समेत तपाईहरुलाई जानकारी गराउन चाहन्छु । यसै अवसरमा नं. २८ वाहिनीपतिलाई आवश्यक पहलकदमी लिई तत्काल कार्यारम्भ गर्नुहुन समेत निर्देशित गर्न चाहन्छु ।
यसैगरि, नेपाली सेनाको लिडमा सञ्चालन हुन लागेको नेपाल सरकारको अर्को वृहत् कार्यक्रम एकीकरण पदमार्ग ९ग्लषष्अबतष्यल त्चबष्०ि निर्माणसम्बन्धी कार्यलाई पनि प्रभावकारी बनाउनका लागि सिन्धुलीगढीमा एकीकरण सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य लिइएको छ । नं. ९ वाहिनीपतिलाई पनि स्थानीयस्तरमा समन्वय गरी तत्काल कार्यारम्भ गर्नुहुन निर्देशित गर्दछु । इतिहास जगाउने, भविष्य देखाउने लक्ष्यका साथ सुरु गर्न लागिएको यो पदमार्ग निर्माण कार्यले राष्ट्रिय एकता मजबुत हुँदै जाने विश्वास मैले लिएको छु । साथै सोका लागि विनियोजित बजेट सम्बन्धितलाई तत्काल उपलब्ध गराउनेतर्फ आवश्यक व्यवस्था हुन व्यवस्था, नीति तथा योजना महानिर्देशक र बजेट निर्देशकलाई निर्देशित गर्दछु । यसरी नागरिक सेना सहयोगका क्षेत्रलाई विस्तार गर्नका लागि ग्लषष्अबतष्यल त्चबष्,ि नेपाल भ्रमण वर्ष २०२०, वृहत् मेडिकल क्याम्पहरु, सफा हिमाल, सफा ताल र सफा नदी कार्यक्रमहरुका साथै चुरे संरक्षण लगायतका अन्य नागरिक–सेना सहयोगका कार्यहरुमा यस वर्ष पनि तपाईहरु सबैजना लाग्नु हुनेछ भन्ने मेरो विश्वास छ ।
युवाहरुको क्षमता विकासमा खेल्दै आएको भूमिकामा थप प्रभावकारिता बढाउन राष्ट्रिय सेवा दलको दायरा उदाहरणीय रुपमा विस्तार हुँदै गएको छ । विद्यालयहरुबाट यो कार्यक्रमको बढ्दो माग यसको ज्वलन्त उदाहरण हो । यसका लागि राष्ट्रिय सेवा दलका कार्यकारी निर्देशक तथा यस कार्यक्रम सञ्चालनमा सहभागी हुने सबैलाई धन्यवाद दिन चाहन्छु । साथै यसै वर्षबाट ल्ऋऋ ब्गिmलष् तयार गर्न सबै तहमा तपाईहरुले खेल्नुभएको भूमिकाको समेत म प्रशंसा गर्न चाहन्छु । ल्ऋऋ को दरबन्दी समयमा नै बढ्न नसक्दा राष्ट्रिय सेवा दल र नेपाली सेना दुवैतर्फ अप्ठ्यारो हुन गएको छ । यसबारे थप पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
यसै अवधिमा मैले मित्रराष्ट्र चीन, भारत र ग्ल् ज्भबमत्रगबचतभचक, अमेरिकाको भ्रमण गरेँ भने बलाधिकृत तथा बलाध्यक्ष जर्साबहरु तथा अन्य रथीवृन्दहरुबाट पनि विभिन्न मित्रराष्ट्रहरुको भ्रमण सम्पन्न भएको छ । मित्रराष्ट्र अमेरिका, बेलायत, भारत, बंगलादेश लगायतका सेनाहरुबाट उच्च तहमा भएका भ्रमणले द्विपक्षीय सम्बन्ध सुधारमा उल्लेखनीय भूमिका खेलेको छ । यसैगरि, मित्रराष्ट्रका सेनाहरुसँग विभिन्न सैनिक अभ्यासहरु पनि सञ्चालन भएका थिए । यसप्रकार रक्षा कूटनीतिमार्फत् नेपालको परराष्ट्र नीतिको प्रवद्र्धनमा योगदान पुगेको मैले विश्वास लिएको छु । आगामी दिनहरुमा समेत यसप्रकारको भ्रमण तथा अभ्यासहरुले निरन्तरता पाउने छन् ।
अब म हाम्रो बजेट व्यवस्थापनका बारेमा केही कुराहरु राख्न गइरहेको छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
विभिन्न निकायलाई प्राप्त हुने बजेट खर्चलाई प्रभावकारी बनाउने लक्ष्य सहित ‘बजेट सञ्चालनसम्बन्धी आन्तरिक निर्देशिका–२०७५’ र ‘बजेट सञ्चालनसम्बन्धी आचारसंहिता–२०७५’ कार्यान्वयनमा ल्याइएको छ । तद्अनुरुप गएको वर्ष केही निकाय र युनिटहरुले बजेट खर्चबाट हासिल गरेका उपलब्धिहरुले बजेट सीमित नै भएपनि कतिसम्म उपलब्धि हासिल गर्न सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । तर पनि केहीमा अझै धेरै सुधार गर्नुपर्ने पाइएको छ । बजेट योजनादेखि खर्च, त्यसको सञ्चालन र कार्यान्वयन पक्षलाई व्यवहारिक बनाउन अझै धेरै मेहनत गर्नुपर्ने क्ष्७ःत्, ःब्च्त्, इउभचबतष्यलब िच्भबमष्लभकक क्ष्लकउभअतष्यल ९इच्क्ष्०, क्गचखभथ तथा अन्य निरीक्षणहरुको प्रतिवेदनले देखाएका छन् ।
यसलाई अझै प्रभावकारी बनाउनका लागि नेपाली सेनाको बजेट योजनालाई वैज्ञानिक र बजेट खर्चलाई पारदर्शी, व्यवहारिक र आवश्यकतामा आधारित बनाउने गुरुयोजना बमोजिम यसै वर्षबाट नेपाली सेनाको वार्षिक बजेट योजना गोष्ठी—२०७६ सञ्चालन गर्ने योजना गरिएको छ । विगतको समीक्षासहित आगामी आर्थिक वर्षको लागि उपयुक्त बजेट योजना गर्ने गरी अहिलेबाटै लाग्नु हुन व्यवस्था, नीति तथा योजना महानिर्देशकलाई निर्देशित गर्दछु ।
बजेट खर्चको पारदर्शिताको दृष्टिकोणबाट काठमाडौं–तराई÷मधेश दु्रतमार्ग, प्रतिरक्षा सामग्री, सैनिक सामग्री उत्पादन ९म्भाभलअभ एचयमगअतष्यल० को क्षेत्र लगायतका कार्यमा अहिले भइरहेको अध्ययनले समेत विशेष निगरानी र सुधार गर्नुपर्ने देखाएको छ । यस सम्बन्धमा केही समयमा नै तपाईहरुले नतिजा देख्नुहुनेछ । हाम्रा विगतका केही खरिद प्रक्रियामा सम्भावित आर्थिक अनियमितता भएको हुनसक्ने सन्दर्भमा पनि अहिले उपलब्ध भएसम्मको विवरण र डाटाका आधारमा अध्ययन भइरहेको छ । यसबाट प्रमाणित भयो भने भ्रष्टाचारविरोधी वा भ्रष्टाचारलाई उल्टाउने ९च्भखभचकष्लन ऋयचचगउतष्यल० कार्यले नेपाली सेनाप्रतिको आम विश्वास र पारदर्शिता बढ्ने अपेक्षा मैले लिएको छु । यो जरुरी पनि भइसकेको छ । यसबाट कोही कसैमाथि कारबाही हुने भयो भने अचम्म नमान्नु होला । विशेषगरी खरिद प्रक्रियालाई पारदर्शी बनाउने हाम्रो प्रयासले यस वर्ष पनि निरन्तरता पाउनेछ । विगतमा खरिद गरिएका सामग्रीहरुमा त्यो भन्दा उत्कृष्ट र समान गुणस्तरका