सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

August 22, 2019 |Pahiloclick

काठमाडौँ : सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

 

आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।