सैनिक वा अन्य सामग्री कसरी खरिद गर्न सकिन्छ भन्ने प्रयासमा पनि हामी लागेका छौं । यस सम्बन्धमा विस्तृत अध्ययनको कार्य भइरहेको पनि तपाईंहरु सबैलाई जानकारी गराउन चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाका लागि आवश्यक पर्ने सैनिक तथा विविध सामग्री खरीद कार्यको ठेक्का प्रक्रियामा विगतदेखि नै गुनासो रहँदै आएको छ । सकलदर्जाले दैनिक प्रयोग गर्ने बुटदेखि नेपाली सेनाले दीर्घकालसम्म प्रयोग गर्ने मेसिनरी औजार वा भौतिक संरचना निर्माण आदिमा व्यक्तिगत स्वार्थहरु हावी हुँदै आएकोे हो कि भन्ने सम्बन्धमा हामी सबै जानकार नै छौं । विभिन्न हस्तक्षेपकारी नीति लागू गरिएकोले गएको वर्ष यस सम्बन्धमा धेरै सुधार भएको मैले अनुभव गरेको छु । गत वर्षकोे खरीद प्रक्रियाको नतिजा तपाईहरुले विस्तारै अनुभव गर्न पाउनुहुनेछ । चाहे युनिट भिजिटमा जाँदा होस् वा सर्वेक्षणको परिणाममा सकलदर्जाबाट बुट एक महिना पनि टिक्दैन भनेर सुन्नुपर्ने अवस्था सिर्जना हुनु हाम्रा लागि लज्जाको विषय भएको छ । सम्बन्धित विभागीय प्रमुखहरुको वा यस कार्यमा संलग्न व्यक्तिहरुको अनैतिक आर्थिक स्वार्थका कारण यो अवस्था आएको होला । तर जेसुकै होस् विगतको वर्षबाट थालनी गरिएको गुणस्तरीय सामग्री खरीद प्रक्रियामा सुधार देखिन थालेको छ, लागत देखिने गरी घटेको छ, खरीद गरिएका सामग्रीको गुणस्तरमा सुधार आएको छ भने खरीद प्रक्रियामा उल्लेखनीय समय बचत पनि भएको छ । यो नेपाली सेनाको खरीद प्रक्रियामा आएको पारदर्शिताको नतिजा हो । तसर्थ सम्पूर्ण ठेक्कापट्टाको अझै प्रभावकारी व्यवस्थापन गर्नेगरी नेपाली सेनामा ऋयलतचबअत ःबलबनझभलत ग्लष्त स्थापना गर्न आवश्यक व्यवस्था गर्नुहुन व्यवस्था, नीति तथा योजना महानिर्देशकलाई निर्देशित गर्दछु । यसको आवश्यकता विगतदेखि नै अनुभव हुँदै आएको हो । गएको वर्ष जङ्गी अड््डाका सबै कार्यालयहरुमा ःयलष्तयचष्लन, ब्ककभककmभलत ७ च्भउयचतष्लन त्भबm ९ःब्च्त्० ले गरेको निरीक्षणको प्रतिवेदनले पनि सोही आवश्यकता औंल्याएको म तपाईहरु सबैलाई जानकारी गराउन चाहन्छु ।
यसैगरि, ठेक्का प्रक्रिया र सैनिक सामग्रीहरुको गुणस्तरको सवालमा रहेका धेरै समस्याहरुको जड ती सामग्रीहरुको क्उभअषष्अबतष्यल तयार गर्ने कार्यदेखि नै सुरु हुने हामीले अनुभव गर्दै आएका छौं । यदि यो समस्याको जड हो भने यसको पनि समाधान हामीले नै खोज्नुपर्दछ, जडमा नै ओखती गर्नुपर्दछ । त्यसैले आफ्नो अनुभवको प्रयोग गर्दै आगामी असोेज मसान्तभित्र खरीद प्रक्रियामा आवद्ध ग्कभचक ग्लष्त, व्यवस्था, नीति तथा योजना महानिर्देशनालय, सम्भाररथी तथा प्रबन्धरथीको कार्यालय लगायतलाई सम्बन्धितसँग समन्वय गरी नेपाली सेनामा आवश्यक क्उभअषष्अबतष्यल एचभउबचबतष्यल त्भबm सम्बन्धी अवधारणा र कार्ययोजना तयार गरी पेश गर्नुहुन निर्देशित गर्दछु ।
साथै बजेट योजना सम्बन्धमा विज्ञको प्रयोगको आवश्यकता हुने मैले पहिलेदेखि नै अनुभव गरेको हुँ । गएको वर्ष गरिएको विज्ञताको प्रयोग सीमित रुपमा नै भएपनि उपयोगी भएको मैले विश्वास लिएको छु, तर यो परिमाणमा बजेट योजना र त्यसको सञ्चालन गर्ने क्षमता हामीसँग नभएको वास्तविकता अहिलेसम्म पनि स्वीकार्न नसकिएको मैले अनुभव गरेको छु । विषय विज्ञको सहयोगले संगठनको क्षमता र उपलब्धि वृद्धि गर्न सकिने कुरामा दुईमत हुन सक्दैन । तसर्थ अनुसन्धान तथा विस्तार निर्देशनालयले नेपाली सेनामा विज्ञ आवश्यक पर्ने क्षेत्र र विज्ञहरुको प्रयोग सम्बन्धमा विस्तृत अध्ययन गरी विज्ञ व्यवस्थापनसम्बन्धी निर्देशिका तयार गरी आगामी कार्तिक मसान्तभित्र पेश गर्नुहुन निर्देशित गर्दछु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्य दर्जा,
उपलब्ध बजेटको अधिकतम् प्रयोग गर्नका लागि हामीले च्भत्रगष्चझभलत दबकभम द्यगमनभतष्लन र च्भकगति मा केन्द्रित हुनै पर्दछ । केही शीर्षकहरुमा अव्यवहारिक रुपमा खर्च भइरहेका बजेटको सञ्चालनलाई व्यवस्थित बनाउनका लागि केही कदमहरु चालिएका छन् । जस्तैः मर्मत सम्भारका लागि उपलब्ध गराइएको बजेटको सदुपयोग, ँगभ िब्गमष्त क्थकतझ को व्यवस्था आदि । ँगभ िब्गमष्त क्थकतझ को व्यवस्थाबाट वाधा परेको छ भन्ने तपाईहरुको गुनासो मैले सुनेको छु, तर बजेट प्राप्त भइसकेको छ, त्यसलाई आवश्यकता बमोजिम मात्र प्रयोग गर्नुहोस् । नपुग भए तपाईहरुलाई थप निकासा गर्न पनि कुनै समस्या छैन । तर, तपाईहरुलाई के बाधा परेको हो मैले बुझ्न सकिरहेको छैन । अनियन्त्रित र अनियमित खर्चलाई व्यवस्थित गर्न ँगभ िब्गमष्त क्थकतझ लागू गरिएको हो । केही समय यसमा अप्ठ्यारो अनुभव हुने कुरा स्वभाविक हो, किनकि हाम्रो बानीका कारणले यस्तो भएकोे म अनुमान गर्न सक्दछु । व्यवहारिक समस्याका व्यवहारिक समाधान खोज्दै हामीले बजेट खर्चको सबै पक्षलाई पारदर्शी बनाउनै पर्दछ । विशेषगरी अहिलेको प्रयास नेपाली सेनामा चालुतर्फका केही शीर्षकमा देखिएका अपारदर्शी बजेट विनियोजन र खर्चलाई घटाई पुँजीगत बजेट बढाउने सरकारी नीतिलाई सहयोग पु¥याउने लक्ष्य समेत लिइएको छ । तसर्थ पहिलो चौमासिकको अन्त्यसँगै यसको विस्तृत विवरण तयार गरी प्रस्तुत गर्नुहुन बजेट निर्देशकलाई निर्देशित गर्दछु । प्राप्त भएको बजेटको अधिकतम् उपलब्धि मेरो लक्ष्य हो, यो तपाईहरुको उत्तरदायित्व हो ।

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
अब, आज विमोचन गरिएको नेतृत्व वर्गका लागि पाठ्यसामग्री सङ्ग्रह २०७६ का बारेमा केही कुरा राख्न चाहन्छु । अधिकृत वर्गमा च्भबमष्लन ज्बदष्त को विकास गर्ने उद्देश्यले ीभबमभचुक च्भबमष्लन ऋयििभअतष्यल द्दण्ठट प्रकाशन गरिएको हो । यसमा पेशा सुहाउँदो र अधिकृत वर्गले जान्नै पर्ने र मनन् गर्नुपर्ने लेखरचनाहरु समावेश गरिएका छन् । सम्पूर्ण अधिकृत वर्गलाई यसको पूर्ण सदुपयोग गर्नुहुन प्रोत्साहित गर्न चाहन्छु । यसै पृष्ठभूमिमा अधिकृतहरुलाई सैनिक सेवा र सैनिक जीवनका अन्य विषयमा लेखरचनाहरु लेख्न प्रोत्साहित गर्न यसै वर्षबाट अधिकृत वर्गबाटै लेखरचना सङ्कलन गरी वार्षिकरुपमा ीभबमभचुक च्भबमष्लन ऋयििभअतष्यल तयार गर्ने लक्ष्य राखिएको छ । सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशकलाई यस सम्बन्धमा तत्काल आवश्यक पहल गर्नुहुन निर्देशित गर्दछु । यसका लागि मेरो कार्यालयबाट आधार पत्र छिट्टै प्राप्त गर्नुहुनेछ । यसैगरि, सकलदर्जालाई अध्ययनमा प्रेरित गर्नका लागि तयार गरिएको एचयाभककष्यलब िच्भबमष्लन ीष्कत बाट सेवा अनुरुपको च्भबमष्लन ीष्कत तयार गर्ने कार्यमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालय लागेको पनि तपाईहरुलाई जानकारी गराउन चाहन्छु । फुर्सदको समयमा स्वअध्ययन गर्ने बानीको विकास गर्न म सबैलाई प्रेरित गर्न चाहन्छु । आफूले गर्नुपर्ने काममा सिपालु र चुस्त हुनुहोस् । संगठनले तपाईहरुसँग माग्ने भरोसा यत्ति हो ।
नेपाली सेनाले लामो समयदेखि परिकल्पना गरेको ल्बतष्यलब िम्भाभलकभ ग्लष्खभचकष्तथ ९ल्म्ग्० अव नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेस भई प्राथमिकताको कार्यक्रम भएको छ । ल्म्ग् को प्रारम्भिक कार्यपत्र तयार गर्दादेखि यहाँसम्म आइपुग्दा यस कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सबै रथीवृन्द तथा अधिकृतहरुलाई म धन्यवाद दिन चाहन्छु । यसको स्थापनाले सामरीक तहको सैनिक तथा गैरसैनिक नेतृत्व स्वदेशमै उत्पादन हुने आधार तयार हुँदै जाने कुरामा विश्वस्त हुन सकिन्छ । तसर्थ ल्म्ग् को सञ्चालनलाई प्रभावकारी बनाउने आधार तयार गर्नका लागि यसै वर्षबाट हरेक सेना दिवसमा विशेष पुरस्कारहरुद्वारा पुरस्कृत गर्ने गरी सामरिक विषयहरुमा लेखरचना ९क्तचबतभनष्अ एबउभचक० सम्बन्धी खुल्ला प्रतियोगिता आयोजना गरिनेछ । नेपालका प्राज्ञ तथा बौद्धिक वर्गको सहभागितामा सामरिक लेखरचनासम्बन्धी प्रतियोगिता सञ्चालन गरी ब्अबमझष्ब लाई क्रमिक रुपमा विज्ञ समूह वा त्जष्लप त्बलप का रुपमा विकास गर्दै लैजाने यस प्रतियोगिताको उद्देश्य रहेको छ । विगतदेखि नै आयोजना हुँदै आएको खुल्ला लघु चलचित्र प्रतियोगिता सरह नै यो प्रतियोगिताको आयोजना गरी उत्कृष्ट सामरिक लेखरचनाको सङ्ग्रहलाई ग्लष्तथ व्यगचलब िका रुपमा प्रकाशित गर्नुहुन म जनसम्पर्क तथा सुचना निर्देशकलाई निर्देशित गर्दछु । यस सम्बन्धी आधारपत्र समेत मेरो कार्यालयबाट छिट्टै प्राप्त गर्नुहुनेछ । पत्रकार तथा संचारकर्मी मित्रहरुलाई आम प्राज्ञिक वर्गमा यो सन्देश पु¥याईदिनु हुन पनि अनुरोध गर्दछु ।
अब म शान्ति सेनामा सहभागीतासम्बन्धी केही कुरा राख्न चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्य दर्जा,
विश्व शान्ति स्थापना कार्यमा हाम्रो योगदान महŒवपूर्ण छ । शान्ति सेनामा सहभागिताको सङ्ख्या वृद्धि गर्दै लैजाने योजना रहेको छ  । यसका लागि शान्ति सेनामा १० हजारको सङ्ख्यासम्म तैनाथ गर्नसक्ने स्वीकृति नेपाल सरकारबाट भइसकेको तपार्इंहरुलाई अवगत नै छ । शान्ति सेनामा सकल दर्जाको सहभागितालाई समता र समानताका आधारमा व्यवस्थित गर्नका लागि कार्यविधि पूनरावलोकन गरी कार्यान्वयनमा ल्याइसकिएको छ । सर्वेक्षणका दौरान कार्यविधिको पुनरावलोकन सम्बन्धमा तपाईहरुबाट सन्तुष्टि देखिएकोे छ । अझै सुधारको आवश्यकता अनुभव गरिएको क्षेत्रमा केही सुधार गर्दै लैजाने योजना रहेको समेत तपाईहरुलाई जानकारी गराउन चाहन्छु । कार्यविधि तयार गरेर कार्यान्वयनमा गइसकेतापनि केही प्राविधिक तथा विविध सेवातर्फबाट अझै पनि कार्यविधि विपरीत हुने गरी छनौट गरी पठाउने गरेको पाइएको छ, जसलाई मैले गम्भीर रुपमा लिएको छु । शान्ति सेना लगायतको कोटा वितरण र शान्ति सेना छनौटको जिम्मेवारी सैनिक संगठन निर्देशनालयमा गएपछि छनौट कार्यको नियमन प्रभावकारी भएको छ । समता र समानता सुनिश्चित हुने गरी मिसनमा जाने विशेष फौज, इन्जिनियर युनिट तथा मेडिकल युनिटहरुमा साधारण तर्फका सकलदर्जालाई सहभागी गराउन सकिने नियुक्ति र दर्जाका बारेमा थप अध्ययन गरी राय पेश गर्नुहुन सैनिक संगठन निर्देशकलाई निर्देशित गर्दछु । अझै पनि यस सम्बन्धमा थप सुधार गर्नुपर्ने केही बाँकी छ भने तपाईहरुबाट रायसुझावको अपेक्षा गरिएको छ । अधिकृत तहमा शान्ति सेना र सैनिक पर्यवेक्षक वा स्टाफका रुपमा जाने सम्बन्धमा देखिएको गुनासो र असमानता सम्बोधन गर्नका लागि रणनैतिक तथा दीर्घकालीन योजना निर्देशनालयले गृहकार्य गरिरहेको छ । यसलाई हुद्दा र पदिक कमिसन अधिकृतहरुको चासो र वृत्तिविकासका अन्य पक्षसँग समेत जोडेर समग्रतामा सम्बोधन गर्ने लक्ष्य लिइएको छ । मलाई विश्वास छ यसबाट अपेक्षित सुधारको अनुभव गर्न सकिनेछ ।
अर्कोतर्फ ग्ल् ःष्ककष्यलक विस्तारै घट्न सक्ने सम्भावना पनि देखिन्छ र त्चययउक ऋयलतचष्दगतष्लन ऋयगलतचष्भक को संख्या पनि बढ्दै गएको परिस्थितिमा त्ऋऋ बीचको प्रतिष्पर्धामा खरो उत्रिनका लागि हामी उच्च तहको तालिमप्राप्त ःयमभचल भ्त्रगष्ऊभलतक बाट सुसज्जित र व्यवसायिक हुनु पनि त्यतिकै आवश्यक भइसकेको छ । अहिलेको शान्ति सेनामा धेरैजसो युद्ध वा द्वन्द्वकालीन परिस्थिति विद्यमान रहेकोले लड्नै पर्ने परिस्थिति भएका मिशनहरु छन्, त्यसले पनि व्यवसायिकताको आवश्यकता औंल्याउँछ । तसर्थ, व्यवसायिक हुन नसक्दा हाम्रो सहभागिताको संख्या घट्ने सम्भावना रहन्छ । हाम्रो मिशनको कार्यसम्पादनले हामी अहिले तैनाथ रहेको मिशनमा कायम रहने र थप नयाँ मिशनहरु प्राप्त हुने अवस्था सिर्जना हुन्छ । तर मिशनको संख्या घट्दै गएको अवस्थामा जो बढि योग्य, सक्षम र व्यवसायिक छन् संगठनले उनीहरुलाई नै छनौट गर्नुपर्ने नीति लिनैपर्ने अवस्था समेत सिर्जना हुन सक्दछ । तसर्थ मिशनको कार्यसम्पादन उच्चस्तरको कायम राख्नका लागि हामीले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने एचभ(मभउयिथmभलत त्चबष्लष्लन लगायतका तालिमहरुलाई गुणस्तरीय बनाउनुको विकल्प छैन । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई स्तरोन्नति गरी ऋभलतभच या भ्हअभििभलअभ का रुपमा स्थापित गर्नेतर्फ तयार गरिएको दीर्घकालीन योजना यसै वर्षबाट कार्यान्वयनमा लगिनेछ । साथै यसै वर्षदेखि त्चबष्लष्लन ऋबभिलमबच तयार गरी ग्ल् एभबअभ प्भभउष्लन ःष्ककष्यल ब्चभब लाई शान्ति स्थापना कार्यमा समेत थप सहयोगी हुने गरी त्चबष्लष्लन ब्चभब का रुपमा प्रयोग गर्ने गरी योजना तयार गर्न र कार्यान्वयनमा लैजाने व्यवस्था गर्नुहुन शान्ति सेना सञ्चालन निर्देशकलाई निर्देशित गर्दछु । साथै ऋइभ् क्तबलमबचम कायम गरी इउभचबतष्यलब िच्भबमष्लभकक अभिवृद्धि गर्नका लागि तयार गरिएको दीर्घकालीन योजना समेत तपाईले तदारुकताका साथ अगाडि लैजानु हुनेछ भन्ने मेरो विश्वास छ । यसै अवसरमा म तपाईहरु सबैलाई शान्ति सेनामा सहभागी भएवापत् सकलदर्जाले प्राप्त गर्ने भत्तामा वैज्ञानिक र व्यवहारिक हुने गरी पुनरावलोकन गरिएको जानकारी गराउन चाहन्छु । यसलाई कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिबाट स्वीकृत भएपछि लागू गरिनेछ । साथै निकट भविष्यमा नै शान्ति सेनामा सहभागी हुने सकलदर्जाको लागि क्तबलमबचम क्यमिष्भचुक प्ष्त पनि लागू गर्न लागिएको छ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
अब, म कल्याणकारी विषयतर्फ प्रवेश गर्न चाहन्छु । गएको आधार वर्षमा कल्याणकारी कार्यक्रमहरुलाई दीर्घकालीन योजनामा आधारित गर्ने योजना बमोजिम ध्भािबचभ ख्ष्कष्यल द्दण्घण् तयार गरी भिजनको चार ‘स’ अर्थात् ‘शिक्षा, स्वास्थ्य, स्वरोजगार र सेवा तथा सहुलियत’ को अवधारणा अनुसार अल्पकालीन कल्याणकारी कार्यहरु सबै सम्पन्न भएका छन् । यसअघि कार्यक्रमको सुरुमा प्रदर्शित वृत्तचित्रका दौरान कल्याणकारी सम्बन्धी धेरै विषय समावेश गरिएको र यस अघि विमोचित सिपाही पाक्षिक विशेषाङ्कमा पनि कल्याणकारी कार्यतर्फ गत वर्ष कार्यान्वयनमा ल्याइएका कार्यक्रमहरुका बारेमा विस्तृतमा समावेश गरिएकाले भइसकेका कार्यहरुमा म जान चाहन्न । अबको वर्षमा ख्ष्कष्यल तय ब्अतष्यल को कार्ययोजना बमोजिम कल्याणकारी कोषबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरुको पुनरावलोकन र स्तरोन्नति गर्न आवश्यक पहलकदमी लिइनेछ । यस अन्तर्गत कोषबाट भएका लगानी र उपलब्धिको औचित्यका बारेमा अध्ययन गरी थप सुधारात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछन्, जसअनुसार पारदर्शिता कायम गरी सम्भावित चुहावट रोक्ने लक्ष्य लिइएको छ ।
सैनिक सेवाका दौरान घाइते सकलदर्जाको हेरचाह नेपाली सेनाको दायित्व हो । त्यसैले सहयोगीको आवश्यकता पर्ने घाइते र फरक क्षमता भएका सकलदर्जालाई मासिक रु. १० हजार निवृत्तिभरणको व्यवस्था गरिनेछ । साथैे बहालवाला तथा अवकाशप्राप्त सैनिक हिताधिकारीहरुलाई आवश्यकताको आधारमा औषधोपचार खर्च बार्षिक रु. १ लाख १० हजारमा नबढ्ने गरी रु. २५ हजार मूल्यसम्मको ज्भबचष्लन ब्ष्म प्रदान गरिनेछ । यसैगरि, स्वरोजगार कार्यक्रमअन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र, छाउनीमा एकल महिला तथा परिवारका लागि सुरु गरिएको सीपमूलक तालिमहरुलाई यसै वर्षबाट पृतनास्तरसम्म विस्तार गरिने समेत तपाईहरुलाई जानकारी गराउन चाहन्छु । साथै गत वर्षबाट सञ्चालनमा आएको सहुलियतपूर्ण शैक्षिक कर्जाको कार्यान्वयन ज्यादै सकारात्मक र प्रभावकारी भएको पाइएकोे हुँदा तपाईहरुकै मागबमोजिम यस्तै प्रकारको सहुलियतपूर्ण आवास कर्जा ९ज्यmभ ीयबल० उपलब्ध गराउनेतर्फ थप अध्ययनको प्रक्रिया सुरु गरिएको पनि जानकारी गराउन चाहन्छु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
गत असार महिनामा देशैभर परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुवानमा परी नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जाले पनि क्षति बेहोर्नुप¥यो । उक्त बाढी, पहिरो र डुवानबाट प्रभावित २१९ जना बहालवाला तथा ३ जना अवकाशप्राप्त सैनिक व्यक्ति गरी जम्मा २२२ जनाबाट राहतका लागि निवेदन प्राप्त भएको छ । यसरी बाढी, पहिरो र डुवानबाट पीडित सकलदर्जालाई क्रमशः प्रधान सेनापति प्राकृतिक प्रकोप राहत तथा अतिरथी नीर शमशेर दैवी प्रकोप उद्धार राहत वितरण गर्न मिलाइएको छ । साथै सही व्यक्तिको पहिचान गरी प्रमाण समेतको आधारमा प्रभावित सकलदर्जालाई राहत वितरण गर्ने व्यवस्था गर्नुहुन म कल्याणकारी योेजना निर्देशकलाई निर्देशित गर्दछु ।

 

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
मैले आज यस सम्बोधनका दौरान उल्लेख गरेका कार्यहरु सम्पन्न गर्न, गएको वर्ष हामीले गरेका उल्लेखनीय कार्यहरुलाई निरन्तरता दिनका लागि, रक्षा मन्त्रालयसँग मैले गरेको कार्यसम्पादन सम्झौता तथा विभिन्न तहका कमाण्डरहरुको कमाण्ड प्रतिवद्धता विश्वसनीय ढङ्गबाट पूरा गर्नका लागि केही महŒवपूर्ण विषयहरुमा ध्यान दिनुपर्ने आवश्यकता मैले अनुभव गरेको छु । कार्यान्वयनको अबको वर्ष नेपाली सेनालाई स्थायी रुपमा प्रणाली प्रदान हुने गरी हाम्रा क्रियाकलाप उपलब्धिमूलक बनाउनका लागि हामीले व्यक्तिगत तहमा स्वार्थको द्वन्द्वबाट सिर्जना हुने शङ्काबाट होइन कि, साङ्गठनिक हित हुने गरी सामूहिकताको शक्तिबाट निर्देशित हुनुपर्ने कुरो विनम्रताका साथ तपार्इंहरु सबैलाई जानकारी गराउँदै अब म केही विषयमा थप स्पष्ट बनाउन चाहन्छु ।
गएको वर्ष संगठनले नै धेरै अपेक्षा गरेका केही वर्ग जङ्गी अड्डामा नै पनि परिवर्तन र साङ्गठनिक शुद्धिकरणको प्रयासहरुमा विभिन्न स्वरुप, सार र आवरणमा अनिच्छुक अर्थात् च्भगिअतबलअथ देखिएको मैले अनुभव गरेको छु । मैले यसलाई एक हिसाबले स्वभाविक रुपमा पनि लिएको छु ।
आफूभित्रैबाट परिवर्तनको सुरुवात गर्नुपर्नेे आत्मिक लडाईमा केही व्यक्तिहरु रहनु कै परिणाम हो मैले विगतमा भन्ने गरेको ध्बष्त ७ क्भभ को मानसिकता । यो मानसिकता आफैंमा नकारात्मक छैन, तर यस मानसिकताबाट परिवर्तनका प्रयासलाई ब्रेक लगाउन र पुनरावृत्ति गर्न खोज्ने प्रवृत्ति संगठन र राष्ट्रकै लागि घातक हुनेतर्फ भने म सचेत छु । सङ्कीर्ण व्यक्तिगत स्वार्थको भुमरीबाट बाहिर आउन नसक्नु हाम्रा सम्पूर्ण फौज, नेपाली सेना र यो राष्ट्रप्रतिको बेइमानी हो । विशिष्ट सैनिक सेवामा कार्यरत रहेर पनि नेपाली सेनामा आफूले प्राप्त गरेको ओहोदा, अवसर र अनुभव यसै संगठनको दीर्घकालीन स्वार्थमा समर्पित गर्न नसक्नु दुःखदायी पक्ष हो । तर ‘कार्यान्वयनको वर्ष’ का रुपमा लिइएको मेरो कमाण्डको दोस्रो वर्षमा हामी प्रवेश गर्दै गर्दा सेवानिवृत्त भएपछि पनि आफू स्वयम्लाई गौरव अनुभूति हुने गरी दृढ सङ्कल्पका साथ सबै उच्च नेतृत्व वर्ग आफ्नो सैनिक सेवाको अन्तिम क्षणसम्म पनि निस्वार्थ ढङ्गबाट लाग्नु हुनेछ भन्नेमा म अझै पनि आशावादी छु । रणनैतिक तहको नेतृत्व वर्गमा आफ्ना व्यक्तिगत इच्छा, आकाङ्क्षा र निहित स्वार्थ एवं निश्चित व्यक्ति, समुह र अङ्गको साँघुरो घेराबाट माथि उठी समग्र संगठन र राष्ट्रकै बारेमा सोच्ने संस्कारको विकास हुनैपर्दछ । यो काम हामीले अहिले पनि गर्न सकेनौं भने कहिल्यै गर्न सक्ने छैनौं । म पूनः दोहो¥याउन चाहन्छु, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? यदि सांगठनिक विषयहरुमा आफूले भिजन र विकल्प दिन सकिँदैन भने अरुको भिजन र विकल्पको कार्यान्वयन गर्नमा चाहिँ सहयोगी हुनै पर्दछ । साथै भिजन र दृष्टिकोण दिनेलाई संगठनमा प्रोत्साहित गर्नै पर्दछ, चाहे उ जुनियर अधिकृत वा जवान नै किन नहोस् । सकारात्मक र सबैले योगदान दिने वातावरण सिर्जना गर्ने एउटा महŒवपूर्ण उपाय यो पनि हो । त्यसैले अब सुरुदेखि नै यो विषयमा दुविधाको सुविधा नरहने गरी ‘कार्यान्वयनको वर्ष’ लाई सुनिश्चितता दिने नीति र कार्यशैली अपनाइनेछ ।

 

रथीवृन्द तथा अधिकृतहरु,
पहिलो सम्बोधन र १०० औं दिनमा गरेको सम्बोधन मलाई अहिले पनि एक–एक हरफ त्यसको मर्मसहित सम्झना छ, मेरा दृष्टिकोणहरु प्रधान सेनापतिमा पहिलो दिन सरह ज्यूँका त्यूँ छन् । म ती हरफहरु तथा ती हरफहरुका शब्दार्थ र भावार्थ दुवैलाई बिर्सिन सक्दिन र बिर्सिन चाहन्न पनि । म विशेषगरी उच्च नेतृत्व तहको ध्यानाकर्षण गराउन चाहन्छु । मैले पहिलो वर्ष अर्थात् आधार वर्षमा अपनाएको नरमपना ९ख्भखिभत न्यिखभक० को अवस्था, अबको कार्यान्वयन वर्षमा अपेक्षा नगर्नु हुन म विनम्र अनुरोध गर्दछु । अबका दिनहरुमा हरेक तहको सैनिक नेतृत्वमा चारित्रिक र नैतिक धरातल बलियो हुनै पर्दछ । त्यसमा पनि सेनामा त यसको झन् बढी महŒव रहन्छ । विशेषगरी एक्इक रथीवृन्दहरुको तह र सबै तहका नेतृत्वबाट मैले राष्ट्र, संगठन र मातहतका फौजप्रति पूर्ण निष्ठा, बफादारी र नैतिकताको अपेक्षा राखेको छु । अब म विशेषगरी उच्च तहको नेतृत्वलाई नैतिकताको धरातलबाट हेर्नेछु । गएको वर्ष हाम्रा प्रवृत्तिमा चाहनाले वा बाध्यताले केही सुधार अवश्य देखिएका छन्, तर उच्च तहमा नै नैतिक धरातल कमजोर भयो भने मातहतमा शङ्का वा दुविधा रहन्छ । टाउको दुरुस्त नहुञ्जेल हातगोडाले सही काम गर्न सक्दैनन् भन्ने मैले राम्ररी बुझेको छु । तसर्थ पनि म पूनः एकपटक एक्इक रथीवृन्दहरु, विभागीय प्रमुखहरु र पृतनापतिहरुको यस सन्दर्भमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु । तपाईहरुले नेपाली सेनामा दशकौं लामो सैनिक सेवाबाट प्राप्त गर्नु भएको महŒवपूर्ण ज्ञान, परिपक्वता र अनुभवको खाँचो मलाईभन्दा पनि यो संगठनलाई छ । तपाईहरुले अहिले दिनुहुने योगदानले सेवानिवृत्त भएपछि पनि आत्मसन्तुष्टि लिने र संगठनले पनि चीरकालसम्म तपाईंलाई सम्झिने आधार बन्नेछ भन्ने कुरो मनन् गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । सस्तो लोकप्रियताका लागि काम गर्ने नभई संगठन र राष्ट्रकै हितमा काम गर्ने भन्ने कुरो उच्च नेतृत्व वर्गको सुझबुझको विषय हो भन्ने मेरो बुझाई हो र सही पनि सायद यही नै हो । यसैलाई सैनिक जीवन र नेतृत्वको दर्शन बनाउनु हुन म तपाईहरुलाई आग्रह गर्दछु ।
संगठनका लागि गर्छु भन्ने सङ्कल्प, ऊर्जा, योग्यता र क्षमता भएका मध्यम तहका अधिकृतहरु संगठनको ढाँचा र पद्धतिले गर्दा चाँडै सेवाबाट निवृत्त हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ । यसै सन्दर्भमा कार्यान्वयन वर्षको अर्को महŒवपूर्ण नीतिका बारेमा पनि म एक्इक रथीवृन्द, विभागीय प्रमुख, महानिर्देशक, पृतनापति तथा अधिकृतहरुलाई जानकारी गराउन चाहन्छु । संगठनका हितमा कार्य गर्ने क्षमतावान् र नैतिकवान रथीवृन्द तथा अधिकृतहरुलाई नेपाली सेनाले सम्मानका साथ कायम अर्थात् च्भतबष्ल गर्नै पर्दछ वा कोसिस गर्नैपर्दछ । तर सेवा गर्ने उमेर बाँकी छ भनेर परिणाममुखी र उपलब्धिमूलक योगदान दिन नसक्नेलाई अब साविक दर्जामा त्भचm थप गरेर सोही दर्जामा राख्न वा पदोन्नति गरेर माथिल्लो दर्जामा लैजान सकिने अवस्था पनि छैन । तल्लो तहका योग्य अधिकृतको वृत्तिविकासका लागि ठाउँ खाली गर्नका लागि पनि निश्चित दर्जाको त्भचm थप्ने कार्य अब स्वतः ९ब्गतयmबतष्अ० हुँदैन र हुनु पनि हुँदैन । समग्र अधिकृत वर्गको वृत्तिविकास र पदोन्नतिमा पहिल्याइएको मुख्य समस्या पनि यसैमा रहेछ । त्भचm थपका लागि तपाईहरुले साँच्चिकै एभचायचm गर्नुपर्नेछ । त्यसकारण अनुत्पादक र असक्षम शीर्ष तह ९ग्लउचयमगअतष्खभ त्यउ० लाई स–सम्मान विदाइ गर्नुपर्ने ाँभभमदबअप अधिकृत वृत्तिविकासको हरेक छलफल र अन्तरक्रियामा प्राप्त हुने गरेको विकल्प मध्येको एक हो । माथिसम्म जाने योग्यता भएका मध्यम तहका अधिकृतको यस गुनासोका सम्बन्धमा म पनि पूर्णरुपमा सहमत छु । त्यसैले सम्बन्धित नियुक्तिमा हल्लिएर समय बिताउँदैमा त्भचm थप्ने प्रणालीलाई एभचायचmबलअभ(दबकभ हुने गरी घटाउँदै लगिनेछ । यसबाट केही व्यक्तिहरुका लागि यो प्रधान सेनापतिको आफ्ना मान्छेलाई माथि तान्न कसैको त्भचm थपिएन भनेर भ्रम फैलाउने अवसर जुट्नेछ । म सम्पूर्ण नेपाली सेनाको प्रधान सेनापति हुँ । प्रधान सेनापतिका रुपमा संगठनको हित मेरो पदीय दायित्व हो । नेपाली सेनामा मेरो आफ्नो र पराया भन्ने कोही छैन, यसमा विश्वास गर्नुहोस् । त्यस्तो भएको भए मेरो कार्यशैली र मैले लिएको कमाण्ड दर्शन यो भन्दा विल्कुल फरक हुने थियो । कुनै एक व्यक्ति, समूह, युनिटको स्वार्थकेन्द्रित प्रधान सेनापति हुने मेरो चाहना होइन र कदापि पनि हुनेछैन । त्भचm थप्ने प्रणालीलाई तजविजी व्यवस्था पनि भन्ने गरिएको छ, तर सांगठनिक दृष्टिकोणले हेर्ने हो भने र वास्तविक मूल्याङ्कनका आधारमा गर्ने हो भने यो अत्यन्त वैज्ञानिक प्रणाली हो । वास्तवमा यो व्यवस्था काम गर्ने र नगर्नेका लागि ज्ष्चभ ७ ँष्चभ भन्ने क्थकतझ जस्तै हो । सेना जस्तो संगठनमा त यो प्रणाली म झनै आवश्यक ठान्दछु ।
त्यसैगरि, सेवा निवृत्त हुने बेलामा दुई÷चार पैसा कमाउनु पर्दछ भन्ने मानसिकता पनि कसैकसैमा हुन सक्दछ, त्यसको पनि उचित ओखती पहिचान गरिएको छ । सबैका लागि दीर्घ सैनिक सेवाको सम्मानजनक अवतरण ९ज्यलयगचबदभि भ्हष्त० होस् भन्ने मेरो चाहना हो । यसै अवसरमा सबैलाई म शुभकामना पनि दिन चाहन्छु । तर अबका दिनमा अवकाशप्राप्त हुनेमध्येका जो कोहीे नेपाली सेनाको हितैषी सूची ९न्ययम द्यययप यच ीष्कत० मा नहुन सक्दछन् । अवकाशको पूर्वसन्ध्यामा वा सेवामा रहँदा आर्थिक प्रलोभन वा अन्य लोभलालचले संगठनको बदनाम गर्न खोज्ने र ऋजबष्ल या ऋयmmबलम तोडेर राजनैतिक पैरवी ९एयष्तिष्अब िीयददथष्लन० गर्दै संगठन र राष्ट्रहित विपरित कार्यमा संलग्न भएका र हुने व्यक्तिहरुको पहिचान गरी सैनिक ऐनबमोजिम कडाभन्दा कडा कारबाही गर्ने रणनीति लिइनेछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
आज अर्को एउटा महŒवपूर्ण कुरा पनि म तपाईहरु सामु राख्न चाहन्छु । जुनसुकै कोण वा दृष्टिकोणबाट हेरेपनि सही कुरा सही नै हुन्छ, र गलत कुरा गलत नै हुन्छ । हाम्रा सामू आउने मुद्दा अर्थात् क्ष्ककगभ हरुलाई संगठनको दृष्टिकोणबाट हेर्नुहोस्, सही के हो गलत के हो आफैं छुट्टिन्छ । हामी आफ्नो भ्नय बाट सुरक्षित हुन्छौं, तेरो र मेरो भन्ने स्वार्थको द्वन्द्व ९ऋबिकज या क्ष्लतभचभकत० मा लाग्नु पर्ने आवश्यकता नै हुँदैन । मेरो र तेरो, मेरो युनिट र तेरो युनिट भन्न छाडौं, मेरो नेपाली सेना भनौं, सर्वौषधी त्यही नै हो ।
क्भाि क्ष्लतभचभकत मात्र क्भचखभ गर्न खोज्ने जो कोहीसँग हामी सतर्क रहनु जरुरी छ । तर उनीहरु पनि विस्तारै परिवर्तनलाई स्वीकार्दै जाने कुरामा म विश्वस्त छु । मलाई थाहा छ, काँचको गिलासमा एकै पटक तातो पानी हाल्यो भने फुट्न सक्छ । तसर्थ त्यसलाई विस्तारै तताउँदै जानुपर्छ । समग्रमा विश्लेषण गर्दा हामीले सकारात्मक परिवर्तनलाई आत्मसात् गरिसकेका छौं, उपलब्धिहरुमा गर्वानुभूति पनि गरेका छौं । तर, सीमित मात्रामा नै भए पनि परिवर्तनका बाधक हामीभित्रै पनि छ र छन् पनि । त्यस्तो व्यक्ति परिवर्तन वा सुधार जरुरी छ भन्ने ठान्दछ, तर यथास्थितिमै रमाउँछ । त्यसैले परिवर्तन हुँदा क्भाि क्ष्लतभचभकत मा बाधा पुग्छ कि भन्ने डर र भ्रमको तुस अझै पनि हामीमा नमेटिएको हुनसक्छ ।

 

रथीवृन्द तथा अधिकृतहरु,
संगठनको वातावरण सबैभन्दा महŒवपूर्ण हुन्छ, त्यो वातावरण निर्माण गर्ने हामीले हो । हामी सही भयौं भने विश्वास बढ्छ, विश्वासले वातावरण सिर्जना गर्छ । यो विभिन्न तहका कमाण्डरहरुले आ–आफ्नो तहमा निर्माण गर्ने हो, सकलदर्जाले यसमा आफ्नो क्षमता र दक्षताले योगदान गर्ने हो । मैले एक वर्षअघि पहिलो सम्बोधनमा संगठनको आवश्यकता र प्राथमिकता तथा नेपालको संविधानले नेपाली सेनालाई तोकेको जिम्मेवारी बहन गर्नसक्ने बनाउनका लागि तीन वर्षे कार्ययोजनामार्फत् आशाको सञ्चार जगाउने प्रयास गरेको थिएँ । त्यसपछि १०० दिनको सम्बोधनमा ध्बष्त बलम क्भभ मा रहेका र रहनेहरुलाई सचेत गराएको थिएँ । साथै एक वर्षको अवधिभित्र त्यो प्रवृत्तिको करिब–करिब अन्त्य हुने विश्वास पनि लिएको थिएँ । त्यसमा निश्चित रुपमा सुधार आएको छ, तर अझै पनि केहीमा त्यो तुस बाँकी नै छ । नेपाली सेनामा अत्यावश्यक सुधारको बाटो कोर्ने मेरो अठोट हो, मैले बाटो फेर्ने कुनै सोच पालेको छैन । यसमा निश्चिन्त रहनुहोस् । अब नेपाली सेनाको अहित हुने गरी गलत काम गर्नेले यहाँबाट चोखिएर जाने कल्पना नगर्दा उपयुक्त हुन्छ । कार्यान्वयनको वर्षमा आजैबाट प्रवेश गर्दा भेलको प्रवाहमा पौडिन नसक्ने वा नचाहनेले अपवाद होइन, नमूना हुनुपर्नेछ, यसतर्फ तपाईंहरु स्वयं सजग रहनु भए उपयुक्त हुन्छ जस्तो मलाई लाग्दछ । संगठनका लागि आवश्यक त्यो आँट र हिम्मत नेपाली सेनाका सकलदर्जाले मलाई प्रदान गरेका छन् । परिवर्तनको विपक्षमा संस्थागत हित विपरीत व्यक्तिगत स्वार्थ केन्द्रित कार्यमा लाग्नेहरुलाई त्यस कार्यमा खर्च भइरहेको तपाईहरुको समय र श्रम नेपाली सेनालाई आवश्यक भएको कुरो म शिष्टताकासाथ दृढतापूर्वक पूनः दोहो¥याउन चाहन्छु । कसैलाई उचाल्ने र पछार्ने साङ्गठनिक राजनीति बन्द नभई स्वाभाविक रुपमा क्षमतावान र कर्मयोगीले अवसर पाउँदैनन्, संगठनमा सकारात्मक वातावरण सिर्जना हुन सक्दैन । नेपाली सेनाजस्तो संगठनमा यो प्रवृत्ति हावी हुनुहुँदैन ।
अब म प्राविधिक तथा विविध सेवा समक्ष केही कुरा राख्न चाहन्छु ।

 

 

प्राविधिक तथा विविध सेवातर्फका रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
साङ्गठनिक सुधारको यस अभियानमा गएको एक वर्ष समाहित हुन कसैलाई असहज महसुस भएको हुन सक्दछ । सुधार हाम्रो सेवामा होइन र हामीमा त्यो सम्भव पनि छैन भन्ने केहीलाई लागेको थियो र केहीमा अझै धङधङी बाँकी नै छ ।
हामीले सञ्चालन गरेको आन्तरिक सर्वेक्षणले औंल्याएको सबैभन्दा महŒवपूर्ण आवश्यकता नै यही हो । आर्थिक प्रशासन, विकास निर्माण, हवाई सेवा, सैनिक सामग्री उत्पादन, स्वास्थ्य सेवा आदि क्षेत्रमा अलि बढी नै सुधारको आवश्यकता देखिएको छ । सिकायत जाँच निर्देशनालयमा परेका उजुरी, गुनासो र रायसुझावहरुले पनि यही कुरो इङ्गित गर्दछ । यसले प्राविधिक र विविध सेवातर्फ विशेष सजगता र सुधारको आवश्यकता छ भन्ने देखाएको छ । यसैबाट तपाईहरुका लागि ँयअगककभम एचयनचबm को आवश्यकता भएको निचोड निक्लिएको हो । म नभई आर्मी चल्दैन भन्ने मानसिकता र व्यवहार यदाकदा देखिने गरेकोे मैले पाएको छु । यी मध्ये केही कुरा मैले गत एक वर्षमा गलत प्रमाणित पनि गरिसकेँ । यही संगठनले तपाईंलाई दिएको योग्यता, क्षमता र अनुभवलाई भुलेर यदि तपार्इंहरुबाट यो मानसिकता हट्दैन भने यस वर्ष आफ्नो स्वार्थ मात्र साँध्ने र संगठनको स्वार्थलाई तिलाञ्जली दिने तपार्इंहरुका सोचाइलाई पनि दुरुस्त बनाउने नीति लिन बाध्य हुने अवस्था आउन सक्दछ । त्यसैले आजैबाट आफ्नै लागि हानिकारक त्यो मानसिकता र प्रवृत्तिलाई त्यागी आफ्नो जिम्मेवारी सही ढङ्गबाट निर्वाह गर्न म सबैका सामू यसै अवसरमा तपार्इंहरुलाई विनम्रतापूर्वक तर चेतावनीयुक्त अनुरोध गर्दछु ।
अस्पतालमा भएको सुधारको निरीक्षणका लागि म यही महिनाको १५ गते श्री वीरेन्द्र अस्पताल गएको थिएँ । सुधार देखिएको छ, तर हामी सकलदर्जाले सोचेजस्तो अवस्थामा पु¥याउन मेडिकल कोरलाई अर्को ६ महिनाको अवधि प्रदान गर्न तयार भएको छु । मेडिकल सेवाको अन्तिम दृष्टिकोण र विस्तृत कार्ययोजना र एभचष्यमष्अ ःष्भिकतयलभक सहित आजैबाट सकलदर्जाको आकाङ्क्षाबमोजिमको अस्पतालको र मेडिकल सेवामा विश्वसनीय वातावरण तयार गर्ने गरी लाग्नु हुन तपार्इंहरुलाई विशेष निर्देशन दिन्छु । तपार्इंहरुको सोचमा परिवर्तन देखिएको छ तर, अझै धेरै सुधारको खाँचो मैले अनुभव गरेको छु । नेपालगञ्ज सैनिक अस्पताल सञ्चालनको अवस्थाले भने तपार्इंहरुको मानसिकताको धरातलप्रति शङ्का गर्ने ठाउँ पनि दिएको छ ।
वीरेन्द्र अस्पताल लगायत समग्र मेडिकल सेवाको सुधार तथा संठनको अपेक्षा सम्बन्धमा मैले अस्पताल निरीक्षण भ्रमणका दौरान गत भदौ १५ गते सम्बोधनका दौरान विस्तृतमा जानकारी गराइसकेको छु । मेरो आशय र अभिप्राय तपार्इंहरुले बुझ्नुभएको र अब सोही मुताविक गर्ने कार्ययोजना तयार गरिसक्नु भएको छ भन्ने मेरोे विश्वास हो । अरु केही प्राविधिक र विविध सेवामा त ःबवयच इखभचजबग िनै आवश्यक पर्न सक्दछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
नेपाली सेनाको व्यवस्थापन जिम्मेवारीमा रहेको राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश दु्रतमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० नेपाल सरकारबाट यही भदौ १ गते स्वीकृत भई प्राप्त भएको छ । यो परियोजना नेपाली सेनाले हालसम्म विविध कार्यबाट हासिल गरेको विश्वसनीयताको अम्ल परीक्षा ९ब्अष्म त्भकत० हो । स्वीकृत म्एच् प्राप्त भएपछि आयोजना प्रमुख लगायत आयोजनामा आवद्ध सबैलाई पूर्ण पारदर्शिता र क्भलकभ या ग्चनभलअथ का साथ निर्धारित समयभित्रै कार्यसम्पन्न गर्ने गरी लाग्नु हुन मैले दिएको निर्देशन स्मरण गराउन चाहन्छु । अब हामीसँग म्एच् स्वीकृत भएन भन्ने छुट बाँकी छैन । आयोजनामा आवद्ध कोही कसैको असफलता, अक्षमता र अकर्मण्यतामा यो आयोजनाको व्यवस्थापन कार्यमा नेपाली सेना असफल हुन सक्दैन, भन्ने कुरा पूनः एकपटक दोहो¥याउन चाहन्छु । आयोजनाकै कार्यालयमा दिएको निर्देशन लगत्तै मैले तपाईंहरुलाई लिखित निर्देशन पनि पठाएको छु, सोही बमोजिम कार्यारम्भ गरिसक्नु भयो भन्ने मेरो विश्वास हो । पारदर्शिता, गुणस्तर र समय सीमामा चुक्ने छुट तपाईं हामीलाई छैन । यी तीन कुरा मात्र ख्याल राख्न सक्नुभयो भने यो काम नेपाली सेनाका लागि केही होइन । यो राष्ट्रकै प्राथमिकताको आयोजना हो, नेपाली सेना यस आयोजनामा नेपाल सरकार, संसद, आम नेपाली नागरिक, मिडिया आदि सबैको नजर अर्थात् इदकभचखबतष्यल मा छ । भ्रष्टाचार भएको आधार वा प्रमाणहरु भेटिएमा सैनिक ऐन अनुसार कडा भन्दा कडा कारबाही हुनसक्ने आयोजना हो यो । त्यसैले यो कुरा सबैले ख्याल राख्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यो मेरो विशेष प्राथमिकताको कार्य हो भन्ने कुरो पनि पूनः तपार्इंहरुलाई स्मरण गराउन चाहन्छु ।
यसैगरि, सैनिक सामग्री उत्पादन र सैनिक हवाई सेवातर्फका खरिद कार्यदेखिका विविध गतिविधिमा विशेष निगरानी राखिने कुरो पनि स्पष्ट रुपमा राख्दै आफ्नो नियति आफैंले कोर्ने विषय भएको पनि म तपार्इंहरुलाई जानकारी गराउन चाहन्छु । त्यो तपार्इंहरुको छनौटको विषय हो, विकल्प होइन । चयन गरिएका सम्भावित निकायहरुमा प्राथमिकताका आधारमा उपलब्ध बजेट र आर्थिक क्रियाकलापको पूर्ण सदुपयोग भएको एकीन गरिनेछ, यसमा ढुक्क हुन म सकलदर्जालाई जानकारी गराउन चाहन्छु । आ–आफ्ना निकायमा प्राप्त भएको बजेटको पूर्ण जानकारी सबैले पाउनु र त्यसको सदुपयोग हुनु भनेको पारदर्शिता हो, लेखा उत्तरदायी कमाण्डर र लेखा अधिकृत वा कर्मचारीले मात्र होइन, बजेटसम्बन्धी जानकारी सकलदर्जालाई भएको हुनुपर्दछ । गएको वर्ष प्राप्त भएका शिकायत र सुझावहरु तपार्इंहरुकै नियत, नैतिकता र अपारदर्शितामाथिका प्रश्नहरु हुन् जस्तो मलाई लाग्दछ ।
अब म प्राड सेवा बारेमा केही कुरा राख्न चाहन्छु ।
प्राड सेवाको कार्यप्रणालीलाई व्यवस्थित गर्नका लागि कार्यविधि तयार भइरहेको छ । कानुनी विषयमा सबै तहका कमाण्डरलाई कानुनी सल्लाह दिने आफ्नो जिम्मेवारीलाई तपाईंहरुले साङ्गठनिक हित हुने गरी सही न्याय दिन सहयोग गर्नेे आफ्नो दायित्वलाई नेपाली सेनाको चरित्र र निष्ठाभित्र रही निर्वाह गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । ऐन–नियमहरुको व्याख्या तपार्इंहरुबाट सदैव संगठनको हितमा केन्द्रित हुनुपर्नेछ । साथै ऐन नियमहरु कुनैपनि काम नगर्नका लागि होइनन् वा सजाय दिनका लागि मात्रै होइनन्, बरु गलत काम वा प्रवृत्तिले संगठनमा स्थान नपाऊन् भन्नाको लागि हो भन्ने कुरो तपाईहरु आफूले पनि बुझी समग्र नेपाली सेनालाई बुझाउनु हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
अदालतबाट क्षेत्राधिकारको बारेमा आदेश आएको छ । यसको पूर्णपाठ प्राप्त हुन बाँकी नै छ । यसर्थ यसले सैनिक पेशालाई बलियो बनाउँछ वा बनाउँदैन भन्नेबारे अहिले नै विश्लेषण गर्न म चाहन्न । तर म सकलदर्जालाई यसले सैनिक व्यक्तिहरु व्यारेक बाहिर गई कुनैपनि घटनामा संलग्न नहुन दिइएको चेतावनीका रुपमा लिनु हुन अनुरोध गर्दछु । सैनिक अनुशासन कायम गर्न र यसप्रकारको घटनामा सैनिक व्यक्तिहरुलाई कसरी कडा कारबाही गर्ने भन्ने सम्बन्धमा गम्भीरतापूर्वक अध्ययन गरी पेश गर्नुहुन कार्यरथी र सेना प्राड विवाकलाई निर्देशित गर्दछु ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
कार्यान्वयनको अबको वर्षमा नेपाली सेना नतिजामुखी हुनेछ । यसका लागि कार्यसम्पादनमा आधारित विशेष रणनीति अख्तियार गर्नेछु । साधारण सेवा लगायत प्राविधिक तथा विविध सेवामा जसले आफ्नो सेवामा कार्यक्षमता वा समर्पण प्रदर्शन गर्दछ, उसैले महŒवपूर्ण जिम्मेवारी प्राप्त गर्दछ । कम्व्याट फौज अर्थात् साधारण सेवातर्फ यो अवधारणा विगत वर्षदेखि नै लागू भई सुधारको प्रयास जारी छ, अन्य सेवामा पनि कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नु अनिवार्य देखिएको छ । अन्य सेवामा सक्षम, ऊर्जावान् र संगठनका लागि योगदान गर्नेहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्ने र नचाहनेहरु आफंैले बाटो खाली गरिदिनु उचित हुन्छ । शङ्का नगर्नुहोस्, यो संगठनमा धेरै योग्य जुनियर वा मध्यम तहको नेतृŒव वर्ग छ । त्यसैले नेपाली सेनामा ज्येष्ठताको आधारमा मात्रै कुनै नियुक्ति दिनुपर्छ भन्ने धारणा ममा हट्दै गएको छ र त्यो आवश्यक पनि छैन । स्वास्थ्य सेवा, हवाई सेवा, सैनिक सामग्री उत्पादन, विकास निर्माण आदि कार्यमा कति बजेट र महŒव दिइएको छ, त्यसको विस्तृत अध्ययनबाट प्रष्ट हुन्छ । यी सेवाहरुलाई दिइएको महŒव र उपलब्ध बजेटको दाँजोमा हासिल हुने उपलब्धिहरुको अध्ययन र ब्गमष्त गर्ने कार्यलाई यस वर्षबाट प्रभावकारी ढङ्गबाट अघि बढाइनेछ ।
जुनियर तथा मध्यम तहका अधिकृतहरु,
तपार्इंहरु नेपाली सेनाको भविष्यको नेतृŒव हुनुहुन्छ । नेपाली सेनाको भविष्य तपाईंहरुको हातमा वा पेशागत क्षमता र व्यवसायिकतामा निर्भर गर्दछ । सबैले आ–आफ्नो न्चयधतज गर्ने वा वृत्तिविकास गर्ने व्यवस्था नेपाली सेनामा विगतदेखि नै छ । सबैको सहभागितामा सैनिक सेवा नियमावली परिमार्जन गर्ने प्रणाली पनि हामीले गत वर्षबाट भित्राएका छौं । तपार्इंहरुको मेहनत र परिश्रमको फल सबैभन्दा पहिला तपार्इंहरुले नै प्राप्त गर्ने हो । त्यसको फाइदा यो संगठन र नेपाली सेनालाई पनि हुने हो । त्यसैले वृत्तिविकासका लागि संगठनमा उपलब्ध अवसरहरुको प्रयोग गर्नका लागि जुनियर तथा मध्यम तहका अधिकृतहरु नित्य निरन्तर लाग्नु हुनेछ भन्ने अपेक्षा मैले गरेको छु । आफू प्रेरित रही मातहतलाई समेत अभिप्रेरित राख्नु तपाईंहरुको महŒवपूर्ण जिम्मेवारी हो । मूलतः यो संगठनलाई हाँक्ने बल तपाईंहरु नै हो ।

 

पदिक तथा अन्यदर्जा,
कार्यान्वयन गर्ने हरेक निकायका मूल खम्बाका रुपमा रहनुभएका पदिकहरु तथा अन्यदर्जालाई म पूनः एकपटक नेपाली सेनालाई सुधार र परिवर्तनको बाटोमा लैजाने कार्यमा तपार्इंहरुले दिनुभएको रायसुझाव तथा प्रधान सेनापति कमाण्ड मार्गनिर्देशन कार्यान्वयनमा पु¥याउनुभएको महŒवपूर्ण योगदानका लागि विशेष धन्यवाद दिन चाहन्छु । तपार्इंहरुबाट प्राप्त भएका रायसुझावहरु क्रमिक रुपमा प्राथमिकतामा राखी लागू गर्दै जाने विश्वास दिलाउँदै तपार्इंहरुलाई आगामी दिनमा समेत सैनिक अनुशासन र आचरणको नमूना प्रस्तुत गर्दै आफूलाई प्राप्त हुने जुनसुकै जिम्मेवारीहरु बफादारीका साथ निभाउनु हुनेछ भन्ने नेपाली सेनाकोे विश्वास रहेको छ । विशेषगरी हुद्दाहरुको पेशागत दक्षता तथा क्षमता अभिवृद्धि गर्न तथा योग्य, सक्षम र इच्छुक पदिक तथा हुद्दाहरुलाई नेपाली सेनाको अधिकृत हुन पाउने अवसर दिनका लागि विशेष कार्यक्रम ल्याउन लागिएको तपार्इंहरुले जानकारी पाइहाल्नु भयो । आ–आफ्ना युनिटमा आ–आफ्नो दर्जाले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारी दुरुस्तरुपमा गर्ने बानीको विकास गर्दै पेशागत दक्षता कायम राख्नुभयो भने यो अवसरको लाभ तपार्इंहरुले सजिलै लिन सक्नुहुने मैले देखेको छु । सक्षम र योग्य व्यक्तिले प्राप्त गर्ने शान्ति सेना लगायतका अन्य थुप्रै अवसरहरु वैदेशिक रोजगारीभन्दा कैयौं गुना आकर्षक भएको कुरो तपाईंहरु स्वयंले आत्ममूल्याङ्कन गर्नुपर्दछ । यो पक्ष तपार्इंहरुले बुझ्न नसक्नु भएको हो कि जस्तो लाग्यो । मलाई लाग्दछ, नेपालभित्रै तपार्इंहरुले विदेशमा गएर गर्नुहुने जस्ता प्रशस्त अवसरहरु विद्यमान छन् ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
कार्यान्वयनको वर्षमा हाम्रा आगामी मूल चुनौती नकारात्मक सोच राख्ने, नकारात्मकता फैलाउने तथा व्यक्तिगत लाभ र स्वार्थको विषयलाई सांगठनिक स्वार्थभन्दा माथि राख्ने प्रवृत्ति हो । चुनौतीका बीच पनि अवसर खोज्नुपर्ने हाम्रो सेवामा अवसरहरुमा पनि अवरोधहरु सिर्जना गर्ने केही देखिन्छन् र भेटिन्छन् । त्यस पक्षलाई पनि मैले सकारात्मक रुपमै लिने प्रयास गरेको छु, किनकि रचनात्मक आलोचना र आलोचकहरु नहुने हो भने कुनैपनि संगठन कदापि गतिशील हुन सक्दैन तर त्यो ऋचष्तष्अष्कm सांगठनिक हितमा हुनुपर्दछ । यो चुनौती केही उच्च तहमा देखिएको अनिच्छुकता, जिद्धीपन, अकर्मण्यता तथा अन्यौल र अप्ठ्यारोपनाको सोचमा परिवर्तन ल्याउनै पर्ने आवश्यकता देख्दछु । यसै सन्दर्भमा सबैका हितका लागि गर्न सकिने कार्यमा सबैजना, विशेषगरी रथीवृन्द र अधिकृतहरुबाट पहलता लिई कार्य गर्नुहुनेछ भन्ने अपेक्षा सकलदर्जाले वा सङगठनले राख्नु स्वभाविक हो ।
राष्ट्रिय सेनाको प्रमुखका रुपमा प्राप्त भएको प्रधान सेनापतिको जिम्मेवारीलाई एउटा गहन र संवेदनशील दायित्वका रुपमा लिँदै नेपाल र नेपाली नागरिकहरुकोे सेवा गर्ने संवैधानिक कर्तव्यलाई मैले गहिरो रुपमा आत्मसात् गरेको छु । यसै अवसरमा म प्रधान सेनापतिको तीन वर्षीय कार्यकालको बाँकी रहेको दुई वर्ष नेपाल, नेपाली नागरिक, नेपाली सेना र सकलदर्जाप्रति सदैव पूर्ण निष्ठावान् एवं बफादार रही यो संगठन र राष्ट्रको सेवामा समर्पित रहने प्रतिवद्धता पूनः व्यक्त गर्दछु । मेरो प्रतिवद्धताको कार्यान्वयनमा विशेष भूमिकामा रहनुभएका वर्तमान बलाधिकृत र बलाध्यक्ष क्रमशः ९ महिना र ७ महिनापछि सेवानिवृत्त हुनुहुँदैछ । तपाईंहरुको बाँकी सेवा अवधिमा मैले तपाईंहरुको विशेष योगदानको अपेक्षा राखेको छु । बलाधिकृत जर्साब काठमाडौं–तराई÷मधेश द्रुतमार्गको निर्देशक समितिको अध्यक्ष पनि हुनुहुन्छ । म्एच् स्वीकृत भएको परिप्रेक्ष्यमा बाँकी सैनिक सेवाको अवधिमा राष्ट्रिय गौरवको र नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको यस आयोजनालाई पूर्ण पारदर्शी बनाउँदै निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्यारम्भ गर्नुहुने विश्वास लिएको छु । साथै बलाध्यक्ष जर्साबबाट मैले कल्याणकारी कार्यक्रमहरुको पारदर्शिता र विशेषगरीे स्वास्थ्य सेवामा हिताधिकारीहरुबाट बारम्बार सुनिने गुनासोहरुको सम्बोधन गर्ने कार्यमा तपाईंको विशेष योगदानको अपेक्षा गरेको छु । दीर्घ सैनिक सेवाको उत्तराद्र्धमा यी दुई महŒवपूर्ण कामहरु भयो भने नेपाली सेना तपाईंहरुप्रति थप आभारी हुनेछ र तपाईंहरुले जीवनभर आत्मसन्तुष्टि र सम्मान आर्जन गर्नुहुनेछ । त्यसैगरि, अन्य रथीवृन्द, अधिकृत, तथा सकलदर्जाबाट पनि त्यस्तै सहयोगको अपेक्षा मैले राखेको छु । हामी सबै एकदिन सक्रिय सेवाबाट अवकाश हुनैपर्दछ भन्ने पक्षलाई हामीले सदैव हेक्का राख्नै पर्दछ ।

 

रथीवृन्द, अधिकृत, पदिक र अन्यदर्जा,
जाँदाजाँदै पूनः एकपटक गएको एक वर्षमा तपार्इंहरु र यस अवधिमा सेवानिवृत्त भएर जानुभएका सबैले देखाउनुभएको परिवर्तनप्रतिको उत्साह र जाँगरको उच्च प्रशंसा गर्न चाहन्छु । परिवर्तन र सुधारको आवश्यकता वास्तविक हो भन्ने कुरो गएको वर्ष अर्थात् आधार वर्षमा पूर्ण रुपमा स्थापित भई नै सकेको छ । अब कार्यान्वयनको वर्षमा वास्तविक नतिजाहरु देखिन थाल्नुपर्छ । तसर्थ, आगामी दिनहरुमा सबै पी.एस.ओज्. रथीवृन्द, अधिकृत वर्ग तथा सकलदर्जामा नेतृŒवको परिवर्तनप्रतिको दृष्टिकोणमा कुनै दुविधा नराखी आ–आफ्नो कर्तव्य निर्वाह गर्नुहुन म पूनः अनुरोध गर्दछु । नेपाली सेनाले प्रणाली प्रधान हुने गरी स्पष्ट दिशा लिएको छ, अब यसलाई गति प्रदान गर्ने जिम्मा तपाईं हाम्रो हो । हामीले जस्तो दिशा लिन्छौं, त्यस्तै गन्तव्यमा हामी पुग्छौं । त्यसकारण व्यक्तिगतरुपमा हामीले आफूभित्रै उठ्न खोज्ने परिवर्तनप्रतिको विरोधाभाषलाई आफैंले चिर्नुको अब विकल्प छैन । अर्थात् यसको कुनै विकल्प म देख्दिन, किनकि न त नेतृŒव उल्टो दिशातिर फर्किने मनस्थितिमा छ, न त सकलदर्जाले नै तपार्इंहरुलाई पछाडि फर्किन दिन्छन् । हामी एकदमै स्पष्ट, विकल्परहित बाटोबाट गन्तव्यतर्फ अगाडि बढेका छौं, किनकि सुरुको बाटो साँघुरो जस्तो लागेतापनि गन्तव्य वा लक्ष्य प्रष्ट छ । हिमाल आरोहण गर्ने कार्य सहज हुँदैन तर हिमालको चुचुरो अर्थात् गन्तव्य टाढैबाट प्रष्टै देख्न सकिन्छ । सहजताको ऋयmायचत श्यलभ ःभलतबष्तिथ बाट नेपाली सेना अब बाहिर आइसक्यो र आउनुपर्दछ । अझै होइन कि भनेर बस्दा समयभन्दा पछि परिएला । तसर्थ सकारात्मक परिवर्तनको प्रवाहमा सामेल हुन म सबैलाई पूनः अनुरोध गर्दछु ।

 

अन्त्यमा, आजको यस मञ्चबाट म सबै सहकर्मीहरुलाई विगत एक वर्षमा तपाईंहरुले सकारात्मक सुधारका लागि गर्नुभएका प्रयासहरुको पूनः मुक्तकण्ठले प्रशंसा गर्दछु । पुनस्र्थापित गर्दै लगिएका प्रणालीहरुलाई गुण–दोषका आधारमा समयानुकूल सुधार गर्दै लैजानका लागि तपार्इंहरु सबैलाई आफ्नो अन्तरहृदयदेखि संगठन र राष्ट्रप्रति बफादारी र समर्पण भावका साथ उच्च नैतिकता, सैनिक आचरण र पूर्णरुपमा अनुशासित भई लागिपर्न म पूनः अनुरोध गर्दछु । आगामी दिनहरुमा पनि तपाईंहरुबाट निरन्तर सिर्जनात्मक रायसुझावको अपेक्षा राखेको छु । नेपाली सेनालाई व्यवसायिक, एकताबद्ध र अनुशासित संगठनका रुपमा अगाडि बढाउन निरन्तर अमूल्य रायसुझाव पठाई सहयोग गर्नुहुन तपाईंहरु सबैलाई म अनुरोध गर्दछु । साथै, यसै अवसरमा नेपाली सेनाका सकलदर्जा तथा परिवारजनमा सुस्वास्थ्य, सुख–शान्ति र समृद्धिका लागि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
साथै, यो कार्यक्रमका लागि विशेष समय दिनुहुने सञ्चारकर्मी तथा पत्रकार मित्रहरुलाई सम्पूर्ण नेपाली सेनाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

 

निशान भगवती एवं भगवान्ले तपाई हामी सबैलाई कार्यान्वयनको अबको वर्षमा सफलताका लागि शक्ति प्रदान गरुन् ।
जय निशान भगवान् भगवती १
जय नेपाली सेना ११
जय नेपाल आमा १११
धन्यवाद १
२०७६ भदौ २४ गते, मंगलबार ।